योग सम्बन्धी विषय पाठ्यक्रममा राख्न शिक्षा मन्त्रिको सुझाव 

राजविराज राजविराज
|
बुधबार, आषाढ ६, २०८०
|
|
३३ पटक हेरिएको
Shares
योग सम्बन्धी विषय पाठ्यक्रममा राख्न शिक्षा मन्त्रिको सुझाव 

सारांश

  •     प्रदेश राजधानी जनकपुरधामस्थित राम मन्दिरको प्राङ्गनमा पंतजली योग समिति धनुषाको समन्व्य गरी मनाइएको हो ।
  •       मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवको प्रमुख आतिथ्य तथा मन्त्रालयको सचिब लक्ष्मी भट्टराइको अध्यक्षतामा आयोजित कार्यक्रममा हजारौंको संख्यामा उपस्थित योगासन गर्ने व्यक्तित्वहरुलाई योग प्रशिक्षकद्वारा योगको कोर्ष गराइयो थियो ।
  •       सो अवसरमा मन्त्री यादवले अगामी वर्षको योग दिवस भव्यता साथ मनाउने प्रतिवद्धता गर्दै विद्यालयदेखि विश्वविद्यालयसम्म योग सम्बन्धी विषय पाठ्यक्रममा राखेर पठन–पाठन गराउदा विद्यार्थीहरुमा रहेका कुलत व्यवहार समेत घटेर जाने सुझाव दिए ।

दैनिक समाचारदाता
जनकपुर, ६ असार । 

    मधेश प्रदेश सरकार शिक्षा तथा समाज कल्याण मन्त्रालयले नवौं अन्तर्राष्ट्रिय योग दिवस २०८० बुधबार मनाएको छ । 
    प्रदेश राजधानी जनकपुरधामस्थित राम मन्दिरको प्राङ्गनमा पंतजली योग समिति धनुषाको समन्व्य गरी मनाइएको हो । 
    मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवको प्रमुख आतिथ्य तथा मन्त्रालयको सचिब लक्ष्मी भट्टराइको अध्यक्षतामा आयोजित कार्यक्रममा हजारौंको संख्यामा उपस्थित योगासन गर्ने व्यक्तित्वहरुलाई योग प्रशिक्षकद्वारा योगको कोर्ष गराइयो थियो । 
    सो अवसरमा मन्त्री यादवले अगामी वर्षको योग दिवस भव्यता साथ मनाउने प्रतिवद्धता गर्दै विद्यालयदेखि विश्वविद्यालयसम्म योग सम्बन्धी विषय पाठ्यक्रममा राखेर पठन–पाठन गराउदा विद्यार्थीहरुमा रहेका कुलत व्यवहार समेत घटेर जाने सुझाव दिए । 
    युवा अवस्थादेखि नै योगको अभ्यास गर्दा मानव समुदायमा आत्मबल मजबुत हुने र दक्ष जनशक्ति निर्माणमा टेवा पुग्ने उनको भनाई थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?