नवनिर्मित दलित छात्रावास  भवन विद्यालयलाई हस्तान्तरण 

राजविराज राजविराज
|
मंगलबार, भाद्र २९, २०७८
|
|
३८ पटक हेरिएको
Shares
नवनिर्मित दलित छात्रावास  भवन विद्यालयलाई हस्तान्तरण 

सारांश

  •     प्रदेश सभा सदस्य मनिष सुमनको पहलमा तथा भवन कार्यालय राजबिराजको अगुवाईमा तीन आर्थिक बर्षमा भवन निर्माण कार्य सम्पन्न भई मंगलबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो ।
  •     प्रदेश सरकार भौतिक पुर्वाधार बिकास मन्त्रालयको आर्थिक सहयोगमा शहरी बिकास तथा भवन कार्यालयले निर्माण गरेको उक्त भवनको प्रदेश सभा सदस्य मनिष सुमनको उपस्थितिमा शहरी बिकास तथा भवन कार्यालय सप्तरीका प्रमुख कृष्णदेव झाले बिद्यालयका प्रअ योगेन्द्र यादबलाई हस्तान्तरण गरे ।
  •       केशो अनिरूबति माध्यमिक बिद्यालयको २ कठ्ठा ८ धुर जग्गामा कुल ८० लाख ४४ हजार ९ सय ८८ रूपैयाको लागतमा भवन निर्माण कार्य सम्पन्न गरिएको राजबिराज वडा नं.

दैनिक समाचारदाता
राजबिराज, २९ भदौ । 
    राजविराजस्थित केअ माविको परिसरमा नवनिर्मित दलित छात्राबास भवन मंगलबार एक कार्यक्रमबीच उत्तध्m विद्यालयलाई हस्तान्तरण गरिएको छ । 
    प्रदेश सभा सदस्य मनिष सुमनको पहलमा तथा भवन कार्यालय राजबिराजको अगुवाईमा तीन आर्थिक बर्षमा भवन निर्माण कार्य सम्पन्न भई मंगलबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो ।
    प्रदेश सरकार भौतिक पुर्वाधार बिकास मन्त्रालयको आर्थिक सहयोगमा शहरी बिकास तथा भवन कार्यालयले निर्माण गरेको उक्त भवनको प्रदेश सभा सदस्य मनिष सुमनको उपस्थितिमा शहरी बिकास तथा भवन कार्यालय सप्तरीका प्रमुख कृष्णदेव झाले बिद्यालयका प्रअ योगेन्द्र यादबलाई हस्तान्तरण गरे । 

    केशो अनिरूबति माध्यमिक बिद्यालयको २ कठ्ठा ८ धुर जग्गामा कुल ८० लाख ४४ हजार ९ सय ८८ रूपैयाको लागतमा भवन निर्माण कार्य सम्पन्न गरिएको राजबिराज वडा नं. ३ अध्यक्ष सुदर्शन सिहले जानकारी दिए । 
    सो अवसरमा प्रदेश सभा सदस्य मनिष सुमनले दलित सुमदायका बालबालिकालाई शिक्षामा दलितको पहँुच वढाउने उद्देश्यले निर्माण गरिएको बताए । उनले ग्रामिण बस्तीमा दलित समुदायका परिवारहरूको आर्थिक स्तर कमजोर रहेको अबस्थामा दलित परिवारका बालवालिकाहरूलाई सदरमुकाम राजबिराजसम्म शिक्षामा सहज पहँुच बनाउन उद्देश्यले भवन निर्माण गरिएको उल्लेख गरे ।
    केशो अनिरूद्वबति माध्यमिक बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष धिरेन्द्र बर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा राजबिराज ३ का अध्यक्ष सुदर्शन सिंह, बिद्यालयका सहायक प्रअ निलम मिश्रा, उपभोक्ता समितिका अध्यक्ष बिजय रजक, पत्रकार चन्दनकुमार यादबलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?