दैनिक समाचारदाता
राजविराज, ११ साउन ।
३१ औं “प्रकाश मानव अधिकार पुरस्कार” यस वर्ष चुरे तथा वन–जंगल संरक्षण अभियानका संयोजक सुनिलकुमार यादवलाई प्रदान गरिने निर्णय गरिएको छ ।
इन्सेकका संस्थापक महासचिव अथक मानव अधिकार योद्धा प्रकाश काफ्लेको स्मृतिमा स्थापना गरिएका उक्त पुरस्कार इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित प्रकाश मानव अधिकार पुरस्कार छनोट समितिले यादवलाई दिने निर्णय गरिएको हो ।
पुरस्कार छनौट समितिमा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सूर्यप्रसाद ढुंगेल र अधिकारकर्मी गंगा कसजु सदस्य छन् ।
बारा जिल्लाको सिम्रौनगढ नगरपालिका २ मौवाही निवासी यादव सन् २०७४ सालदेखि चुरे संरक्षण र वातावरणीय अधिकारका विषयमा निरन्तर सक्रिय रहँदै आएका छन् । चुरे क्षेत्रको दोहनका कारण मधेस प्रदेशमा देखा परिरहेका जलवायु तथा वातावरणीय असरबारे सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउन उनले विभिन्न सचेतनामूलक कार्यक्रम, अभियान र पैरवी गर्दै आएका छन् ।
पुरस्कारका लागि सार्वजनिकरूपमा आह्वान गरिएअनुसार प्राप्त ४० जनाको नाम मध्येबाट वातावरण अधिकारका क्षेत्रमा सम्झौतारहित संघर्ष गर्दै आएका यादवलाई छनोट गरिएको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
आगामी साउन १६ गते काठमाडौँमा आयोजना हुने ३३ औँ प्रकाश स्मृति दिवसको अवसरमा पुरस्कृत व्यक्तित्व यादवलाई नगद ५० हजार सम्मानपत्र र इन्सेकको प्रतीक चिन्ह प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।
३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
सारांश
- इन्सेकका संस्थापक महासचिव अथक मानव अधिकार योद्धा प्रकाश काफ्लेको स्मृतिमा स्थापना गरिएका उक्त पुरस्कार इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित प्रकाश मानव अधिकार पुरस्कार छनोट समितिले यादवलाई दिने निर्णय गरिएको हो ।
- पुरस्कार छनौट समितिमा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा.
- सूर्यप्रसाद ढुंगेल र अधिकारकर्मी गंगा कसजु सदस्य छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया