राजविराज÷तराई मधेशमा एकपछि अर्को पर्वहरुको रौनक घट्दै गइरहेको छ । हिन्दुहरुको महान पर्व वडा, तिहार जस्तो पर्वमा रौनकता घट्दै गएपछि अर्को रंगहरुको त्योहार होलीको पनि रौनकता हराउँदै गइरहेको छ ।
एक आपसमा रंग, अबिर खेल्दै मनाइने उत्साह र उमंगको प्रसिद्ध धार्मिक पर्व होलीको रौनक घट्दै गएको पाइएको छ । विगत तीन वर्ष कोरोनाका कारण रौनकता घटेको होली पर्वको उत्साह यस वर्ष पनि घटको छ । यस बाहेक बढ्दो महंगी र घट्दो आयका कारण पनि होलीको उत्साह घट्दै गएको हो ।
होली पर्वको २÷३ दिन अघि देखि नै यहाँका माडवारी समुदाय बाजार क्षेत्रमा ढोल (नगारा) सहित एकत्रित भएर आफ्नो भाषामा गाउने गरेको होली गीत यस वर्ष पनि सुनिएको छैन । ष्
व्यवसायिक मन्दीका साथै बहिर रहेका अधिकांश परिवारका सदस्य समेत यसपल्ट होली मनाउन नफर्केका कारण विगतका कार्यक्रमलाई निरन्तरता दिन नसकिएको माडवारी युवा मञ्चका सल्लाहकार बैजु जोशी बताउँछन् । होलीमा प्रयोग हुने रंग, अबिर, पिचकारी तथा खाद्य परिकारको समेत मूल्य बढेका कारण होलीको आगमन हुन १÷२ दिनमात्र बाँकी रहँदा पनि रौनकता नदेखिएको उनको भनाई छ ।
होली सुरु हुनु एक÷दुई दिन अगावै नै माडवारी समुदाय सँगै अन्य समुदायका युवाहरुको समूह समेतले होलीको गित गाउँदै र ढोल बजाउँदै बजार क्षेत्रमा नाचगान गर्दै होलीको स्वागत गर्न आतुर देखिन्थे । तर, अहिले त्यस्तो समूह र दृश्य देख्न छाडिएको छ।
मैथिली साहित्य परिषद्का अध्यक्ष सतिश दत्तले नगरका पाका र अगुवाले छाडेर गएका परम्परा नयाँ पुस्ताका युवाले नअगालेपछि होलीको रौनकता घट्दै गएको सुनाए । पुरानाले अंगालेको परम्परा नयाँले अंगाल्न चाहँदैन अब के गर्ने ? उनको भनाई छ । उनले यो अभिभारा अब नयाँ पुस्ताले उठाउनु पर्ने र यसको संरक्षण र सम्वद्र्धनमा सबैले सहयोग गर्नु पर्ने बताए ।
यता जिल्ला प्रहरी कार्यालयले होलीमा जबरजस्ती रंग हाल्ने, लोला हान्ने र विकृत गतिविधि नगर्न सबैसँग अपिल गरेको छ । शनिवारदेखि बजारको चौक चौकमा म्याकिङ मार्फत प्रहरीले खुला रुपमा मद्यपान, धुम्रपान जस्ता विकृति पूर्ण कार्य नगर्न समेत सचेत गराउँदै होली पर्वलाई शान्त, सुरक्षित र मर्यादित ढंगले मनाउन आग्रह गरिरहेको छ । प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले मनोरञ्जन गर्न पाइने तर, त्यसका नाममा विकृति गर्नेलाई नछाडिने भन्दै मर्यादित रुपमा होली मनाउन सबैसँग अनुरोध गरिएको बताए् ।
रंगहरुको त्योहार होलीको पनि रौनकता हराउँदै, परम्पराको संरक्षण गर्दै मर्यादित रुपमा होली पर्व मनाउन प्रहरीको आग्रह
सारांश
- व्यवसायिक मन्दीका साथै बहिर रहेका अधिकांश परिवारका सदस्य समेत यसपल्ट होली मनाउन नफर्केका कारण विगतका कार्यक्रमलाई निरन्तरता दिन नसकिएको माडवारी युवा मञ्चका सल्लाहकार बैजु जोशी बताउँछन् ।
- होलीमा प्रयोग हुने रंग, अबिर, पिचकारी तथा खाद्य परिकारको समेत मूल्य बढेका कारण होलीको आगमन हुन १÷२ दिनमात्र बाँकी रहँदा पनि रौनकता नदेखिएको उनको भनाई छ ।
- होली सुरु हुनु एक÷दुई दिन अगावै नै माडवारी समुदाय सँगै अन्य समुदायका युवाहरुको समूह समेतले होलीको गित गाउँदै र ढोल बजाउँदै बजार क्षेत्रमा नाचगान गर्दै होलीको स्वागत गर्न आतुर देखिन्थे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया