कर्मचारी संक्रमित भएपछि राजविराज नगरपालिका बन्द

राजविराज राजविराज
|
मंगलबार, बैशाख २१, २०७८
|
|
५२ पटक हेरिएको
Shares
कर्मचारी संक्रमित भएपछि राजविराज नगरपालिका बन्द

सारांश

  •     नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवद्वारा मंगलबार जारि विज्ञप्तिमा नगरपालिका तथा सिटिइभिटीद्वारा संचालित राजविराज पोलिटेक्निक इन्स्टीच्युटमा कार्यरत कर्मचारी संक्रमित भएको उल्लेख छ ।
  •       यस्तै विज्ञप्तिमा कर्मचारी संक्रमित भएकोले नगरकार्यपालिकाको कार्यालयको कर्मचारीहरु समेत प्रभावित भई परिक्षण गर्नुपर्ने भएकोले अर्को सूचना प्रकाशन नहुन्जले सम्मका लागि अति आवश्यक सेवाहरु बाहेक सम्पूर्ण सेवाहरु बन्द रहने जनाइएको छ ।
  •  

दैनिक समाचारदाता
राजविराज, २१ बैशाख । 
    राजविराज नगरपालिकाका एक कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएपछि नगरपालिकाको अति आवश्यक सेवाहरु बाहेक सम्पूर्ण सेवाहरु मंगलबारदेखी बन्द गरिएको छ । 
    नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवद्वारा मंगलबार जारि विज्ञप्तिमा नगरपालिका तथा सिटिइभिटीद्वारा संचालित राजविराज पोलिटेक्निक इन्स्टीच्युटमा कार्यरत कर्मचारी संक्रमित भएको उल्लेख छ । 
    यस्तै विज्ञप्तिमा कर्मचारी संक्रमित भएकोले नगरकार्यपालिकाको कार्यालयको कर्मचारीहरु समेत प्रभावित भई परिक्षण गर्नुपर्ने भएकोले अर्को सूचना प्रकाशन नहुन्जले सम्मका लागि अति आवश्यक सेवाहरु बाहेक सम्पूर्ण सेवाहरु बन्द रहने जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?