एक वर्षदेखी तलब नपाएका शिक्षक तथा विद्यालय कर्मचारीद्वारा विद्यालय  बन्द गरि गाउँपालिकामा धर्नामा 

राजविराज राजविराज
|
सोमबार, फाल्गुन १४, २०८०
|
|
४६ पटक हेरिएको
Shares
एक वर्षदेखी तलब नपाएका शिक्षक तथा विद्यालय कर्मचारीद्वारा विद्यालय  बन्द गरि गाउँपालिकामा धर्नामा 

सारांश

  •     शिक्षक र विद्यालय कर्मचारीहरुद्वारा गठित संघर्ष समितिको अगुवाईमा विद्यालय बन्द गरि धर्ना कार्यक्रमको आयोजना गरिएको हो ।
  •       संघर्ष समितिको अगुवाइमा पालिका अगाडी धर्ना कार्यक्रम सुरु भएसँगै गाउँपालिका भित्र रहेका सबै १८ वटै विद्यालयको पठनपाठन समेत ठप्प भएको छ ।
  •       संघर्ष समितिका पदाधिकारी रुपकान्त मिश्रले आफूहरुको माग पुरा नभएसम्म पठनपाठन अवरुद्ध राख्ने बताए ।

दैनिक समाचारदाता
राजविराज, १४ फागुन । 

    एक वर्षदेखी तलब नपाएको भन्दै सप्तरीको विष्णुपुर गाउँपालिकाका शिक्षक तथा विद्यालय कर्मचारीहरुले सोमबार पालिकाका सबै विद्यालय बन्द गरि गाउँपालिका कार्यालय अगाडी धर्नामा बसेका छन् ।
    शिक्षक र विद्यालय कर्मचारीहरुद्वारा गठित संघर्ष समितिको अगुवाईमा विद्यालय बन्द गरि धर्ना कार्यक्रमको आयोजना गरिएको हो । 
    संघर्ष समितिको अगुवाइमा पालिका अगाडी धर्ना कार्यक्रम सुरु भएसँगै गाउँपालिका भित्र रहेका सबै १८ वटै विद्यालयको पठनपाठन समेत ठप्प भएको छ । 
    संघर्ष समितिका पदाधिकारी रुपकान्त मिश्रले आफूहरुको माग पुरा नभएसम्म पठनपाठन अवरुद्ध राख्ने बताए । उनका अनुसार पालिकाभित्र रहेका ५ मावि र १३ आधारभूत विद्यालयका करिब १ सय ७५ जना शिक्षक र विद्यालयका कर्मचारीले विगत एक वर्ष भन्दा बढी समयदेखीको तलब पाउन सकेका छैनन् । 
    अर्का शिक्षिका रामपरि देवी यादवले विगत एक वर्षदेखी आश्वासन मात्र पाइने गरेकाले बाध्य भई विद्यालय बन्द गरि धर्नामा बसेको बताउँदै कोही शिक्षक १७ महिनादेखी त कोही शिशक्षक १२ महिनादेखी तलब पाउन नसकेको जानकारी समेत दिइन् ।
    लामो समयदेखी आफूहरुले तलब पाउन नसक्दा गरगहना बन्धकी राखेर काम चलाएको र अहिले त्यसको ब्याज तिर्न पनि समस्या भएको शिक्षकहरुको गुनासो छ । 
    प्रमुख प्रशासकीय अधिकृत उज्वल आनन्दले केही समयअघि सम्पन्न गाउँसभामा देखिएको केही कानुनी जटिलताका कारण समयमै शिक्षक र विद्यालय कर्मचारीलाई तलब खुवाउन समस्या भएको बताउँदै आएका छन् । 
    शिक्षकहरुले कार्यवाहक अध्यक्ष रेणु कुमारी यादवले शिक्षकहरुको तलब खुवाउन भन्दै चार महिना अघि नै प्रमुख प्रशासकीय अधिकृत आनन्दलाई अख्तियारी दिइसकेपनि लस्उनी कार्यालय पनि कमै आउने गरेको गुनासो गरेकी छिन् । पछिल्लो समय भने गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत आनन्दको सरुवा नै भइसकेको जानकारी गराएपछि शिक्षकहरु थप आन्दोलित भएका छन् । 
    शिक्षकहरुले अघिल्लो दिन मात्र समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारी किरण थापा र कार्यवाहक अध्यक्ष यादवलाई एक ज्ञापनपत्र बुझाई तत्काल आफूहरुको माग सम्बोधन नगरिए विद्यालय बन्द गरि धर्नामा बस्ने जानकारी गराएका थिए । तर पनि तलब खुवाउने तर्फ कुनै पहल नहुँदा बाध्य भई विद्यालय बन्द गरि धर्नामा बस्नु परेको शिक्षकहरुको भनाई छ । 
    विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव, लेखापाल टेकनारायण यादव हाल निलम्बित अवस्थामा छन् । एक घुस प्रकरणमा मुछिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु बिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेपछि उनीहरु निलम्बित भएका हुन् । गाउँपालिका अहिले कार्यवाहक अध्यक्ष भएर उपाध्यक्ष रेणुकुमारी यादवले चलाउँदै आएकी छिन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?