दैनिक समाचारदाता
राजविराज, २ कात्तिक ।
मेची–महाकाली राष्ट्रिय उद्धारयात्रा २०८१ अन्तर्गत शुक्रवार सप्तरीबाट १६ जना सडक आश्रित मानवनको उद्धार गरिएको छ ।
असोज २६ गते देखी कोशी प्रदेशको मेची पुलबाट “यो पटकको चाडपर्वमा कसैले वस्न नपरोस सडकपेटीमा ”सहयोगापेक्षी सडक मानव मुक्त राष्ट्र निर्माण गरौ, उनीहरुको खाना, नाना र छानाको प्रबन्ध गरौ लगायतका नारा र मुल भावनाका साथ सूरु भएको ३२ दिने अभियान यात्रा कार्यक्रम अन्तर्गत शुक्रवार सप्तरीबाट १६ जना सडकमा आश्रित मानवको उद्धार गरिएको हो ।
जिल्लाको विभिन्न स्थानबाट अभियानका टोलीद्वारा सडकपेटी तथा सार्वजनिक स्थलमा वेवारिसे अवस्थामा भेटिएका मानवको उद्धार गरिएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए । मानवताको देशका रुपमा नेपाललाई अघि बढाउन पनि यस्तो अभियान लिएर मेची–महाकाली यात्रामा निस्केको उनले बताए ।
उनले सडक मानवको उद्धार कार्यलाई सरकारको मात्रै जिम्मामा छाडी दिनु भन्दा सबैले आ–आफ्नो क्षेत्रबाट भुमिका खेल्नु पर्ने आवश्यक्ता रहेको बताए ।
आश्रमकी अभिभावक एंव आनी छोइङ डोल्मा फाउण्डेशनकी अध्यक्ष आनी छोइङ डोल्माले मानव सेवा नै राष्ट्र सेवा हो भन्दै यस्ता कार्यले मनबाट विकारजन्य सोच हटाई मानवीय सेवामा लाग्ने प्रेरणा प्रदान गर्ने बताईन । उनले रिस, राग, द्वेष, अहंकार लगायतका कुभावनाहरु त्यागेर मानव सेवामा लाग्न आग्रह समेत गरिन ।
टोलीको स्वागत गर्दै मधेश प्रदेशका पूर्व शिक्षा मन्त्री महेश प्रसाद यादवल सडक मानव उद्धार कार्यले आफु जस्ता राजनीतिकर्मी समेतलाई यस्तो पुण्य कार्यमा लाग्न प्रेरणा दिएको भन्दै यस अभियानमा आफनो तर्फबाट हुन सक्ने सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । उनी आश्रमलाई विगत १ वर्ष देखि आफनो ब्यक्तीगत तर्फबाट वार्षिक १२ हजार रुपैया उपलब्ध गराउँदै आएका छन ।
राजविराज नगरपालिका कार्यवाहक नगर प्रमुख इसरत परवीनले यस्ता अभियानले सडक आश्रित मानवको कल्याण र जीवनमा सुधार ल्याउन मदत पु¥याउने बताईन । सडकमा आश्रित मानवहरुको संख्या राजविराज नगरक्षेत्रमा पनि बढदै गएको भन्दै उनले उनीहरुको व्यवस्थापनका लागी राजविराजमा पनि आश्रमको कार्यालय संचालन गर्न आग्रहसहित त्यसका लागी जग्गा उपलब्ध गराउन नगरपालिका तत्पर रहेको बताईन ।
लायन्स क्लब ३२५ का डिस्ट्रीट गर्भनर शंकर शारदाले राजविराजमा आश्रम भवन बनाउने निश्चित भए आफुले २ करोड रुपैयाको सहयोग उपलब्ध गराउनका लागी पहल गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा जिल्ला समन्वय समिती सप्तरीका प्रमुख शिव नारायण साह, नागरिक समाज सप्तरीका अध्यक्ष थानसिह भन्साली, इन्सेक प्रतिनिधी मनोहर पोखरेल लगायतले आश्रमको अभियानको प्रशंसा गर्दै सफलताको शुभकामना दिएका थिए । उद्धार गरिएका १६ जनालाई कपाल काटी, नुहाईधुवाइ गरेर टोली संगै भोजन समेत गराई शुक्रवार नै मानव सेवा आश्रम जनकपुर लगिएको सो संस्थाले जनाएको छ ।
यसअघि मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा असोज २६ गतेदेखि सुरु भएको उद्धार यात्रामा पहिलो दिन झापाबाट १२ जना, दोस्रो दिन मोरङबाट चार जना र तेस्रो दिन सुनसरीबाट १२ जना उद्धार गरिएको थियो । उद्धार यात्रामा गायिका आनीछोइङ डोल्मा र मानवसेवा आश्रमका अध्यक्ष अधिकारीसहित ४७ जना सहभागी हुनुहुन्छ । उद्धार यात्रा ३२ दिनपछि कात्तिक २८ गते सम्पन्न हुनेछ ।
सडकपेटीबाट एकै दिन चार महिलासहित १६ जना सडक आश्रित मानवको उद्दार
सारांश
- असोज २६ गते देखी कोशी प्रदेशको मेची पुलबाट “यो पटकको चाडपर्वमा कसैले वस्न नपरोस सडकपेटीमा ”सहयोगापेक्षी सडक मानव मुक्त राष्ट्र निर्माण गरौ, उनीहरुको खाना, नाना र छानाको प्रबन्ध गरौ लगायतका नारा र मुल भावनाका साथ सूरु भएको ३२ दिने अभियान यात्रा कार्यक्रम अन्तर्गत शुक्रवार सप्तरीबाट १६ जना सडकमा आश्रित मानवको उद्धार गरिएको हो ।
- जिल्लाको विभिन्न स्थानबाट अभियानका टोलीद्वारा सडकपेटी तथा सार्वजनिक स्थलमा वेवारिसे अवस्थामा भेटिएका मानवको उद्धार गरिएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए ।
- मानवताको देशका रुपमा नेपाललाई अघि बढाउन पनि यस्तो अभियान लिएर मेची–महाकाली यात्रामा निस्केको उनले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया