दैनिक समाचारदाता
राजविराज, १० मंसिर ।
एक बालिकाको चोरीको प्रयासमा दुई भारतीय नागरिक पक्राउ परेको एक महिना नबित्दै पुनः मंगलबार सोही आरोपमा अर्का एक भारतीय नागरिकलाई प्रहरीले राजविराजबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल राज्यको शिलीगुरी ठेगाना बताउँने ५० बर्षिय बिनोद साह रहेको प्रहरीले जनाएको छ ।
बंगाली भाषा मात्र बोल्न जान्ने उनी पटक पटक भने आप्mनो ठेगाना फरक फरक बताउने गरेका कारण बास्तविक ठेगाना पत्ता लगाउन कठिन भईरहेको प्रहरीको भनाई छ । यसका लागी अनुसन्धानका क्रममा बंगाली भाषा बुभ्mने स्थानिय एक जनाको सहयोग समेत लिईएको डिएसपी तिलक भारतीले बताए ।
पक्राउ परेका व्यक्ति साहले मानसिक सन्तुलन गुमाएको जस्तै व्यवहार देखाई रहेको प्रहरीले जानकारी दिएको छ ।
डिएसपी भारतीका अनुसार घटनाबाट जोगिन मानसिक सन्तुलन गुमाएको नाटक गरको हुन वा बास्तवमै बच्चा चोरी गर्ने काम गर्छन बारे यकिन गर्न अनुसन्धान भईरहेको बताए । प्रहरीले उनको साथबाट एक थान मोबाईल र पुजामा प्रयोग हुने एक थान घण्टी समेत बरामत गरेको छ ।
मंगलबार बिहान ९ बजे तिर स्थानिय पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयमा कक्षा ३ मा पढ्ने ५ बर्षिया बालिका निशा चौधरीलाई लिएर जाँदै गरेको अवस्थामा स्थानियलाई शंका लागेपछि उनलाई नियन्त्रणमा लिई प्रहरी समक्ष बुझाएका थिए ।
सप्तरीको विष्णुपुर गाउँपालिका ७ निवासी मनिकलाल चौधरीकी ५ बर्षिया छोरी निशालाई विद्यालय जान लाग्दा बाटोमै चकलेट र एक सय रुपैयाको भारतीय नोट दिएर फकाएर लैजादै गर्दा सरस्वती टोल निजकैबाट स्थानियको सहयोगमा ती भारतीय नागरिकलाई पक्राउ गरको वडा नं. ५ का अध्यक्ष समिर झाले जानकारी दिए ।
पक्राउ परेका साहलाई आक्रोसित स्थानियबासीले कुटपिट गरी ज्यानै मार्ने अवस्था देखिएपछि प्रहरीलाई खबर गरेको उनको भनाई छ ।
हाल प्रहरी हिरासतमा रहेका साहसँग आवश्यक सोधपुछ भईरहेको डिएसपी भारतीले बताए । बालिकालाई मंगलबारै पविमाबिका प्रधानाध्यापक अरुण कुमार झाको रोहबरमा उनको अभिभावकको जिम्मा लगाइएको छ ।
यसअघि गत कातिक १४ गते पनि हनुमाननगर कंकालिनी नगरपालिका ४ स्थित आफनो मामाको घर आँगनमा खेल्दै गरेकी एक ६ बर्षिया बालिकालाई चकलेट र विस्कुटको प्रलोभन दिई साईकलमा राखेर भारततर्फ लैजादै गरको अवस्थामा दुई भारतीय नागरिक पक्राउ परेका थिए ।
पक्राउ परेका भारत विहार राज्यको सुपौल जिल्ला निवासी २० बर्षिय आनन्द गोश्वामी र २२ बर्षिय अमिर झा अहिले पनि अनुसन्धानको शिलशिलामा हिरासतमै रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बालिकालाई फकाएर लैजादै गर्दा एक भारतीय पक्राउ
सारांश
- पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल राज्यको शिलीगुरी ठेगाना बताउँने ५० बर्षिय बिनोद साह रहेको प्रहरीले जनाएको छ ।
- बंगाली भाषा मात्र बोल्न जान्ने उनी पटक पटक भने आप्mनो ठेगाना फरक फरक बताउने गरेका कारण बास्तविक ठेगाना पत्ता लगाउन कठिन भईरहेको प्रहरीको भनाई छ ।
- यसका लागी अनुसन्धानका क्रममा बंगाली भाषा बुभ्mने स्थानिय एक जनाको सहयोग समेत लिईएको डिएसपी तिलक भारतीले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
हराएका २६ जना मध्ये २० जना फेला
निःशुल्क सिलाई मेसिन वितरण
बाढीको जोखिममा रहेका बनरझुल्लाबासी विपद्सँग जुध्न तयार
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
प्रतिक्रिया
० प्रतिक्रिया