दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
यूवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले वर्तमान सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्न लागिपरेको बताएका छन् ।
राजविराजमा आयोजित स्व. लोकेन्द्र श्रेष्ठ स्मृति ७ औं राष्ट्रियव्यापी जुडो प्रतियोगिताको मंगलबार आयोजित समापन तथा पुरस्कार बितरण समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले वर्तमान सरकारले खेलकुदको विकासका लागि गाउँ गाउँमा खेल पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताउँदै ७ सय ५३ नगर र गाउँपालिकामा १÷१ खेलग्राम तथा एक वडा एक खेल मैदानलगायतका कार्यक्रम मार्फत खेलकुदको योजना बनाएको जानकारी दिए ।
देशका लागि आवश्यक राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनका लागि सरकारले खेल क्षेत्रको विकासका लागि पूर्वाधार नै पहिलो आवश्यकता रहेकोमा जोड दिँदै सरकार सोही अनुसार अघि बढेको जिकिर गरे ।
उनले राजविराजस्थित जिर्ण रहेको राजरंगशालाको पनि छिट्टै मर्मत सम्भार गरिने प्रतिबद्धता समेत जनाए । उनले राजविराज नगरपालिका, प्रदेश सरकार र संघीय सरकार गरि तीनवटै तहका सरकार मिलेर चाडै राजरंगशालाको जिर्णोद्वार गरिने प्रतिबद्धता ब्यक्त गरे ।
सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण हुने ः मन्त्री विश्वकर्मा
सारांश
- राजविराजमा आयोजित स्व.
- लोकेन्द्र श्रेष्ठ स्मृति ७ औं राष्ट्रियव्यापी जुडो प्रतियोगिताको मंगलबार आयोजित समापन तथा पुरस्कार बितरण समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
- उनले वर्तमान सरकारले खेलकुदको विकासका लागि गाउँ गाउँमा खेल पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताउँदै ७ सय ५३ नगर र गाउँपालिकामा १÷१ खेलग्राम तथा एक वडा एक खेल मैदानलगायतका कार्यक्रम मार्फत खेलकुदको योजना बनाएको जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया