दैनिक समाचारदाता
राजविराज, २३ पुस ।
प्रहरीलाई नै मोटरसाइकलबाट ठक्कर दिई फरार एक प्रतिवादीलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका १८ निवासी डम्बर नारायण चौलागाई रहेका छन् । उनलाई प्रहरीले घरबाटै पक्राउ गरि अदालत समक्ष हाजिर गराएपछि पुर्पक्षका लागि कारागार चलान गरिएको छ । गत मंसिर १ गते पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको सुरुङ्गा नगरपालिका ४ कदमाहा चौक नजिकै चेकजाचमा खटिएका प्रहरी सहायक निरिक्षक हिम बहादुर खतिवडालाई स.७प. २५८० नम्बरको मोटरसाइकल चढेका चौलागाइले ठक्कर दिई गम्भिर घाइते बनाई फरार भएका थिए ।
फरार उनलाई पक्राउ गरी सवारी अङ्गभङ्ग मुद्दा चलाइएको छ । दुर्घटनामा घाइते प्रसनि खतिवडाको खुट्टा भाँचिएको थियो ।
प्रहरीलाई मोटरसाइकलबाट ठक्कर दिई फरार एक पक्राउ
सारांश
- पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका १८ निवासी डम्बर नारायण चौलागाई रहेका छन् ।
- उनलाई प्रहरीले घरबाटै पक्राउ गरि अदालत समक्ष हाजिर गराएपछि पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
- गत मंसिर १ गते पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको सुरुङ्गा नगरपालिका ४ कदमाहा चौक नजिकै चेकजाचमा खटिएका प्रहरी सहायक निरिक्षक हिम बहादुर खतिवडालाई स.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया