दैनिक समाचारदाता
राजविराज, ८ माघ ।
अबैध रुपमा भारतबाट भन्सार छली अटोमा लोड गरी ल्याउँदै गरेको किराना समानसहित प्रहरीले अटो नियन्त्रणमा लिएको छ ।
राजविराज नगपालिका वडा नं. ७ स्थित राममन्दिर नजिकको सडक खण्डमा प्रहरीले मंगलबार बिहान चेकजाँचका क्रममा किराना समान र अटो नियन्त्रणमा लिएको हो ।
अटोसहित बरामद समानको ४ लाख ३६ हजार ४ सय ३० रुपैया मुल्याङ्कन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
प्रदेश २–०१–००१ह००७८ नम्बरको अटो रिक्शाबाट जेकजाँचका क्रममा तेल, घ््यु, मसाला, पापड लगायतको किराना समान भन्सार छली भारतबाट ल्याइएको पाइएपछी नियन्त्रणमा लिएको उनको भनाइ छ ।
उक्त समान ल्याउने अटो चालक ३२ वर्षिय सप्तरीको छिन्नमस्ता गाउँपालिका ४ कोचाबखारी टोल वस्ने राजकुमार साहलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बरामद सरसमान र चालकलाई आवश्यक कारवाहीका लागी तिलाठी कोइलाडी गाउपालिकास्थित भन्सार कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
भन्सार छली ल्याइएका किराना समानसहित अटो प्रहरी नियन्त्रणमा
सारांश
- राजविराज नगपालिका वडा नं.
- ७ स्थित राममन्दिर नजिकको सडक खण्डमा प्रहरीले मंगलबार बिहान चेकजाँचका क्रममा किराना समान र अटो नियन्त्रणमा लिएको हो ।
- अटोसहित बरामद समानको ४ लाख ३६ हजार ४ सय ३० रुपैया मुल्याङ्कन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया