समाजवादी र राजपाबीच एकीकरण बाहेक विकल्प छैन् ः उपेन्द्र यादव

राजविराज राजविराज
|
बुधबार, माघ २२, २०७६
|
|
२२ पटक हेरिएको
Shares
समाजवादी र राजपाबीच एकीकरण बाहेक विकल्प छैन् ः उपेन्द्र यादव

सारांश

  •     संगठन बिस्तार तथा सुदृढिकरण (बिसु) अभियान तथा अभिमूखीकरण कार्यक्रमको मंगलबार सप्तरी सदरमुकाम राजविराजमा उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
  •     राजपासँग एकीकरणको ढोका अझै खुल्ला रहेको बताउँदै अध्यक्ष यादवले राजपाले जहिले चाहे एकीकरण हुन सक्ने संकेत समेत दिए ।
  • उनले भने, “राजपाको माँग अनुसार समाजवादी पार्टी अहिले सरकार बाहिर छ, तर सरकार बाहिर भएपछि राजपाले बोलचाल नै बन्द गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, २१ माघ । 
    समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले परिवर्तनकारी शक्तिको रुपमा अगाडी बढ्न समाजवादी र राजपाबीच एकीकरण बाहेक विकल्प नरहेको बताएका छन् ।
    संगठन बिस्तार तथा सुदृढिकरण (बिसु) अभियान तथा अभिमूखीकरण कार्यक्रमको मंगलबार सप्तरी सदरमुकाम राजविराजमा उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
    राजपासँग एकीकरणको ढोका अझै खुल्ला रहेको बताउँदै अध्यक्ष यादवले राजपाले जहिले चाहे एकीकरण हुन सक्ने संकेत समेत दिए । उनले भने, “राजपाको माँग अनुसार समाजवादी पार्टी अहिले सरकार बाहिर छ, तर सरकार बाहिर भएपछि राजपाले बोलचाल नै बन्द गरेको छ ।”       

 

पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले सात प्रदेश मध्ये ६ प्रदेशमा कम्युनिष्टहरुको सरकार रहेकोमा प्रदेश नं. २ मा पनि आफ्नो सरकार बनाउन राजपालाई कम्युनिष्टहरुले जालझेलमा पार्न खोजिरहेको आरोप लगाउँदै राजपालाई सो जालझेलमा नपर्न सुझाव समेत दिएका छन् । उनले प्रदेश २ सरकार कुनै पनि हालतमा परिवर्तन नहुने समेत बताए । 
    एक अर्को प्रसङ्गमा उनले संसदबाट संविधान संशोधन नभए जनबिद्रोह गर्ने चेतावनी दिए । उनले मुलुकको आधा जनसंख्याका लागि संविधान  अहिले पनि अधुरो रहेकोमा यसलाई अविलम्ब संशोधन गर्नु पर्ने माँग राखे । 
    अध्यक्ष यादवले संसदबाट संविधान संशोधन वा पूर्नलेखन गरे मात्र वर्तमान संविधान साझा बन्न सक्ने बताए । मधेश आन्दोलनकै उपलब्धीका कारण अहिले हिमाल र पहाडका उत्पीडित समुदायले थोरै भएपनि आरक्षणको नाममा राज्यको हरेक अंगमा समावेशीता पाएको जिकिर गरे । 
    दुई तिहाई बहुमत पाएको अहिलेको कम्युनिष्ट सरकार कमाउनिष्ट भएको उल्लेख गर्दै उनले सरकार पूर्ण रुपले भ्रटाचारमा लिप्त रहेको उनको आरोप छ ।
    सो कार्यक्रममा पार्टीका उपाध्यक्ष रेणु यादवले प्रदेश २ को सरकार नबढल्ने बताउँदै समाजवादी पार्टीबाट मन्त्रीहरु हेरफेर हुन सक्ने संकेत समेत दिएकी छिन् । उनले मधेशी जनताको चाहना अनुसार समाजवादी र राजपाको सरकार प्रदेश २ मा बनेको स्मरण गराउँदै यदी कुनै पार्टीले सरकार ढाल्ने चलखेल गरे सो पार्टी जनताबाट आफ्ै बहिष्कृत समेत हुने जिकिर गरिन् । 
    सो कार्यक्रममा बिसु अभियान सप्तरीका संयोजक समेत रहेका प्रदेश २ का भूमी व्यवस्या तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले संगठनलाई अझ बलियो बनाउन तीन महिने अभियान सुरु भएको जिकिर गर्दै यस अभियान अन्तरगत प्रदेश २ मा एक लाख सदस्य थप्ने लक्ष्य लिएको जानकारी दिए ।  
    सो अवसरमा तराई मधेश प्रदेशका सदस्य ईसुफ अलीले कार्यकर्ता बिच असन्तृष्टी ब्यापक बढेको गुनासो बढेको बताउदै सबैको मनोवललाई उच्च राख्दै सम्मानपूर्वक कार्यकर्तालाई बैचारिक सिद्वान्त रूपमा अगाडि बढनुपर्ने बताए ।
    सापर्टीका जिल्ला अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तराई मधेश प्रदेशका सदस्य अमृत साफी, किरण कुमारी साह, संघिय परिषद सदस्य लक्ष्मी चौधरी, राजबिराज नगर समिति अध्यक्ष भिमराज यादब, तराई मधेश प्रदेश सचिव दिनेश यादब, पार्टी केन्द्रीय सदस्य अशोक कुमार यादबले अभियानको सफलताको कामना गरेका थिए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खेलकुद समाग्री बितरण
खेलकुद समाग्री बितरण
बहुमतकै दम्भमा संघीयताको जगलाई धरापमा पार्न खोजिदै छ ः वरिष्ठ राजनीतिज्ञ मण्डल
बहुबिबाह मुद्दाका फरार प्रतिवादी पक्राउ पछि कैद भुक्तानका लागि कारागार चलान 
बहुबिबाह मुद्दाका फरार प्रतिवादी पक्राउ पछि कैद भुक्तानका लागि कारागार चलान 
डुबेर वेपत्ता भएका युवकको शव फेला 
डुबेर वेपत्ता भएका युवकको शव फेला 
नेकपा (एकीकृत समाजवादी) को खड्क नगरपालिका कमिटि गठन
नेकपा (एकीकृत समाजवादी) को खड्क नगरपालिका कमिटि गठन
स्वास्थ्य प्रतिष्ठानको लागि बजेट बिनियोजन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र 
स्वास्थ्य प्रतिष्ठानको लागि बजेट बिनियोजन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र 
सर्पदंशबाट पीडित महिलाको मृत्यु पछि अस्पताल परिसर तनावग्रस्त
सर्पदंशबाट पीडित महिलाको मृत्यु पछि अस्पताल परिसर तनावग्रस्त
कोशी पीडितहरुको आन्दोलन १५ औं दिन, नेपाल–भारतका संचारकर्मीहरुद्वारा सहयोगको प्रतिबद्घता
कोशी पीडितहरुको आन्दोलन १५ औं दिन, नेपाल–भारतका संचारकर्मीहरुद्वारा सहयोगको प्रतिबद्घता
राजविराजमा जेनजीको प्रर्दशनपछी कफ्र्य जारि, चार पार्टी कार्यालयसहित झण्डै एक दर्जन कार्यालयमा तोडफोड र आगजनीमा, करोडौंको क्षति दर्जनौं निजि तथा सरकारी सवारीसाधन जलेर खरानी 
राजविराजमा जेनजीको प्रर्दशनपछी कफ्र्य जारि, चार पार्टी कार्यालयसहित झण्डै एक दर्जन कार्यालयमा तोडफोड र आगजनीमा, करोडौंको क्षति दर्जनौं निजि तथा सरकारी सवारीसाधन जलेर खरानी 
ह्यापिल्याण्डद्वारा ३९ आंै स्थापना दिवसमा विभिन्न कार्यक्रम 
ह्यापिल्याण्डद्वारा ३९ आंै स्थापना दिवसमा विभिन्न कार्यक्रम