एक रुँपैया पनि भ्रष्टाचार नगर्ने मन्त्रि समिमको प्रतिबद्धता

राजविराज राजविराज
|
मंगलबार, श्रावण १६, २०८०
|
|
४२ पटक हेरिएको
Shares
एक रुँपैया पनि भ्रष्टाचार नगर्ने मन्त्रि समिमको प्रतिबद्धता

सारांश

  •     मंगलबार राजविराजमा नेपाली काँग्रेस सप्तरीद्वारा उनको सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
  •       उनले आफूले पाएको मन्त्रालय अन्य मन्त्रालय भन्दा धेरै संवेदनशिल र महत्वपूर्ण रहेकोले आफूले प्राप्त गरेको जिम्मेवारी चुनौती र अवसरको रुपमा लिएको बताए ।
  •       नवनियुक्त मन्त्री समिमले आफूले एक रुँपैया पनि भ्रष्टाचार नगर्ने तथा अरुलाई पनि गर्न नदिने दाबीका साथ उनले यो मन्त्रालयबाट हुने सबै खालको गतिविधी र सेवा प्रवाह पारदर्शी र जनहीतमा अघि बढ्ने प्रतिबद्धता समेत उनले जनाए ।

दैनिक समाचारदाता
राजविराज, १६ साउन । 

    मधेश प्रदेशका नवनियुक्त गृह संचार तथा कानुन मन्त्रि मो. समिमले एक रुँपैया पनि भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाएका छन् । 
    मंगलबार राजविराजमा नेपाली काँग्रेस सप्तरीद्वारा उनको सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।  
    उनले आफूले पाएको मन्त्रालय अन्य मन्त्रालय भन्दा धेरै संवेदनशिल र महत्वपूर्ण रहेकोले आफूले प्राप्त गरेको जिम्मेवारी चुनौती र अवसरको रुपमा लिएको बताए । 
    नवनियुक्त मन्त्री समिमले आफूले एक रुँपैया पनि भ्रष्टाचार नगर्ने तथा अरुलाई पनि गर्न नदिने दाबीका साथ उनले यो मन्त्रालयबाट हुने सबै खालको गतिविधी र सेवा प्रवाह पारदर्शी र जनहीतमा अघि बढ्ने प्रतिबद्धता समेत उनले जनाए । 
    सप्तरीको क्षेत्र नं. ३ को क बाट प्रदेशसभा सदस्यमा काँग्रेसबाट निर्वाचित उनले संगठन बलियो बनाउन कुनै गुट–उपगुटमा नलागि एक्ताबद्ध भई अघि बढ्न पार्टीका स्थानीय नेता कार्यकर्तालाई आग्रह समेत गरे ।
    प्रदेश प्रहरी परिचालन मेरोलाई आफ्नो विशेष प्राथमिकतामा रहने बताउँदै उनले संघीय सरकारको कानुनसँग नबाझिने गरी कानुन निर्माण र संशोधन गरी प्रदेश सरकारले आफ्नै प्रहरी परिचालन गर्ने जानकारी दिए । 
    प्रदेशको विकासका सम्भावनाहरुलाई अध्ययन गरी जनताका आवश्यक्ता अनुसार प्रदेशको शासनसत्ता संचालन गर्न कानुन निर्माण गर्ने उनको भनाई थियो । 
    सम्मान कार्यक्रममा काँग्रेस सप्तरीका सभापति रामदेव साह, सचिव सनत मण्डललगायतले शुभकामना दिँदै पार्टीबाट प्रतिनिधित्व गरेका मधेश प्रदेशका मन्त्रिहरुले जनहीतमा नयाँ नयाँ नीति र कार्यक्रम ल्याउने विश्वास ब्यक्त गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माग पुरा नभए आमरण अनसनमा बस्ने अनसनकारीको घोषणा
माग पुरा नभए आमरण अनसनमा बस्ने अनसनकारीको घोषणा
पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु
पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु
स्कुटीको ठक्करबाट साइकल यात्री महिला घाइते 
स्कुटीको ठक्करबाट साइकल यात्री महिला घाइते 
सशस्त्र प्रहरीद्वारा लागु औषधसहित दुई यूवक पक्राउ
सशस्त्र प्रहरीद्वारा लागु औषधसहित दुई यूवक पक्राउ
सुनमा लगाइएको विलासिता कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी आन्दोलित
सुनमा लगाइएको विलासिता कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी आन्दोलित
प्रेम विवाह गरेर अलपत्र परेकी युवती न्यायका लागि गुहार्दै
प्रेम विवाह गरेर अलपत्र परेकी युवती न्यायका लागि गुहार्दै
नागरिकता बिना छट्पटाइरहेकाहरुको बास्तविक  पीडा समेट्दै नाटकमार्फत चोटिलो प्रस्तुती
नागरिकता बिना छट्पटाइरहेकाहरुको बास्तविक  पीडा समेट्दै नाटकमार्फत चोटिलो प्रस्तुती
राजपा, समाजवादी सरकारमा  आगमन र बर्हिगमनका सवालहरु ? 
३४ स्वास्थ्यकर्मी आइसोलेशन र क्वारेन्टाइनमा बसेपछि गजेन्द्र नारायण सिंह अस्पतालको उपचार सेवा बन्द
३४ स्वास्थ्यकर्मी आइसोलेशन र क्वारेन्टाइनमा बसेपछि गजेन्द्र नारायण सिंह अस्पतालको उपचार सेवा बन्द
दलित तथा अल्पसंख्यक विपन्न वर्गको उत्थान तथा रोजगारीको ग्यारेन्टी माग गर्दै प्रदर्शन
दलित तथा अल्पसंख्यक विपन्न वर्गको उत्थान तथा रोजगारीको ग्यारेन्टी माग गर्दै प्रदर्शन