दैनिक समाचारदाता
राजविराज, ३ चैत ।
सप्तरीको दुई छुट्टाछुट्टै स्थानमा शनिबार राती आगलागि हुँदा लाखौं मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
जिल्लाको कंचनरुप नगरपालिका ४ कबिलासा बस्ने भागवत बिश्वासको गाइगोठमा लामखुट्टे धपाउन बालेको घुरबाट सल्केको आगोले उनको एक घर जलेको छ ।
प्रहरीका अनुसार गाईगोठ भित्र रहेको एक गाई, चार बाख्रा, तीन बाख्राको पाठा र पाँच क्विन्टल धान पुर्ण रुपमा जलेर नष्ट हुदा अन्दाजी ४ लाख मुल्य बराबरको क्षती भएको हो । आगो नेपाल प्रहरी, कंचनरुप नगरपालिकाको बारुणयन्त्र र स्थानियबासीको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै शनिबारै राती जिल्लाको सुरुङ्गा नगरपालिका ३ स्थित सब वन डिभिजन कार्यालय लक्ष्मीपुर नजिकै रहेको जंगलमा आगलागि भएको छ ।
अचानक लागेको आगोले सब वन डिभिजन कार्यालयमा राखिएको काठको गोलीया अन्दाजी २ लाख ५० हजार मुल्य बराबरको नष्ट भएको प्रहरीले जनाएको छ ।
आगो लक्ष्मीपुरको प्रहरी टोली, स्थानिय र बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
छुट्टाछुट्टै स्थानमा आगलािग हुँदा एक घर र काठ जलेर नष्ट
सारांश
- जिल्लाको कंचनरुप नगरपालिका ४ कबिलासा बस्ने भागवत बिश्वासको गाइगोठमा लामखुट्टे धपाउन बालेको घुरबाट सल्केको आगोले उनको एक घर जलेको छ ।
- प्रहरीका अनुसार गाईगोठ भित्र रहेको एक गाई, चार बाख्रा, तीन बाख्राको पाठा र पाँच क्विन्टल धान पुर्ण रुपमा जलेर नष्ट हुदा अन्दाजी ४ लाख मुल्य बराबरको क्षती भएको हो ।
- आगो नेपाल प्रहरी, कंचनरुप नगरपालिकाको बारुणयन्त्र र स्थानियबासीको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया