राजविराज÷जनता समाजवादी पार्टी (जसपा) नेपालले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलिय गठबन्धन भित्र भइरहेको सिट बाडफाडमा असन्तुष्टि जनाएको छ ।
पार्टीका प्रवक्ता मनिषकुमार सुमनले शनिबार बसेको पार्टीको कार्यकारिणि समितीको बैठकले पाँच दलिय गठबन्धनमा सीट बाडफाडबारे पार्टी संतोषजनक अवस्था नदेखिएको स्पष्ट पारेका छन् ।
उनले सामाजिक संजालमार्फत दिएको जानकारी अनुसार गठबन्धनमा भएको सिट बाडफाडबारे जसपा सन्तुष्ट नरहेको जनाउँदै यसका लागि पार्टीले त्यसको विकल्पको रूपमा अन्य राजनीतिक दलहरूसंग पनि निर्वाचनमा सीटको तालमेल गर्न सक्ने उल्लेख गरेका छन् ।
गठबन्धन भित्र सिट बाडफाड बारे तालमेल नमिले अन्य पार्टीसँग समेत तालमेल गर्न सक्ने र त्यसमा पनि कुरा नमिले जसपा एक्लै पनि निर्वाचनमा भाग लिने निर्णय भएको उनले उल्लेख गरेका छन् ।
सीट बाडफाडप्रति जसपाको असन्तुष्टि, एक्लै पनि चुनाव लड्न सक्छ ः जसपा प्रवक्ता सुमन
सारांश
- गठबन्धन भित्र सिट बाडफाड बारे तालमेल नमिले अन्य पार्टीसँग समेत तालमेल गर्न सक्ने र त्यसमा पनि कुरा नमिले जसपा एक्लै पनि निर्वाचनमा भाग लिने निर्णय भएको उनले उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया