राजविराज÷राजविराज नगरपालिका ९ मलेठ स्थित श्री रामजानकी पञ्चवटी तिर्थस्थलमा चैत १७ आईतवार देखि शुरु हुने नौ कुण्डिय विष्णु महायज्ञको पुर्व सन्ध्यामा शनिवार सयौंको सहभागितामा कलश यात्रा निकालिएको छ ।
स्थानिय श्री रामजानकी पञ्चवटी तिर्थस्थलबाट निस्केको कलशयात्रामा प्रचण्डगर्मी र घामको परवाह नगरी ठूलो संख्यामा महिला÷पुरुष सहभागि भए । सहभागिहरुले सोही तिर्थस्थलमा रहेको पोखरीबाट पवित्र जल भरेर कलश यात्रामा निस्केका थिए ।
महायज्ञ आयोजक मूल समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष जवाहर यादवले चैत १७ देखि शुरु हुने महायज्ञका लागि उक्त तिर्थस्थलमा सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । विश्वकल्याण हेतु तथा सनातन धर्मको रक्षागर्ने उद्देश्यले नौ कुण्डिय विष्णु महायज्ञको आयोजना गर्न लागिएको उनको भनाई छ । रोचक कुरा के छ भने उक्त रकम सोही वडावासीबाट जुटाउने आयोजकको तयारी छ । “हामी अन्य वडा, पालिका, कार्यालय र संघ संस्था कतैबाट पनि चन्दा र सहयोग लिएका छैनौं, अध्यक्ष यादवले भने,–सबै खर्च वडाकै बासिन्दाबाट जुटाउने काम भइरहेको छ ।”
राजविराज नगरपालिकामा सबैभन्दा बढी जनसंख्या रहेको उक्त वडामा कसैले नगद त कसैले खाद्यान्न, कपडा तथा अन्य सरसामान दिएर सहयोग गरिरहेको उनको कथन छ ।
महायज्ञमा भारत तथा नेपालका ख्याति प्राप्त सन्त महन्थ तथा कथाबाचकको सहभागिता रहने उनले जानकारी दिएका छन् ।
महायज्ञ अवधिभर ५ लाख भन्दा बढी भक्तजन आउने अनुमान गरिएको बताएका उनले भारतको अयोध्याबाट रामकथा बाचिका देवी चन्द्रकला तथा रामजानकी पंचवटी तिर्थ स्थलका पीठाधीश बाबा भूतनाथ र उनका उत्तराधिकारी आचार्य गगन दास लगायतका सन्त महन्थबाट सिताराम नाम जप, राशलिला र रामलिला लगायतका धार्मिक कार्यक्रमहरु हुने समेत उनले जानकारी दिए ।
यज्ञलाई भव्य वनाउनका लागि धार्मिक कार्यक्रमका साथै मनोरञ्जनका लागि झुला, मौतका कुवाँ, सर्कस लगायतका विभिन्न खेल तमाशा समेतको व्यवस्था गरिएको मूल आयोजक समितका सचिव भूपेन्द्र प्रसाद यादवले जानकारी दिए ।
महायज्ञको उदघाटन आयोजक समितिका सल्लाहकार समेत रहेका राजविराज नगरपालिकाका मेयर (हाल निलम्बित अवस्था) भिमराज यादवले गर्ने कार्यक्रम तय भएको उपाध्यक्ष सुरेन्द्र यादवले जानकारी दिए ।
महायज्ञ भव्य र सभ्य बनाउन स्थानिय समाजसेवी अशोक कुमार मेहता श्रीलाल यादव, प्रदीप यादव, रामचन्द्र यादव, राधेश्याम यादव, भोला यादव, पुनम यादव, जुल्मी यादव, रामु यादव र सिताराम यादव सहित ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
त्यस्तै महायज्ञ स्थलमा ५२ अवतार भएको १०८ तथा विभिन्न देवी देवताका गरि कूल १५१ वटा मुर्ती निर्माण गरिएको छ ।
महायज्ञको पूर्व सन्ध्यामा कलश यात्रा
सारांश
- राजविराज नगरपालिकामा सबैभन्दा बढी जनसंख्या रहेको उक्त वडामा कसैले नगद त कसैले खाद्यान्न, कपडा तथा अन्य सरसामान दिएर सहयोग गरिरहेको उनको कथन छ ।
- महायज्ञमा भारत तथा नेपालका ख्याति प्राप्त सन्त महन्थ तथा कथाबाचकको सहभागिता रहने उनले जानकारी दिएका छन् ।
- महायज्ञ अवधिभर ५ लाख भन्दा बढी भक्तजन आउने अनुमान गरिएको बताएका उनले भारतको अयोध्याबाट रामकथा बाचिका देवी चन्द्रकला तथा रामजानकी पंचवटी तिर्थ स्थलका पीठाधीश बाबा भूतनाथ र उनका उत्तराधिकारी आचार्य गगन दास लगायतका सन्त महन्थबाट सिताराम नाम जप, राशलिला र रामलिला लगायतका धार्मिक कार्यक्रमहरु हुने समेत उनले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया