कारागारमा प्रतिबन्धित  लागुऔषध र मोबाइल फेला

राजविराज राजविराज
|
बुधबार, माघ २१, २०८२
|
|
४७ पटक हेरिएको
Shares
कारागारमा प्रतिबन्धित  लागुऔषध र मोबाइल फेला

सारांश

  •     राजविराज नगरपालिका ६ स्थित मा रहेको कारागार कार्यालयको ‘ए’ ब्लकमा रहेका कैदीहरुको मंगलबार चेकजाँच गर्ने क्रममा लागुऔषध गाँजा  र मोबाइल बरामद भएको हो ।
  •     कारागार कार्यालय सप्तरीका शाखा अधिकृत रुपक मण्डल र प्रहरी नायब निरीक्षक भाग्य नारायण साहको कमाण्डमा तथा ‘ए’ ब्लकका चौकीदार मो.
  • जोहर अन्सारीको उपस्थितिमा चेकजाँच गरिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २१ माघ । 

    सप्तरी कारागार कार्यालय राजविराजमा चेकजाँचका क्रममा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला परेको छ ।
    राजविराज नगरपालिका ६ स्थित मा रहेको कारागार कार्यालयको ‘ए’ ब्लकमा रहेका कैदीहरुको मंगलबार चेकजाँच गर्ने क्रममा लागुऔषध गाँजा  र मोबाइल बरामद भएको हो ।
    कारागार कार्यालय सप्तरीका शाखा अधिकृत रुपक मण्डल र प्रहरी नायब निरीक्षक भाग्य नारायण साहको कमाण्डमा तथा ‘ए’ ब्लकका चौकीदार मो. जोहर अन्सारीको उपस्थितिमा चेकजाँच गरिएको थियो ।
    सोही क्रममा कैदी सुमित मण्डल र सुरज राउतको साथबाट लागुऔषध र मोबाइल फेला परेपछि नियन्त्रणमा लिइएको कारागार प्रशासनले जनाएको छ ।
    प्राप्त विवरणअनुसार, सप्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा मिति २०८० माघ १३ गतेदेखि दुई वर्ष कैद सजाय भोगिरहेका महादेवा गाउँपालिका २ निवासी ३० वर्षीय सुमित मण्डलको साथबाट प्लास्टिकमा लुकाइछिपाइ राखिएको गाँजा एक खिल्ली तथा एक थान चिलिम बरामद गरिएको छ ।
    त्यसैगरी, हातहतियार खरखजना मुद्दामा मिति २०८० पुष ०४ गतेदेखि चार वर्ष कैद सजाय भोगिरहेका राजविराज नगरपालिका ६ निवासी २९ वर्षीय सुरज राउतको साथबाट किप्याड लाभा कम्पनीको सिमसहितको एक थान मोबाइल फोन बरामद गरिएको हो ।
    घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेशका जनता कृषिमा निर्भर नभएसम्म  समृद्ध प्रदेश हुन सक्दैन्् ः मन्त्री साह   
श्रमिकहरुको योगदानमा सोचे जस्तो सुधार आउन नसकेकोमा चिन्ता व्यक्त
श्रमिकहरुको योगदानमा सोचे जस्तो सुधार आउन नसकेकोमा चिन्ता व्यक्त
चारलाख भन्दा बढीको सामान भन्सार बुझाईयो
चारलाख भन्दा बढीको सामान भन्सार बुझाईयो
कुखुरा पालक कृषकहरुका लागि आधारभूत तालिम सम्पन्न
कुखुरा पालक कृषकहरुका लागि आधारभूत तालिम सम्पन्न
विपन्न समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन
विपन्न समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन
“मिसन मधेश” फिल्मको प्रोमोशनमा मैथिली भोजपुरी सांस्कृतिक कार्यक्रम हुने
सांसद रानी मण्डलद्वारा मृतक  परिवारलाई पाँच÷पाँच हजार प्रदान
सांसद रानी मण्डलद्वारा मृतक  परिवारलाई पाँच÷पाँच हजार प्रदान
गहुँ दाउने तथा बारी सफा गर्ने क्रममा  भएको आगलागिमा लाखौंको क्षति
गहुँ दाउने तथा बारी सफा गर्ने क्रममा  भएको आगलागिमा लाखौंको क्षति
थारु समुदायले सरकारविरुद्ध कडा संघर्ष गर्ने 
थारु समुदायले सरकारविरुद्ध कडा संघर्ष गर्ने 
कुष्ठ रोग निवारण भएको एक दशक बितिसक्दा  पनि राजविराजमा तीन बिरामी फेला परे
कुष्ठ रोग निवारण भएको एक दशक बितिसक्दा  पनि राजविराजमा तीन बिरामी फेला परे