सशस्त्र प्रहरीद्वारा चिसोबाट जोगिन विपन्न वस्ती मै पुगेर कम्बल वितरण

राजविराज राजविराज
|
सोमबार, पौष १५, २०८१
|
|
३० पटक हेरिएको
Shares
सशस्त्र प्रहरीद्वारा चिसोबाट जोगिन विपन्न वस्ती मै पुगेर कम्बल वितरण

सारांश

  •     सशस्त्र प्रहरी बल नेपाल नंं.
  • ६ गण हेडक्वाटर सप्तरीले सोमवार सो गाउँपालिका १ स्थित बेल्ही टोलका गरिब असहाय, असक्त तथा विपन्न समुदायका एक सय परिवारलाई कम्बल वितरण गरेको हो ।
  •       “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम अन्तर्गत गाउँपालिकाको समन्वयमा विपन्न समुदायको पहिचान र सुची तयार गरी १ सय परिवारलाई चिसोबाट जोगिन कम्बल वितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल नं.

दैनिक समाचारदाता
राजविराज, १५ पुस ।

    सशस्त्र प्रहरीले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका गरिब असहाय, अशक्त तथा विपन्न समुदायका बृद्धबृद्धाहरुलाई कम्बल प्रदान गरेको छ । 
    सशस्त्र प्रहरी बल नेपाल नंं.६ गण हेडक्वाटर सप्तरीले सोमवार सो गाउँपालिका १ स्थित बेल्ही टोलका गरिब असहाय, असक्त तथा विपन्न समुदायका एक सय परिवारलाई कम्बल वितरण गरेको हो । 
    “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम अन्तर्गत गाउँपालिकाको समन्वयमा विपन्न समुदायको पहिचान र सुची तयार गरी १ सय परिवारलाई चिसोबाट जोगिन कम्बल वितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण हेडक्वाटर सप्तरीका प्रमुख एवं प्रहरी उपरिक्षक ज्ञानमणी पौडेलले जानकारी दिए । 
    उनले आप्mनो संगठनबाट समाजिक उत्तरदायीत्व समेत निर्वाह गर्दै चिसोबाट पीडित विपन्न वर्गलाई सानो सहयोग गरेको बताए । आफुहरुको साधन, श्रोत र क्षमताले भ्याएसम्म थप विपन्न वस्तीका परिवारलाई भविष्यमा समेत सहयोग गर्ने उनको भनाई छ । 
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख ढकेन्द्र खतिवडा, राष्ट्रिय अनुसन्धानका प्रमुख सुरेन्द्र कोइराला, तिलाडी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल लगायत समेतले सशस्त्र प्रहरीको तर्फबाट विपन्न समुदायका परिवारलाई कम्बल वितरण गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्थरगाढामा ग्लोबल बैंक संचालन
बालविवाह गरि बेहुली लिएर भारततर्फ जाँदै गरेका ४२ वर्षिय भारतीय बेहुलासहित तीन पक्राउ
बालविवाह गरि बेहुली लिएर भारततर्फ जाँदै गरेका ४२ वर्षिय भारतीय बेहुलासहित तीन पक्राउ
प्रदेश सरकार व्यापक भ्रष्टाचार तथा अनियमिततामा लागेको छ ः जनमत संसदीय दल नेता यादव
प्रदेश सरकार व्यापक भ्रष्टाचार तथा अनियमिततामा लागेको छ ः जनमत संसदीय दल नेता यादव
साहित्य, कला, संस्कृती र भाषाको संरक्षणका लागि काम गर्ने साझा प्रतिबद्धता
साहित्य, कला, संस्कृती र भाषाको संरक्षणका लागि काम गर्ने साझा प्रतिबद्धता
शितलहर, आगलागी तथा सवारी दुर्घटनाप्रति सचेत  गराउन प्रहरीले चलायो सप्ताव्यापी अभियान
शितलहर, आगलागी तथा सवारी दुर्घटनाप्रति सचेत  गराउन प्रहरीले चलायो सप्ताव्यापी अभियान
सर्वाधिक पुरस्कार राशी भएको मेयर कप लिग सुरु उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन बजाज खडक बिजयी
सर्वाधिक पुरस्कार राशी भएको मेयर कप लिग सुरु उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन बजाज खडक बिजयी
अत्याधुनिक ओसिटी तथा मायोपिया मेशिनबाट आँखाको उपचार शुरु
अत्याधुनिक ओसिटी तथा मायोपिया मेशिनबाट आँखाको उपचार शुरु
जिल्ला कवड्ी संघ सप्तरीको नयाँ नेतृत्व चयन 
जिल्ला कवड्ी संघ सप्तरीको नयाँ नेतृत्व चयन 
राजविराजको तीन वटै योजनामा व्यापक लापरवाही भएको संसदीय टोलीको निष्कर्ष 
राजविराजको तीन वटै योजनामा व्यापक लापरवाही भएको संसदीय टोलीको निष्कर्ष 
आरोप प्रमाणित गरेर देखाउन अध्यक्ष यादवको चुनौती
आरोप प्रमाणित गरेर देखाउन अध्यक्ष यादवको चुनौती