वर्तमान खर्चिलो चुनावी  प्रणालीलाई सच्याउनुपर्नेमा जोड

राजविराज राजविराज
|
मंगलबार, कार्तिक २९, २०७९
|
|
२८ पटक हेरिएको
Shares
वर्तमान खर्चिलो चुनावी  प्रणालीलाई सच्याउनुपर्नेमा जोड

सारांश

  •     मंगलबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ८ तोपामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हन् ।
  •       उनले पैसा नहुने तर निर्वाचनका लागि योग्य उम्मेदवारले पनि भाग लिन पाउने अवसरका लागि निर्वाचन प्रणालीमा सुधारको आवश्यक रहेको बताए ।
  •     उनले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने बताउँदै सबै जातजाति, वर्ग र तहको अधिकारका लागि संविधान संशोधन गर्न आवश्यक रहेको उल्लेख गरे ।

दैनिक समाचारदाता
राजविराज, २९ कात्तिक ।

    जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान खर्चिलो चुनावी प्रणालीलाई सच्याउनुपर्नेमा जोड दिएका छन् । 
    मंगलबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ८ तोपामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हन् । 
    उनले पैसा नहुने तर निर्वाचनका लागि योग्य उम्मेदवारले पनि भाग लिन पाउने अवसरका लागि निर्वाचन प्रणालीमा सुधारको आवश्यक रहेको बताए ।
    उनले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने बताउँदै सबै जातजाति, वर्ग र तहको अधिकारका लागि संविधान संशोधन गर्न आवश्यक रहेको उल्लेख गरे । सप्तरीको विकास लागि शिक्षा, स्वास्थ्य, सडक लगायतका पूर्वाधारहरुको विकास आवश्यक रहेको बताउँदै उनले ती कार्यहरु सुरु भइसकेको र आगामी दिनमा पूरा गरेर छाड्ने प्रतिबद्धता जनाए । 
    नेता यादवले पहिला छाता निर्वाचन चिन्ह लोकतान्त्रिक समाजवादी पार्टीकै रहेकोमा अहिले मधेशीको भावना विपरित अल्गिएर गएका कारण उनीहरुको आगामी निर्वाचनमा ३ प्रतिशत पनि मत नपुग्ने दावी गरे । 
    नेकपा एमालेका जिल्ला सहससचिव प्रभाकर सिंह तथा जसपाका प्रदेश कमिटी सदस्य सत्यनारायण यादवको संयुक्त अध्यक्षतामा आयोजित कार्यक्रममा जसपाका नेता तथा पूर्व मन्त्री मृगेन्द्रकुमार सिंह, मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, पार्टी प्रवक्ता मनिषकुमार सुमन, महिला नेतृ तथा संविधान सभा सदस्य सदस्य रन्जु ठाकुर, पार्टीका केन्द्रीय सदस्य शैलेन्द्रमोहन झा लगायतले सम्बोधन गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना रोकथाममा सरकार गम्भीर नभएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन
कोरोना रोकथाममा सरकार गम्भीर नभएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन
गोदामबाट प्रतिबन्धित लागु औषध गाँजासहित  ठूलो परिमाणमा अवैध मालसामान बरामद
गोदामबाट प्रतिबन्धित लागु औषध गाँजासहित  ठूलो परिमाणमा अवैध मालसामान बरामद
शिशुको मृत्यु भएपछि उत्पन्न तनाव चार बुँदे सहमतिपछि साम्य
शिशुको मृत्यु भएपछि उत्पन्न तनाव चार बुँदे सहमतिपछि साम्य
सन् २०२५ मा मधेश प्रदेशमा पर्यटन वर्ष मनाउने
सन् २०२५ मा मधेश प्रदेशमा पर्यटन वर्ष मनाउने
दाजुभाईको एउटै चितामा अन्त्येष्टी शोकमा बजार र विद्यालय बन्द, गाउँभर चुलो बलेन्
दाजुभाईको एउटै चितामा अन्त्येष्टी शोकमा बजार र विद्यालय बन्द, गाउँभर चुलो बलेन्
सबल नेपाल २० औं बर्षमा प्रवेश
सबल नेपाल २० औं बर्षमा प्रवेश
सप्तरीमा पहिलो पटक ८ देखि १३ वर्ष  उमेर समुहको फुटवल प्रतियोगिता
सप्तरीमा पहिलो पटक ८ देखि १३ वर्ष  उमेर समुहको फुटवल प्रतियोगिता
प्रसुती गृहहरुमा स्वास्थ्य सामग्री उपकरणहरु प्रदान 
प्रसुती गृहहरुमा स्वास्थ्य सामग्री उपकरणहरु प्रदान 
राष्ट्रिय भूमि आयोगद्वारा चार महिने प्रगति विवरण सार्वजनिक
राष्ट्रिय भूमि आयोगद्वारा चार महिने प्रगति विवरण सार्वजनिक
ओलीको ‘नोटिस’मा नपरेका  जयकृष्ण गोइत किन भए भूमिगत ?
ओलीको ‘नोटिस’मा नपरेका  जयकृष्ण गोइत किन भए भूमिगत ?