स्ववियु निर्वाचनको २४ घण्टा बितिसक्दा पनि विवादका कारण सुरु हुन सकेन् मतगणना, दिनभरी भित्र छलफल, बाहिर प्रदर्शन

राजविराज राजविराज
|
सोमबार, चैत्र ६, २०७९
|
|
६४ पटक हेरिएको
Shares
स्ववियु निर्वाचनको २४ घण्टा बितिसक्दा पनि विवादका कारण सुरु हुन सकेन् मतगणना, दिनभरी भित्र छलफल, बाहिर प्रदर्शन

सारांश

  •     अघिल्लो दिन आइतबार विद्यार्थी संगठनबीच एक आपसमा झडप र क्याम्पसमा भएको तोडफोड जस्ता घटना र तनावपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गरिएपनि मतगणनाको विषयलाई लिएर विद्यार्थी संगठनहरुको आ–आफ्नै अडानमै रहेका थिए ।
  •     मतगणनाको विषयलाई लिएर बिहान ११ बजेदेखी प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्की, क्याम्पस प्रमुख राजिव मिश्रा, निर्वाचन अधिकृत रामअशिष यादव, विभिन्न दल निकटको विद्यार्थी संगठनका प्रतिनिधिहरुले क्याम्पसमा बसी छलफल गरि सहमतिको प्रयास गरे पनि सफल हुन सकेको थिएन् ।
  •     क्याम्पस प्रमुख मिश्राले बैठकमा सहमतिको निकै प्रयास गरिएपनि सफल हुन नसकेको बताए ।

दैनिक समाचारदाता
राजविराज, ६ चैत । 

    मतदान सकिएको २४ घण्टा बितिसक्दा पनि विवादका कारण राजविराजस्थित महेन्द्र बिन्देश्वरी क्याम्पसको स्ववियु निर्वाचनको मतगणना सुरु हुन सकेको छैन् । आइतबार दिउँसो ४ बजे सम्पन्न निर्वाचनको सोमबार राती ९ बजेसम्म पनि मतगणना सुरु हुन सकेको थिएन् । 
    अघिल्लो दिन आइतबार विद्यार्थी संगठनबीच एक आपसमा झडप र क्याम्पसमा भएको तोडफोड जस्ता घटना र तनावपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गरिएपनि मतगणनाको विषयलाई लिएर विद्यार्थी संगठनहरुको आ–आफ्नै अडानमै रहेका थिए ।
    मतगणनाको विषयलाई लिएर बिहान ११ बजेदेखी प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्की, क्याम्पस प्रमुख राजिव मिश्रा, निर्वाचन अधिकृत रामअशिष यादव, विभिन्न दल निकटको विद्यार्थी संगठनका प्रतिनिधिहरुले क्याम्पसमा बसी छलफल गरि सहमतिको प्रयास गरे पनि सफल हुन सकेको थिएन् ।
    क्याम्पस प्रमुख मिश्राले बैठकमा सहमतिको निकै प्रयास गरिएपनि सफल हुन नसकेको बताए । बिहान ११ बजेदेखी सुरु भएको छलफल साँझ ७ बजेसम्म पनि निष्कर्षमा पुग्न नसकेको तथा चार दल निकटका विद्यार्थी संगठनका प्रतिनिधिले आन्तरिक छलफलका लागि भन्दै थप एक घण्टाको समय माग्दै निष्केको उनले सुुनाए । 
    भित्र बैठक चलिरहँदा बाहिर भने विद्यार्थीहरुको एउटा समूहले मतगणना अविलम्ब सुरु गर्न नाराबाजी गरिरहे भने अर्को समूहले निर्वाचन बदर गरि पुनः चुनाव गर्नुपर्ने माग गर्दै अबेर साँझसम्म नाराबाजी गरिरहे । 
    नेपाली काँग्रेस निकटको नेबि संघ, एमाले निकटको अनेरास्ववियु, एकीकृत समाजवादी निकटको अनेरास्ववियु र जनमत पार्टी निकटको विद्यार्थी जनमत संघले आइतबार सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै पुनः निर्वाचनको माग गर्दै प्रदर्शनमा उत्रेका छन् । 
    अघिल्लो दिन सम्पन्न निर्वाचनमा निर्वाचन समितिका पदाधिकारीहरुले समाजवादी विद्यार्थी युनियन, लोकतान्त्रिक विद्यार्थी संघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानललाई जिताउने गरि एकपक्षिय रुपमा मतदानको समय तालिका मिलाएको चार विद्यार्थी संगठनको आरोप छ । उनीहरुले धाँधलीपूर्ण तरिकाले गराइएको निर्वाचन खारेजसँगै निर्वाचन अधिकृत रामअशिष यादवलाई जिम्मेवारीबाट हटाउन समेत माग गरेका छन् । 
    समाजवादी विद्यार्थी युनियन र सो गठबन्धनमा रहेका संगठनका विद्यार्थी नेताहरुले भने निर्वाचनमा कुनै धाँधली नभएको दाबी गर्दै सम्पन्न निर्वाचनको मतगणना तत्काल सुरु गर्नुपर्ने अडान लिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा बढ्दो आत्महत्याका घटना, घरायसी विवादका कारण दुई महिला र एक नाबालकद्वारा आत्महत्या प्रयास
सप्तरीमा बढ्दो आत्महत्याका घटना, घरायसी विवादका कारण दुई महिला र एक नाबालकद्वारा आत्महत्या प्रयास
सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै छिन्नमस्तामा प्रदर्शन
सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै छिन्नमस्तामा प्रदर्शन
एक हजार ८ जना ठगीमा परेका मध्ये ७ सय ६० जनाको समस्या समाधान
एक हजार ८ जना ठगीमा परेका मध्ये ७ सय ६० जनाको समस्या समाधान
सप्तरीमा पुनः सामुहिक बलात्कारका अर्को घटना सार्वजनिक
सप्तरीमा पुनः सामुहिक बलात्कारका अर्को घटना सार्वजनिक
लैङ्गिक हिंसा र छुवाछूत न्यूनीकरणका लागि जनचेतना फैलाउनुपर्नेमा जोड 
लैङ्गिक हिंसा र छुवाछूत न्यूनीकरणका लागि जनचेतना फैलाउनुपर्नेमा जोड 
कर्मचारी सहिद प्रभु नारायणको सालिक स्थापना
कर्मचारी सहिद प्रभु नारायणको सालिक स्थापना
चोरी भएको मोटरसाइकलसहित तीन पक्राउ
चोरी भएको मोटरसाइकलसहित तीन पक्राउ
रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने
रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने
घर भत्काइएको विषयमा विवाद हुँदा गर्भवती महिलासहित एकै परिवारका ६ जना घाइते
घर भत्काइएको विषयमा विवाद हुँदा गर्भवती महिलासहित एकै परिवारका ६ जना घाइते
लागुऔषध र मोटरसाइकलसहित  चार युवक पक्राउ
लागुऔषध र मोटरसाइकलसहित  चार युवक पक्राउ