सप्तरीमा १ सय ७६ मध्ये १ सय ३८ को जमानत जफत

राजविराज राजविराज
|
शुक्रबार, मंसिर १६, २०७९
|
|
३५ पटक हेरिएको
Shares
सप्तरीमा १ सय ७६ मध्ये १ सय ३८ को जमानत जफत

सारांश

  •     ३८ जनाले मात्रै जमानत जोगाउन सफल भएका छन् ।
  • जमानत जफत हुने मध्ये अधिकांस स्वन्तन्त्र र साना दलका उम्मेदवार परेका छन् ।
  •       जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनीधीसभा र प्रदेशसभा सदस्यका लागी कुल १ सय ७६ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

दैनिक समाचारदाता
राजविराज, १६ मंसिर ।

    मंसिर ४ मा सम्पन्न प्रतिनीधीसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका १ सय ७६ जना मध्ये १ सय ३८ जनाको जमानत जफत भएको छ । 
    ३८ जनाले मात्रै जमानत जोगाउन सफल भएका छन् । जमानत जफत हुने मध्ये अधिकांस स्वन्तन्त्र र साना दलका उम्मेदवार परेका छन् । 
    जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनीधीसभा र प्रदेशसभा सदस्यका लागी कुल १ सय ७६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । जस मध्ये ३८ जनाले मात्र जमानत जोगाएका छन् ।
    जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेश कुमार जोशीका अनुसार चुवानी मैदानमा होमिएका १ सय ७६ मध्ये प्रतिनीधसभा तर्फ ५८ र प्रदेशसभा तर्फ ८० गरी कुल १ सय ३८ जनाले जमानत जोगाउन सकेनन । 
    चार प्रतिनीधीसभा क्षेत्र रहेको जिल्लामा प्रतिनीधीसभा तर्फ सबभन्दा बढी क्षेत्र नं.१ मा १७ जनाको जमानत जफत भएको छ । यस्तै ८ प्रदेश सभा क्षेत्र रहेको जिल्लामा सबभन्दा बढी प्रदेशसभा २ को १ र २ मा गरी २५ जनाको जमानत जफत भएको उनले जानकारी दिएका छन् । 
    निर्वाचन निर्देशीका अनुसार कुल सदर मतको १० प्रतिशत ल्याएको उम्मेदवारको जमानत मात्रै जोगिने व्यवस्था छ । ४ लाख १८ हजार ३ सय ७४ मतदाता रहेको जिल्लामा कुल २ लाख ७९ हजार ५ सय ६६ मत खसेको थियो । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराज–रुपनी सडकमा खाल्डाखुल्डी: चालकलाई सास्ती, यात्रुलाई त्रास 
राजविराज–रुपनी सडकमा खाल्डाखुल्डी: चालकलाई सास्ती, यात्रुलाई त्रास 
नागरिकता प्रकरणमा ः उपप्रमुख यादवलाई  अनुसन्धानका लागि पुनः चार दिन म्याद थप
नागरिकता प्रकरणमा ः उपप्रमुख यादवलाई  अनुसन्धानका लागि पुनः चार दिन म्याद थप
नेपाल बैश्य कल्याण महासंघ सप्तरीको पुर्नगठन
नेपाल बैश्य कल्याण महासंघ सप्तरीको पुर्नगठन
चट्याङ्ग लागेर सप्तरीमा एक महिलासहित चारको मृत्यु, एक यूवती घाइते
चट्याङ्ग लागेर सप्तरीमा एक महिलासहित चारको मृत्यु, एक यूवती घाइते
पत्रकार महासंघका सल्लाहकार पोखरेललाई मातृशोक
पत्रकार महासंघका सल्लाहकार पोखरेललाई मातृशोक
अग्निपीडितलाई आवास मिलाइदिन माग
लालुलाई खोज्दै शसस्त्रको गोताखोर, बाढीले पुल ढल्दा तीन दिनदेखी आवागमन ठप्प
लालुलाई खोज्दै शसस्त्रको गोताखोर, बाढीले पुल ढल्दा तीन दिनदेखी आवागमन ठप्प
खेलकुदका प्रशासनिक तथा प्राविधिक कर्मचारीहरु दोश्रो चरणको आन्दोलनमा 
खेलकुदका प्रशासनिक तथा प्राविधिक कर्मचारीहरु दोश्रो चरणको आन्दोलनमा 
प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथी आक्रमण, घाइते पत्रकार यादवको उपचार हुँदै, पत्रकार महासंघद्वारा घटनाको निन्दा, दोषिमाथी कारवाहीको माग
प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथी आक्रमण, घाइते पत्रकार यादवको उपचार हुँदै, पत्रकार महासंघद्वारा घटनाको निन्दा, दोषिमाथी कारवाहीको माग
एनआइसी एशिया बैंकले स्वास्थ्य विमा वापत पाउनु पर्ने रकम नदिएको गुनासो 
एनआइसी एशिया बैंकले स्वास्थ्य विमा वापत पाउनु पर्ने रकम नदिएको गुनासो