दैनिक समाचारदाता
राजविराज, ६ असार ।
सप्तरीको राजगढ गाउँपालिकामा गाउँकार्यपालिका सदस्यको मनोनयनको विषयमा उत्पन्न विवाद समाधान भई निर्वाचन समेत सम्पन्न भएपछि जिल्ला समन्वय समिती सप्तरीको निर्वाचनको बाटो खुलेको छ ।
यसैक्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालयले समितीको निर्वाचनका लागी असार ७ देखी १२ गतेसम्मको कार्यतालिका सार्वजनिक गरेको छ ।
असार ११ मा उम्मेदवारलाई चिन्ह प्रदान र १२ असारमा मतदान गरिने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले जानकारी दिएका छन ।
जिल्लामा सबै भन्दा ठूलो दल नेपाली काँग्रेस रहेका छ । सो पार्टीका जिल्ला उपसभापति रामकुमार यादवले केन्द्रमा भएको गठबन्धनका आधारमा यहाँँ पनि गठबन्धनका अन्य दलसँग तालमेलको प्रयास भईरहेको जानकारी दिएका छन् । उनले अन्य दलसँग तालमेल गर्ने गरी अघि बढेपनि अहिले सम्म कुरा नमिलेको बताउँदै दोश्रो शक्तीको रुपमा देखापरेको जसपाले पनि सभापती पद नै खोज्दा कुरा नमिलेको तथा सहमतिको प्रयास भइररहेको जनाए ।
यता जसपाका जिल्ला अध्यक्ष केदार यादवले गठबन्धन दलबीच गहन छलफल भईरहेपनि अन्तिम निर्णयमा पुग्न नसकेको बताए । यस्तै लोसपाका जिल्ला अध्यक्ष सुनिल झाले काँग्रेससंगै अन्य दलसँग पनि वार्ता भईरहेको तर कुनै निष्कर्षमा पुगी नसकेको जानकारी दिए ।
जिल्लामा १८ पालिका रहेकोमा कुनै पनि दललाई पुर्ण बहुमत छैन । नेपाली काँग्रेससँग सर्वाधिक १२ मत छ । यस्तै जसपासँग ८, लोसपा सँग ५, नेकपा एमाले सँग ४, जनमत पार्टी सँग ३ तथा नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी सँग २÷२ मत रहेको छ ।
समन्वय समितीको निर्वाचनका लागि दलहरुबीच छलफल जारि
सारांश
- यसैक्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालयले समितीको निर्वाचनका लागी असार ७ देखी १२ गतेसम्मको कार्यतालिका सार्वजनिक गरेको छ ।
- असार ११ मा उम्मेदवारलाई चिन्ह प्रदान र १२ असारमा मतदान गरिने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले जानकारी दिएका छन ।
- जिल्लामा सबै भन्दा ठूलो दल नेपाली काँग्रेस रहेका छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया