उपेक्षा गरेर कामकाज हुने गरेको भन्दै उपमेयरको  नेतृत्वको टोलीले फाँट फाँटमा बुझाए ध्यानाकर्षण पत्र

राजविराज राजविराज
|
सोमबार, माघ २२, २०८०
|
|
४३ पटक हेरिएको
Shares
उपेक्षा गरेर कामकाज हुने गरेको भन्दै उपमेयरको  नेतृत्वको टोलीले फाँट फाँटमा बुझाए ध्यानाकर्षण पत्र

सारांश

  •     आफूहरुलाई उपेक्षा गरेर कामकाज हुने गरेको भन्दै त्यसमा सुधारको माँगसहित उपमेयर सरिता देवी यादव सीपलियाको नेतृत्वमा फाँट फाँटमा सो ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
  •       पाँच वटा वडा अध्यक्ष तथा २५ जना वडा सदस्यसहित पुगेको टोलीले नगरपालिकाको प्रशासन, लेखा, योजना, प्राबिधिक, जिन्सी, सामाजिक विकास, महिला विकास लगायतका फाँटमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
  •       आफ्नो नेतृत्वको टोली पत्र बुझाउन जाँदा मेयर बिरेन्द्र माझीले आफू कार्यपालिकाको बैठकमा ब्यस्त रहेको र बैठकसकिएपछि मात्र समय दिने बताएपछि फाँट फाँटमा गएर ध्यानाकर्षण पत्र बुझाउन बाध्य भएको उपमेयर सीपलियाले बताइन् ।

दैनिक समाचारदाता
राजविराज, २२ माघ । 

    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका उपमेयर, वडाअध्यक्ष तथा वडा सदस्यले सोमबार नगरपालिकाको फाँट फाँटमा गई ध्यानाकर्षण पत्र बुझाएका छन् । 
    आफूहरुलाई उपेक्षा गरेर कामकाज हुने गरेको भन्दै त्यसमा सुधारको माँगसहित उपमेयर सरिता देवी यादव सीपलियाको नेतृत्वमा फाँट फाँटमा सो ध्यानाकर्षण पत्र बुझाएका हुन् । 
    पाँच वटा वडा अध्यक्ष तथा २५ जना वडा सदस्यसहित पुगेको टोलीले नगरपालिकाको प्रशासन, लेखा, योजना, प्राबिधिक, जिन्सी, सामाजिक विकास, महिला विकास लगायतका फाँटमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । 
    आफ्नो नेतृत्वको टोली पत्र बुझाउन जाँदा मेयर बिरेन्द्र माझीले आफू कार्यपालिकाको बैठकमा ब्यस्त रहेको र बैठकसकिएपछि मात्र समय दिने बताएपछि फाँट फाँटमा गएर ध्यानाकर्षण पत्र बुझाउन बाध्य भएको उपमेयर सीपलियाले बताइन् । 
    प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरि लेखीएको ध्यानाकर्षण पत्रमा नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट निर्माण हुँदा आफूहरुलाई पूर्णवेवास्ता गर्ने गरेको आरोप लगाउँदै त्यस्ता कार्य तत्काल बन्द गरि नगरको नीति तथा कार्यक्रम र बजेट स्थानीय सरकार संचालन ऐन बमोजिम तथा पारदर्शी हुनुपर्ने माग गरिएको छ । 
    पत्रमा २०८० साल असोज १९ गतेको कार्यपालिकाको बैठकले बजेट सिलिङको विषयमा छलफल हुँदा योजना तर्जुमा दिग्दर्शन तथा स्थानीय सरकार संचालन ऐनमा ब्यवस्था भए बमोजिम विभिन्न क्षेत्रका लागि बजेट बिनियोजन गर्नुका साथै वडा सिलिङ कायम गरिएकोमा सो विपरीत वडा सिलिङमा समेत विभेद गरिएको आरोप लगाइएको छ । 
    सो पत्रमा वडा सिलिङमा विभेद हुने गरि ६ करोड ७० लाख विनियोजन गरिएको तथा थप १३ करोड बजेट बिनियोजन गर्दा आफूहरुसँग कुनै छलफल नगरि मनपरी ढंगले छुट्टयाइएको उल्लेख गरिएको छ । 
    यस्तै पत्रमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्राचार गरि स्थानीय तहको योजना तर्जुमा गर्दा ऐनले निर्दिष्ट गरे बमोजिमको प्रावधान गर्नु भनी उल्लेख भएपनि बहुमतका आधारमा मेयर माझीले पेलेरै अघि बढ्न खोजेको गुनासो गरिएको छ । 
    नगर प्रमुख जस्तो गरिमामय पदमा बसेर अभिभावकत्व भूमिका निर्वाह गर्नुको साटो बहुमतको दम्भमा अघि बढ्नु र बजेट बिनियोजनमा पनि विपक्षि ठानी विभेद गर्नु घोर आपत्तिजनक कार्य भएको पत्रमा उल्लेख गरिएको छ । 
    यस्तै कार्यपालिकाको अधिकांश बैठक र त्यसको निर्णय आफूहरुले फेसबुक पेजबाट पाउने गरेको भन्दै आफूहरुको अधिकार सुनिश्चित हुने पर्ने माँग पनि गरिएको छ । 
    महालेखापरिक्षक कार्यालय काठमाडौं, जिल्ला प्रशासन कार्यालय सप्तरी तथा हनुमाननगर कंकालिनी नगरपालिकाका विभिन्न फाँटलाई बोदार्थ दिइएको उक्त पत्रमा मेयर माझीको कार्यशैलीप्रति बिमत्ति जनाउँदै फागुन १५ गते भित्र समस्याको समाधान नगरिए संर्घषका सशक्त कार्यक्रमहरुका साथ अघि बढ्ने चेतावनी दिइएको छ । 
    यता मेयर माझीले आफू कार्यपालिकाको बैठकमा ब्यस्त रहेको बेला उपमेयरसहितको टोली पत्र लिएर आएकोले भेट्न समय लागेको बताए । उनले उपमेयर सिपलियाले ध्यानाकर्षण पत्र बुझाउन आउने बारे आफूलाई कुनै पूर्व जनाकारी नदिएको बताए । नगरपालिकाको सबै काम पारदर्शी ढंगले हुने गरेको बताउँदै उनले कसैलाई विभेद नगरिएको दाबी गरे । 
    मेयर माझी जनमत पार्टीबाट तथा उपप्रमुख सिपलिया जसपाबाट स्थानीय चुनाव जितेका हुन् । नगरपालिका बोर्डमा कुल ७९ जना रहेकोमा ३२ जना अहिले विपक्षमा देखिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मामाको विवाहमा आएका भान्जाको डुबेर मृत्यु 
मामाको विवाहमा आएका भान्जाको डुबेर मृत्यु 
गाँजाका बोटहरु नष्ट गर्ने कार्यलाई निरन्तरता
गाँजाका बोटहरु नष्ट गर्ने कार्यलाई निरन्तरता
गुट–उपगुट होईन एकजुटको आवश्यकता ः काँग्रेस नेता
गुट–उपगुट होईन एकजुटको आवश्यकता ः काँग्रेस नेता
म्यादी प्रहरीमा जागिर लगाइदिन्छु  भन्दै रकम असुली गर्ने पक्राउ 
म्यादी प्रहरीमा जागिर लगाइदिन्छु  भन्दै रकम असुली गर्ने पक्राउ 
दुई महिना भित्रै राजबिराज नगरपालिकाको  मुहार फेरिने प्रमुख यादवको दाबी
दुई महिना भित्रै राजबिराज नगरपालिकाको  मुहार फेरिने प्रमुख यादवको दाबी
पूर्वप्रधान सेनापति कटवालले सुरु गरे ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ 
पूर्वप्रधान सेनापति कटवालले सुरु गरे ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ 
राजविराजमा मैथिली खुल्ला लोक नृत्य प्रतियोगिता हुने
राजविराजमा मैथिली खुल्ला लोक नृत्य प्रतियोगिता हुने
सशस्त्र प्रहरीद्वारा समाचार संकलनमा अवरोध
सशस्त्र प्रहरीद्वारा समाचार संकलनमा अवरोध
गठबन्धन विजयी नभए देशमा अधिनायकवादी हावी हुने ः वक्ताहरु
गठबन्धन विजयी नभए देशमा अधिनायकवादी हावी हुने ः वक्ताहरु
“गौर हत्या काण्ड” का दोषिलाई कारवाहीको मागसँगै आन्दोलनका कार्यक्रम सार्वजनिक 
“गौर हत्या काण्ड” का दोषिलाई कारवाहीको मागसँगै आन्दोलनका कार्यक्रम सार्वजनिक 

छुटाउनुभयो कि ?

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन