रेकर्डमा उल्लेख भएको विद्यार्थी संख्या मध्ये २० प्रतिशत मात्र उपस्थिति 

राजविराज राजविराज
|
बिहिबार, आश्विन २५, २०८०
|
|
२२ पटक हेरिएको
Shares
रेकर्डमा उल्लेख भएको विद्यार्थी संख्या मध्ये २० प्रतिशत मात्र उपस्थिति 

सारांश

  •     बुधबार सो टोलीले महादेवा गाउँपालिका ३ स्थित श्री द्वारिका श्रीलाल सातनी यादव माध्यमिक विद्यालयको छड्के अनुगमन गर्दा विद्यालय रेकर्डमा उल्लेख भएको विद्यार्थी संख्या मध्ये २० प्रतिशत मात्र उपस्थिति देखिएको छ ।
  •       कक्षा १ देखी १२ सम्मको पढाई हुने उक्त विद्यालयमा ८ सय विद्यार्थी भर्ना रहेको रेकर्डले देखाएपनि उपस्थिती संख्या १६० मात्र देखिएपछि अनुगमन टोली चकित परे ।
  •       कक्षा १० मा १२६ विद्यार्थी भर्ना रहेको रेकर्डले देखाएपनि उपस्थिति संख्या ७ जनाको मात्र देखिएको टोली नेृतृत्वकर्ता प्रदेश सांसद साहले बताइन् ।

दैनिक समाचारदाता
राजविराज, २४ असोज ।

    आफ्नो क्षेत्र भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था सुधारका लागि प्रदेश सभा सदस्य किरण कुमारी साहको अगुवाईमा एक टोली निरन्तर छड्के अनुगमनमा छन् ।     अनुगमनका क्रममा सप्तरीका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति संख्या घट्दै गएको पाइएको छ । 
    बुधबार सो टोलीले महादेवा गाउँपालिका ३ स्थित श्री द्वारिका श्रीलाल सातनी यादव माध्यमिक विद्यालयको छड्के अनुगमन गर्दा विद्यालय रेकर्डमा उल्लेख भएको विद्यार्थी संख्या मध्ये २० प्रतिशत मात्र उपस्थिति देखिएको छ । 
    कक्षा १ देखी १२ सम्मको पढाई हुने उक्त विद्यालयमा ८ सय विद्यार्थी भर्ना रहेको रेकर्डले देखाएपनि उपस्थिती संख्या १६० मात्र देखिएपछि अनुगमन टोली चकित परे । 
    कक्षा १० मा १२६ विद्यार्थी भर्ना रहेको रेकर्डले देखाएपनि उपस्थिति संख्या ७ जनाको मात्र देखिएको टोली नेृतृत्वकर्ता प्रदेश सांसद साहले बताइन् । यस्तै कक्षा ९ मा १४५ जना भर्ना रहेकोमा १५ जना मात्र उपस्थित थिए । 
    त्यस्तै अवस्था अन्य कक्षामा पनि देखिएको टोलीमा सहभागि जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साहले बताए । तीन दिन अघि टोलीले राजविराज नगरपालिका ११ फर्सैठस्थित श्री ज्ञानज्योती लडुबत्ति देवनारायण यादव प्राथमिक विद्यालय तथा आधारभुत विद्यालयको पनि छड्के अनुगमन गरेको थियो । त्यहा पनि यस्तै अवस्था देखिएको टोलीले जनाएको छ । 
    प्रदेश सांसद साहका अनुसार श्री ज्ञानज्योती लडुबत्ति देवनारायण यादव प्राविमा १७६ जना विद्यार्थी भर्ना रहेकोमा छड्के अनुगमनका क्रममा ७८ जना विद्यार्थी मात्र कक्षामा उपस्थित देखिएका थिए । 
    यस्तै आधारभुत विद्यालयमा पनि भर्ना रहेको तथ्याङ्कको तुलनामा २२ प्रतिशत विद्यार्थी मात्र कक्षामा भेटिएका थिए । यस क्षेत्रका अधिकांश सामुदायिक विद्यालयमा नियमित पठनपाठन हुन नसकेको तथा विद्यार्थीको संख्या समेत घट्दै गएको जनगुनासो आएपछि अनुगमन थालिएको बताएकी सांसद साहले विद्यालयहरुमा देखिएको बेथितिले चिन्तित र चकित दुबै तुल्याएको जनाइन् । 
    विद्यालयहरुको शैक्षिक अवस्था सुधार तथा विद्यार्थीको आकर्षण बढाउन छड्के अनुगमन थाल्दा नजिकबाट सबै सत्यतथय बुझ्न पाएको टोलीमा सहभागि जिल्ला समन्वय समितिका प्रमुख साहको भनाई छ । 
    विगतमा जिल्ला शिक्षा कार्यालयको मातहतमा रहँदा बेलाबेलामा विद्यालयको अनुगमन हुन्थ्यो तर, अहिले पालिकाको मातहतमा गएको र सम्बन्धित पालिकाबाट अनुगमन, निगरानी तथा दण्ड र पुरस्कारको व्यवस्था हुन नसक्दा यस्तो बेथिति देखिएको टोली समक्ष स्थानीयले गुनासो पोखेका छन् । 
    बीचमै कक्षा छाडेर घर फर्किने, त्यस्ता विद्यार्थीलाई कडाई गर्न नसक्ने, विद्यार्थीलाई विद्यालयमा आकर्षण गराउन आवश्यक कार्यक्रम संचालन गर्न नसक्ने, विद्यार्थी र अभिभावकलाई शिक्षाको महतव बारे सम्झाउन नसक्ने तथा नियमित पढाई संचालन गर्न नसक्ने लगायतका कारणले सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण घट्दै गएको टोली समक्ष स्थानीयले जानकारी गराएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेसका क्षेत्रिय उपसभापति  यादवद्वारा पार्टी परित्याग
काँग्रेसका क्षेत्रिय उपसभापति  यादवद्वारा पार्टी परित्याग
सप्तरी उवासंघमा दास र अग्रवालको  सूमहले दिए उम्मेदवारी 
सप्तरी उवासंघमा दास र अग्रवालको  सूमहले दिए उम्मेदवारी 
सहिद दिलिप चौधरी स्मृति पत्रकारिता पुरस्कारबाट  पत्रकार गुप्तासहित तीनजना सम्मानित
सहिद दिलिप चौधरी स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार गुप्तासहित तीनजना सम्मानित
प्रेस स्वतन्त्रताको पक्षमा प्रदेश सरकार सदैव रहने ः संचारमन्त्री साह
प्रेस स्वतन्त्रताको पक्षमा प्रदेश सरकार सदैव रहने ः संचारमन्त्री साह
सबलले ल्यायो १८ करोडको बजेट
सबलले ल्यायो १८ करोडको बजेट
नेपाल–भारत मैत्री संघद्वारा निःशुल्क स्वास्थ्य शिविर, पाँच सय भन्दा बढी महिलाले पाए उपचार
नेपाल–भारत मैत्री संघद्वारा निःशुल्क स्वास्थ्य शिविर, पाँच सय भन्दा बढी महिलाले पाए उपचार
कुनै पनि कुरिती प्रहरीको एक्लो प्रयासले अन्त नहुने ः प्रदेश २ प्रहरी प्रमुख कार्की
कुनै पनि कुरिती प्रहरीको एक्लो प्रयासले अन्त नहुने ः प्रदेश २ प्रहरी प्रमुख कार्की
खानेपानी कार्यालयको लापरवाहीले सर्वसाधारणलाई सास्ती 
खानेपानी कार्यालयको लापरवाहीले सर्वसाधारणलाई सास्ती 
ठगि मुद्दाका फरार प्रतिवादी पक्राउ
ठगि मुद्दाका फरार प्रतिवादी पक्राउ
६ महिनादेखी औषधी अभाव रहेको स्वास्थ्य  चौकीमा धर्मी हल्फाद्वारा औषधी प्रदान 
६ महिनादेखी औषधी अभाव रहेको स्वास्थ्य  चौकीमा धर्मी हल्फाद्वारा औषधी प्रदान