सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु

राजविराज राजविराज
|
शनिबार, कार्तिक १, २०८२
|
|
६० पटक हेरिएको
Shares
सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु

सारांश

  •     नेपाल पत्रकार महासंघ शाखा सप्तरीले तिहार र छठ पर्वको अवसरमा शुक्रबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा ‘वर्तमान अवस्थामा पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सो सुझाव दिएका हुन् ।
  •       वर्तमान परिवेशमा पत्रकारिता क्षेत्रमा चुनौती थपिदै गएको र जोखिम पनि बढ्दै गएकोले पत्रकारहरू आफ्नो सुरक्षामा ध्यान दिनु पर्ने वक्ताहरुले सुझाएका छन् ।
  •       पत्रकारितालाई मर्यादित र व्यवस्थित बनाएर व्यावसायिक ढंगले अगाडि बढाउन पत्रकार स्वयं इमान्दार र अनुशासित हुनु पर्ने जोड समेत दिइएको छ ।

दैनिक समाचारदाता
राजविराज, ३१ असोज । 

    वर्तमान परिस्थितिमा सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्ने एक कार्यक्रमका वक्ताहरुले सुझाव दिएका छन् । 
    नेपाल पत्रकार महासंघ शाखा सप्तरीले तिहार र छठ पर्वको अवसरमा शुक्रबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा ‘वर्तमान अवस्थामा पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सो सुझाव दिएका हुन् । 
    वर्तमान परिवेशमा पत्रकारिता क्षेत्रमा चुनौती थपिदै गएको र जोखिम पनि बढ्दै गएकोले पत्रकारहरू आफ्नो सुरक्षामा ध्यान दिनु पर्ने वक्ताहरुले सुझाएका छन् । 
    पत्रकारितालाई मर्यादित र व्यवस्थित बनाएर व्यावसायिक ढंगले अगाडि बढाउन पत्रकार स्वयं इमान्दार र अनुशासित हुनु पर्ने जोड समेत दिइएको छ । 
    हालको अवस्थामा पत्रकारिता पेशा अत्यन्तै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै वक्ताहरुले युट्युबरहरूको गैरजिम्मेवार गतिविधिका कारण पत्रकारिता क्षेत्र बदनाम भइरहेकोले त्यस्ता युट्युबरहरूलाई कानुनी दायरामा ल्याउन जरुरी रहेको वक्ताहरुले जिकिर गरे । 
    कार्यक्रममा वक्ताहरूले पत्रकारितामा देखिएका विकृति–विसंगति अन्त्य गर्न तथा सञ्चार क्षेत्रको मर्यादा कायम राख्न सबै सञ्चारकर्मीहरू एकजुट हुनुपर्नेमा जोड दिए ।
    नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवणकुमार देवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश पत्रकार महासंघका उपाध्यक्ष अम्विका दाहाल, शाखाका पूर्व अध्यक्षहरु विष्णु कुमार मण्डल, बैजनाथ झा, मुरलीप्रसाद यादव, धिरेन्द्र प्रसाद साह, प्रेस काउन्सिलका पूर्व सदस्यद्वय अनिलकुमार अनल, देवराम यादव, शाखाका उपाध्यक्ष सुधा देव, सल्लाहकार बैधनाथ यादव, नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष बिनयकुमार लाल कर्ण, प्रेस सेन्टर अध्यक्ष बिन्दु यादव, प्रेस मञ्च अध्यक्ष धर्मपाल राउत, राष्ट्रिय परिषद् सदस्य सतिश दत्तलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
    कार्यक्रमको स्वागत मन्तव्य शाखा उपाध्यक्ष रामनारायण विश्वसले गरेका थिए भने सञ्चालन सहसचिव डम्बर राईले गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भन्सार छलिका सामानसहित दुई मोटरसाइकल र आधा दर्जन साइकल प्रहरी नियन्त्रणमा 
भन्सार छलिका सामानसहित दुई मोटरसाइकल र आधा दर्जन साइकल प्रहरी नियन्त्रणमा 
मोटरसाइकल र ठूलो मात्रामा लागुऔषधसहित पाँच जना पक्राउ
मोटरसाइकल र ठूलो मात्रामा लागुऔषधसहित पाँच जना पक्राउ
महादेवामा काम नगरि करोडौको भुक्तानी, काम गर्नेले भुक्तानी पाएनन्, “अध्यक्ष मण्डलले भने यस्ता कुरा फोनमा भन्न मिल्दैन’ 
महादेवामा काम नगरि करोडौको भुक्तानी, काम गर्नेले भुक्तानी पाएनन्, “अध्यक्ष मण्डलले भने यस्ता कुरा फोनमा भन्न मिल्दैन’ 
सप्तरीबाट २ सय ५६ वटा  आर्थिक अनियमितताका उजुरी 
सप्तरीबाट २ सय ५६ वटा  आर्थिक अनियमितताका उजुरी 
सात बुँदे माग राख्दै लगातार चौथो दिन पनि नगरपालिका कार्यालयमा धर्ना
सात बुँदे माग राख्दै लगातार चौथो दिन पनि नगरपालिका कार्यालयमा धर्ना
बलात्कार मुद्दाका दोषी कारागारबाट  भागेर पीडितसँगै गरे बिवाह
बलात्कार मुद्दाका दोषी कारागारबाट  भागेर पीडितसँगै गरे बिवाह
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ 
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ 
दुई लाख बराबरको मेशिनरी समान बरामद 
नगरस्तरिय युवा संजाललाई क्षमता विकास तालिम
नगरस्तरिय युवा संजाललाई क्षमता विकास तालिम
बिरेन्द्र बजार–राजविराज  जोड्ने सडकको शिलान्यास
बिरेन्द्र बजार–राजविराज  जोड्ने सडकको शिलान्यास

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी