सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु

राजविराज राजविराज
|
शनिबार, कार्तिक १, २०८२
|
|
२० पटक हेरिएको
Shares
सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु

सारांश

  •     नेपाल पत्रकार महासंघ शाखा सप्तरीले तिहार र छठ पर्वको अवसरमा शुक्रबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा ‘वर्तमान अवस्थामा पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सो सुझाव दिएका हुन् ।
  •       वर्तमान परिवेशमा पत्रकारिता क्षेत्रमा चुनौती थपिदै गएको र जोखिम पनि बढ्दै गएकोले पत्रकारहरू आफ्नो सुरक्षामा ध्यान दिनु पर्ने वक्ताहरुले सुझाएका छन् ।
  •       पत्रकारितालाई मर्यादित र व्यवस्थित बनाएर व्यावसायिक ढंगले अगाडि बढाउन पत्रकार स्वयं इमान्दार र अनुशासित हुनु पर्ने जोड समेत दिइएको छ ।

दैनिक समाचारदाता
राजविराज, ३१ असोज । 

    वर्तमान परिस्थितिमा सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्ने एक कार्यक्रमका वक्ताहरुले सुझाव दिएका छन् । 
    नेपाल पत्रकार महासंघ शाखा सप्तरीले तिहार र छठ पर्वको अवसरमा शुक्रबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा ‘वर्तमान अवस्थामा पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सो सुझाव दिएका हुन् । 
    वर्तमान परिवेशमा पत्रकारिता क्षेत्रमा चुनौती थपिदै गएको र जोखिम पनि बढ्दै गएकोले पत्रकारहरू आफ्नो सुरक्षामा ध्यान दिनु पर्ने वक्ताहरुले सुझाएका छन् । 
    पत्रकारितालाई मर्यादित र व्यवस्थित बनाएर व्यावसायिक ढंगले अगाडि बढाउन पत्रकार स्वयं इमान्दार र अनुशासित हुनु पर्ने जोड समेत दिइएको छ । 
    हालको अवस्थामा पत्रकारिता पेशा अत्यन्तै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै वक्ताहरुले युट्युबरहरूको गैरजिम्मेवार गतिविधिका कारण पत्रकारिता क्षेत्र बदनाम भइरहेकोले त्यस्ता युट्युबरहरूलाई कानुनी दायरामा ल्याउन जरुरी रहेको वक्ताहरुले जिकिर गरे । 
    कार्यक्रममा वक्ताहरूले पत्रकारितामा देखिएका विकृति–विसंगति अन्त्य गर्न तथा सञ्चार क्षेत्रको मर्यादा कायम राख्न सबै सञ्चारकर्मीहरू एकजुट हुनुपर्नेमा जोड दिए ।
    नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवणकुमार देवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश पत्रकार महासंघका उपाध्यक्ष अम्विका दाहाल, शाखाका पूर्व अध्यक्षहरु विष्णु कुमार मण्डल, बैजनाथ झा, मुरलीप्रसाद यादव, धिरेन्द्र प्रसाद साह, प्रेस काउन्सिलका पूर्व सदस्यद्वय अनिलकुमार अनल, देवराम यादव, शाखाका उपाध्यक्ष सुधा देव, सल्लाहकार बैधनाथ यादव, नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष बिनयकुमार लाल कर्ण, प्रेस सेन्टर अध्यक्ष बिन्दु यादव, प्रेस मञ्च अध्यक्ष धर्मपाल राउत, राष्ट्रिय परिषद् सदस्य सतिश दत्तलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
    कार्यक्रमको स्वागत मन्तव्य शाखा उपाध्यक्ष रामनारायण विश्वसले गरेका थिए भने सञ्चालन सहसचिव डम्बर राईले गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सात वर्षअघि छुटेका ३४ हजार भन्दा बढी बालबालिकालाई पोलियो बिरुद्धको खोप दिने तयारी
सात वर्षअघि छुटेका ३४ हजार भन्दा बढी बालबालिकालाई पोलियो बिरुद्धको खोप दिने तयारी
शोभायात्रा माथि आक्रमण गर्ने  अपराधीलाई कडा कारवाहीको माग
शोभायात्रा माथि आक्रमण गर्ने  अपराधीलाई कडा कारवाहीको माग
बार दिवसमा दुई दर्जन कानुन  व्यवसायीद्वारा रक्तदान
बार दिवसमा दुई दर्जन कानुन  व्यवसायीद्वारा रक्तदान
समाजवादको यात्रामा सबैलाई एकजुट भइ अघि बढ्न अध्यक्ष नेपालको आह्वान 
समाजवादको यात्रामा सबैलाई एकजुट भइ अघि बढ्न अध्यक्ष नेपालको आह्वान 
बैदेशिक रोजगारीमा गएका सप्तरीका  १ सय ४२ जनाले ज्यान गुमाए
बैदेशिक रोजगारीमा गएका सप्तरीका  १ सय ४२ जनाले ज्यान गुमाए
नापी कार्यालयले जग्गाधनीको नाममा लगत कायम गर्न ढिलाई गरेको गुनासो
नापी कार्यालयले जग्गाधनीको नाममा लगत कायम गर्न ढिलाई गरेको गुनासो
बालबालिकालाई पोशाक वितरण
बालबालिकालाई पोशाक वितरण
सप्तरीमै जटिल शल्यक्रिया  सफलतापूर्वक सम्पन्न
सप्तरीमै जटिल शल्यक्रिया  सफलतापूर्वक सम्पन्न
ब्राउन सुगरसहित दुई कारोबारी पक्राउ
ब्राउन सुगरसहित दुई कारोबारी पक्राउ
सप्तरीका ११ मतदान केन्द्रलाई टुक्राएर  अर्को मतदान केन्द्र थप्ने सिफारिस, थप नौं हजार १ सय १४ जनाको नाम दर्ता 
सप्तरीका ११ मतदान केन्द्रलाई टुक्राएर  अर्को मतदान केन्द्र थप्ने सिफारिस, थप नौं हजार १ सय १४ जनाको नाम दर्ता