दैनिक समाचारदाता
राजविराज, २१ बैशाख ।
सप्तरीमा दिनानुदिन संक्रमितको संख्या बढ्दै गएको छ । मंगलबार सप्तरीमा ५३ जनाको पिसिआर परिक्षण रिपोर्ट मध्ये ४० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या १ सय ७२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
जसमध्ये सर्वाधिक राजविराज नगरपालिकाका १४ जना संक्रमित भेटिएका छन् । राजविराज वडा नं. २ मा २, वडा नं. ३ मा ३, वडा नं. ४ मा २, वडा नं. ५ मा २, वडा नं. ७ मा १, वडा नं. ८ मा ३ र वडा नं. १६ मा १ जना संक्रमित भएका छन् ।
यसैगरी रुपनी गाउँपालिका वडा नं. १ का ३ र २ का १ जना, राजगढ गाउँपालिका वडा नं. ३ का १ जना, तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ का ३ र ८ का १ जना, कञ्चनरुप नगरपालिका वडा नं. २ का ४ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै जिल्लाकै सप्तकोशी नगरपालिका वडा नं. १ का २ जना, डाक्नेश्वरी नगरपालिका वडा नं. ९, ७ र १० का १/१ जना, बोदेबरसाइन नगरपालिका वडा नं. ४ र ६ का १/१ जना, महादेवा गाउँपालिका वडा नं. ३ का २ जना तथा वडा नं. ४ का ३ र खडक नगरपालिका वडा नं. ४ का १ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
मंगलबार संक्रमण पुष्टि भएकाहरुमम्धये एक जना पत्रकार र स्वास्थ्यकर्मीसमेत रहेका छन् । यसअघि अघिल्लो दिन सोमबार ६५ जनाको परिक्षण गर्दा ४१ जनामा कोरोना संक्रमणको पुष्टि भएको भोलिपल्टै मंगलबार ५२ जनाको परिक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएपछि अहिले स्थानिय त्रसित भएक छन् ।
सप्तरीमा ५३ जनाको पिसिआर परिक्षण रिपोर्ट मध्ये ४० जनामा कोरोना संक्रमणको पुष्टि
सारांश
- जसमध्ये सर्वाधिक राजविराज नगरपालिकाका १४ जना संक्रमित भेटिएका छन् ।
- राजविराज वडा नं.
- २ मा २, वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया