मधेश प्रदेश सरकारमा १४ सदस्यीय मन्त्रीमण्डल, सप्तरीबाटै मुख्यमन्त्रीसहित चार जना मन्त्री

राजविराज राजविराज
|
शुक्रबार, जेठ २५, २०८१
|
|
२७ पटक हेरिएको
Shares
मधेश प्रदेश सरकारमा १४ सदस्यीय मन्त्रीमण्डल, सप्तरीबाटै मुख्यमन्त्रीसहित चार जना मन्त्री

सारांश

  •     प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष उनले शपथ लिए ।
  • मुख्यमन्त्री सिंहले सत्ता गठबन्धनका अन्य दलहरूसहित १४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्दै सबै मन्त्रीहरुलाई शपथ गराए ।
  •       मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र) का तर्फबाट अर्थमन्त्रीमा प्रदेश संसदीय दलका नेता भरतप्रसाद साह, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्रीमा युवराज भट्टराई नियुक्त भएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २५ जेठ ।

    मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्री परिषद् समेत बिस्तार गरेका छन् । 
    प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष उनले शपथ लिए । मुख्यमन्त्री सिंहले सत्ता गठबन्धनका अन्य दलहरूसहित १४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्दै सबै मन्त्रीहरुलाई शपथ गराए । 
    मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र) का तर्फबाट अर्थमन्त्रीमा प्रदेश संसदीय दलका नेता भरतप्रसाद साह, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्रीमा युवराज भट्टराई नियुक्त भएका छन् ।
    त्यस्तै, नेकपा (एमाले) बाट संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री, राजकुमार लेखी शिक्षा तथा संस्कृति, शत्रुधनप्रसाद सिंह स्वास्थ्य तथा जनसङ्ख्या तथा केशव राय स्वास्थ्य राज्यमन्त्री र शारदादेवी थापा शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा नियुक्त भएका छन् । 
    यस्तै नेकपा (एकीकृत समाजवादी) का तर्फबाट संसदीय दलका नेता समेत रहेका गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, बेची लुङ्गेली ऊर्जा, सिँचाइ र खानेपानीमन्त्री, नेपाल सङ्घीय समाजवादी पार्टीका तर्फबाट विमला अन्सारी गृह, सञ्चार तथा कानुनमन्त्री र नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंहलाई श्रम तथा यातायातमन्त्रीको जिम्मेवारी दिइएको छ ।
    यता मधेश प्रदेश सरकारमा मुख्यमन्त्रीसहित चार जना मन्त्री बन्न सफल भएका छन् । मन्त्री मण्डलमा सप्तरीबाट मुख्यमन्त्री सतिश कुमार सिंह, शिक्षा तथा संस्कृती मन्त्री राजकुमार लेखी, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपाने र विनाविभागीय राज्यमन्त्री रञ्जुकुमारी मण्डल खंग छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्कारपियो र बोलेरो ठोक्किदा दुईको मृत्यु, १२ जना घाईते, भारतीय नम्बर कारको ठक्करबाट एकको ज्यान गयो
स्कारपियो र बोलेरो ठोक्किदा दुईको मृत्यु, १२ जना घाईते, भारतीय नम्बर कारको ठक्करबाट एकको ज्यान गयो
प्रहरीलाई मोटरसाइकलबाट  ठक्कर दिई फरार एक पक्राउ
प्रहरीलाई मोटरसाइकलबाट  ठक्कर दिई फरार एक पक्राउ
एकै दिन जसपा अध्यक्ष यादवले गरे दुई संरचनाको उद्घाटन
एकै दिन जसपा अध्यक्ष यादवले गरे दुई संरचनाको उद्घाटन
विभिन्न पार्टी परित्याग गरि एक दर्जन जसपा प्रवेश
विभिन्न पार्टी परित्याग गरि एक दर्जन जसपा प्रवेश
चुरे जंगल र वन बिनासका कारण मधेस मरभुमि बन्दै ः जसपा अध्यक्ष यादव
चुरे जंगल र वन बिनासका कारण मधेस मरभुमि बन्दै ः जसपा अध्यक्ष यादव
आइसोलेशन वेडको अभावमा सप्तरीमा एक दर्जन संक्रमित अझै क्वारेन्टाइनमै
आइसोलेशन वेडको अभावमा सप्तरीमा एक दर्जन संक्रमित अझै क्वारेन्टाइनमै
१२ सीटका लागि १ सय ७६ जना चुनावी प्रतिस्पर्धामा
१२ सीटका लागि १ सय ७६ जना चुनावी प्रतिस्पर्धामा
खोला किनारमा महिला मृत फेला,  टाउँकोमा चोट लागेका पुजारी मृत्यु
खोला किनारमा महिला मृत फेला,  टाउँकोमा चोट लागेका पुजारी मृत्यु
अलिवकबाव सुलतानेट रेस्टुरेन्टमा सिटिजन्स बैंकका ग्राहकहरुले विशेष छुट पाउने 
अलिवकबाव सुलतानेट रेस्टुरेन्टमा सिटिजन्स बैंकका ग्राहकहरुले विशेष छुट पाउने 
वैदेशिक रोजगार सम्बन्धी न्यायिक समितिलाई अभिमुखिकरण 
वैदेशिक रोजगार सम्बन्धी न्यायिक समितिलाई अभिमुखिकरण