सप्तरीमा कोभिड–१९ विरुद्धको १ लाख ६ हजार ३ सय १६ जनाले लगाए पूर्ण खोप, सप्तरीमा थपिए २४ संक्रमित 

राजविराज राजविराज
|
मंगलबार, माघ ११, २०७८
|
|
२२ पटक हेरिएको
Shares
सप्तरीमा कोभिड–१९ विरुद्धको १ लाख ६ हजार ३ सय १६ जनाले लगाए पूर्ण खोप, सप्तरीमा थपिए २४ संक्रमित 

सारांश

  •     जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार मंगलवार सम्ममा २ लाख ९४ हजार जनाले कोभिड १९ विरुद्धको पहिलो डोज तथा बाँकी रहेकाहरुलाई दोश्रो मात्राको खोप लगाउने क्रम जारी रहेको छ ।
  •       हाल सम्म कोभिसिल्डको ६ हजार ९ सय ५५, भेरोसिलको ४५ हजार ९ सय ११ र जोनसन एण्ड जोनसनको पुर्ण डोज ३५ हजार २ सय ८४ जनाले पाईसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
  •     यस्तै स्टाजेनिकको १७ हजार १ सय ६६ र फाईजरको १ हजार जनाले पुर्ण खोप पाईसकेका छन् ।

दैनिक समाचारदाता
राजविराज ११ माघ । 

    सप्तरीमा कोभिड १९ बिरुद्धको पूर्ण खोप १ लाख ६ हजार ३ सय १६ जनाले लगाएका छन् । जिल्लामा २०७७ साल माघ १४ देखी कोभिड विरुद्धको खोप अभियान शूरु गरिएको थियो ।  
    जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार मंगलवार सम्ममा २ लाख ९४ हजार जनाले कोभिड १९ विरुद्धको पहिलो डोज तथा बाँकी रहेकाहरुलाई दोश्रो मात्राको खोप लगाउने क्रम जारी रहेको छ । 
    हाल सम्म कोभिसिल्डको ६ हजार ९ सय ५५, भेरोसिलको ४५ हजार ९ सय ११ र जोनसन एण्ड जोनसनको पुर्ण डोज ३५ हजार २ सय ८४ जनाले पाईसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
    यस्तै स्टाजेनिकको १७ हजार १ सय ६६ र फाईजरको १ हजार जनाले पुर्ण खोप पाईसकेका छन् । उनले बाकी रहेकाहरुलाई पनि स्थानीय तह र स्वास्थ्य केन्द्रहरु मार्फत खोप लगाउने क्रम जारी रहेको बताए । 
    यस्तै पुर्णमात्रामा खोप लगाएको र ६ महिना पुरा भएका ब्यक्तीलाई बुस्टर डोजको खोप दिने काम जिल्लामा शुरु भईसकेको र हाल सम्म करिब १ हजार ब्यक्तीले उक्त खोप पाईसकेको उनको भनाइ छ । उनले बुस्टर डोजमा पहिले जुन खोप लगाएको हो सोही खोप लगाउनु पर्ने बताए । 
    सप्तरी जिल्लामा मंगलबार २४ जना संक्रमित थपिएका छन् । 
    गजेन्द्र नारायण सिह अस्पतालको पिसीआर प्रयोगशालामा ४९ जनाको स्वाव परिक्षण गर्दा २४ जनामा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 
    यो संगै कोरोनाको तेश्रो लहरमा जिल्लामा संक्रमित हुनेहरुको संख्या २ सय ५६ पुगेको छ । सप्तरीमा कोरोना भाईरसको संक्रमण शूरु भएदेखी हालसम्ममा पहिलो चरणमा ४१ दोश्रो चरणमा १२१ र तेश्रो चरणमा २ गरी १ सय ६४ जनाको मृत्यु भईसकेको छ ।  
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीले चन्द्र नहरको बाँध भत्किदा आधा दर्जन घर उच्च जोखिममा 
बाढीले चन्द्र नहरको बाँध भत्किदा आधा दर्जन घर उच्च जोखिममा 
पोखरीमा डुबेर १२ महिनामा १२ बालबालिकासहित २२ जनाले ज्यान गुमाए
पोखरीमा डुबेर १२ महिनामा १२ बालबालिकासहित २२ जनाले ज्यान गुमाए
जब मुख्यमन्त्री सिंहले आफ्नै गृह जिल्लामा गरे अनुगमन –मापदण्ड विपरित संचालनमा रहेका, नविकरण नगरेका स्वास्थ्य संस्थाका सञ्चालकहरु सटर बन्द गरेर भागे
जब मुख्यमन्त्री सिंहले आफ्नै गृह जिल्लामा गरे अनुगमन –मापदण्ड विपरित संचालनमा रहेका, नविकरण नगरेका स्वास्थ्य संस्थाका सञ्चालकहरु सटर बन्द गरेर भागे
मेयरकप सप्तरी प्रिमियर लिग, बजाज खडक वारियर्स र रुपनी राईडर्स विजयी
मेयरकप सप्तरी प्रिमियर लिग, बजाज खडक वारियर्स र रुपनी राईडर्स विजयी
प्रदेश २ सरकारले विभेद ग¥यो ः जनयुद्धका  शहीद, बेपत्ता तथा घाइते परिवार
प्रदेश २ सरकारले विभेद ग¥यो ः जनयुद्धका  शहीद, बेपत्ता तथा घाइते परिवार
मल्हनियामा बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकीको उद्घाटन
मल्हनियामा बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकीको उद्घाटन
१४ वर्षपछि हत्याका आरोपी बाबुछोरा पक्राउ 
१४ वर्षपछि हत्याका आरोपी बाबुछोरा पक्राउ 
अटो अनियन्त्रित भई  दुर्घटना हुदा एकको मृत्यु
अटो अनियन्त्रित भई  दुर्घटना हुदा एकको मृत्यु
एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
प्रदेश २ सरकार संकटको भुमरीमा र संजीवनीको खोजी