शिलान्यासको पूर्व सन्ध्यामा विश्वविद्यालयमा तालाबन्दी, आफूलाई जानकारी नै दिई हुन लागेको शिलान्यास रोक्न मन्त्रीको चेतावनी

राजविराज राजविराज
|
आइतबार, माघ ७, २०८०
|
|
६८ पटक हेरिएको
Shares
शिलान्यासको पूर्व सन्ध्यामा विश्वविद्यालयमा तालाबन्दी, आफूलाई जानकारी नै दिई हुन लागेको शिलान्यास रोक्न मन्त्रीको चेतावनी

सारांश

  •     जनमत पार्टी सप्तरीका इन्चार्ज रामगमन साहले विश्वविद्यालयमा दलिय तानाशाही हावी भएको, विश्व विद्यालयको डिपिआरमा भ्रष्टाचार भएको, परिक्षा बोर्ड बिनै परिक्षा लिइएको तथा विश्व विद्यालयका सहकुलपतिलाई कुनै जानकारी नै नदिई सोमबार विश्व विद्यालयको शिलान्यासको कार्यक्रम राखेको भन्दै त्यसको बिरोधमा तालाबन्दी गरिएको बताए ।
  •       आफूहरुले अघि सारेको माग पुरा नभएसम्म विश्व विद्यालय सम्बन्धी कुनै गतिविधी गर्न नदिने उनले चेतावनी समेत दिएका छन् ।
  •       मधेश प्रदेशका शिक्षा तथा संस्कृती मन्त्री महेश प्रसाद यादवले जबरजस्ती विश्वविद्यालयको शिलान्यास गरे त्यसबाट उत्पन्न हुन सक्ने अप्रिय घटनाको सम्पूर्ण जिम्मेवार उपकुलपति र रजिष्ट्रार नै हुने भनी आइतबार साँझ नै एक प्रेस विज्ञप्तिमार्फत सबैको ध्यानाकर्षण गराएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ७ माघ । 

    ऐन नियम मिचेर यहाँस्थित मधेश प्रदेश कृषि विश्वविद्यालयले विभिन्न गतिविधी अघि बढाएको तथा व्यापक अनियमितता र भ्रष्टाचार गरेको भन्दै आइतबार जनमत पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले तालाबन्दी गरेको छ । 
    जनमत पार्टी सप्तरीका इन्चार्ज रामगमन साहले विश्वविद्यालयमा दलिय तानाशाही हावी भएको, विश्व विद्यालयको डिपिआरमा भ्रष्टाचार भएको, परिक्षा बोर्ड बिनै परिक्षा लिइएको तथा विश्व विद्यालयका सहकुलपतिलाई कुनै जानकारी नै नदिई सोमबार विश्व विद्यालयको शिलान्यासको कार्यक्रम राखेको भन्दै त्यसको बिरोधमा तालाबन्दी गरिएको बताए । 
    आफूहरुले अघि सारेको माग पुरा नभएसम्म विश्व विद्यालय सम्बन्धी कुनै गतिविधी गर्न नदिने उनले चेतावनी समेत दिएका छन् । 
    मधेश प्रदेशका शिक्षा तथा संस्कृती मन्त्री महेश प्रसाद यादवले जबरजस्ती विश्वविद्यालयको शिलान्यास गरे त्यसबाट उत्पन्न हुन सक्ने अप्रिय घटनाको सम्पूर्ण जिम्मेवार उपकुलपति र रजिष्ट्रार नै हुने भनी आइतबार साँझ नै एक प्रेस विज्ञप्तिमार्फत सबैको ध्यानाकर्षण गराएका छन् । 
    उनले छुट्टै जारि गरेको प्रेस विज्ञप्तिमा शिक्षा मन्त्रीको हैसियतले आफू विश्व विद्यालयको सिनेटको अध्यक्ष हुँदा हुँदै पनि शिलान्यास बारे कुनै जानकारी नदिएको उल्लेख गरेका छन् । 
    विज्ञप्तिमा उनले सोमबारको शिलान्यास कार्यक्रम गरे विवाद निम्त्याए सरह हुने भन्दै उक्त कार्य रोक्नका लागि विश्वविद्यालय व्यवस्थापनलाई जानकारी र निर्देशन समेत दिइसकिएको उल्लेख गरेका छन् ।     
    यता विश्व विद्यालयका रजिष्ट्रार भगवान ठाकुरले शिलान्यासको विषयलाई लिएर जसपा र जनमत पार्टी बीच विवाद उत्पन्न भएको बताउँदै विवाद बढ्न नदिन आफूले आवश्यक पहल थालेको बताएका छन् । उनले शिलान्यासका लागि प्रदेशका मुख्यमन्त्रीलाई नै निम्तो दिएको र सो कार्यक्रममा सबै दलका नेतालाई सहभागि हुन आमन्त्रण गर्ने तयारी गरिएको समेत जानकारी दिएका छन् । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय तहमा दलितको पहुँच भएपनि अधिकारमा पहुँच भएन ः समाजिक विकास मन्त्री साह
स्थानीय तहमा दलितको पहुँच भएपनि अधिकारमा पहुँच भएन ः समाजिक विकास मन्त्री साह
वर्षा नभएपनि सप्तरीमा ७५ प्रतिशत धान रोपाई
वर्षा नभएपनि सप्तरीमा ७५ प्रतिशत धान रोपाई
“प्रदेश २ ले न नाम पायो  न त राजधानी नै”
“प्रदेश २ ले न नाम पायो  न त राजधानी नै”
मिडिया मैत्री कानुन निर्माणमा प्रदेश २ सरकार कटिबद्ध
मिडिया मैत्री कानुन निर्माणमा प्रदेश २ सरकार कटिबद्ध
विकास निर्माण कार्यलाई तिब्रता दिन सुझाव
विकास निर्माण कार्यलाई तिब्रता दिन सुझाव
बन्दकर्ता सडकमा नदेखिए पनि शिक्षण संस्था र यातायात चलेन
बन्दकर्ता सडकमा नदेखिए पनि शिक्षण संस्था र यातायात चलेन
सन् २०२० मा गरिने कार्यक्रम बारे जानकारी
सन् २०२० मा गरिने कार्यक्रम बारे जानकारी
तीन वर्षभित्र राजरंगशालालाई पूर्ण रुपमा  निर्माण गरि राष्ट्रिय प्रतियोगिता गराउने  लक्ष्य ः शिक्षा मन्त्रि यादव
तीन वर्षभित्र राजरंगशालालाई पूर्ण रुपमा  निर्माण गरि राष्ट्रिय प्रतियोगिता गराउने  लक्ष्य ः शिक्षा मन्त्रि यादव
सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण कार्य सुरु, हालसम्म २७ हजार डाटा इन्ट्री
सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण कार्य सुरु, हालसम्म २७ हजार डाटा इन्ट्री
तोपा स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा सेवाग्राहीलाई समस्या
तोपा स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा सेवाग्राहीलाई समस्या