सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने

राजविराज राजविराज
|
शनिबार, फाल्गुन १६, २०८२
|
|
६७ पटक हेरिएको
Shares
सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने

सारांश

  •    सो क्षेत्रबाट नेपाली काँग्रेसबाट पूर्वसांसद दिनेश कुमार यादव तथा राष्ट्रिय मुक्ति पार्टी नेपालबाट सहमहासचिव गजेन्द्र कुमार मण्डल प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फका उम्मेदवार हुन् ।
  •      शनिबार उम्मेदवार मण्डलको उपस्थितिमा नेपाली काँग्रेस सप्तरीका सचिव सनत कुमार मण्डल तथा राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रिय सदस्य एवं क्षेत्र नं.
  • ३ का संयोजक मनोज कुमार चौधरीबीच पाँच बुँदे सहमति भयो ।

दैनिक समाचारदाता
राजविराज, १६ फागुन । 

   फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सप्तरीको क्षेत्र नं. ३ मा नेपाली काँग्रेस र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पाँच बुँदे सहमति भएको छ । 
   सो क्षेत्रबाट नेपाली काँग्रेसबाट पूर्वसांसद दिनेश कुमार यादव तथा राष्ट्रिय मुक्ति पार्टी नेपालबाट सहमहासचिव गजेन्द्र कुमार मण्डल प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फका उम्मेदवार हुन् । 
   शनिबार उम्मेदवार मण्डलको उपस्थितिमा नेपाली काँग्रेस सप्तरीका सचिव सनत कुमार मण्डल तथा राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रिय सदस्य एवं क्षेत्र नं. ३ का संयोजक मनोज कुमार चौधरीबीच पाँच बुँदे सहमति भयो । 
   सहमति अनुसार प्रत्यक्षतर्फको आफ्नो उम्मेदवारी निष्कृय पार्दै मण्डलले काँग्रेस उम्मेदवार यादवलाई समर्थन गरेका छन् । 
   यस्तै सहमति पत्रमा दुवै पार्टीका नेता कार्यकर्ता मिलेर प्रत्यक्षतर्फ काँग्रेसका उम्मेदवारको पक्षमा मत माग्ने, राष्ट्रिय मुक्ति पार्टी नेपालको समानुपातिकतर्फ आफ्नै पार्टीको उम्मेदवारको पक्षमा मत माग्ने, भविष्यमा हुने अन्य चुनावहरुमा दुवै पार्टी सहकार्य गरि आपसी सहमतिमा अघि बढ्ने तथा क्षेत्रको विकास निर्माणका सबै गतिविधिमा चुनाव उपरान्त पनि समन्वय र सहकार्य गरि अघि बढ्ने उल्लेख छ । 
   जिल्लामा यसअघि आम जनता पार्टीबाट क्षेत्र नं. २ मा प्रत्यक्ष तर्फ उम्मेदवार रहेका ई. सुनिलराज दासले जनाधिकार पार्टीका अध्यक्ष तथा उम्मेदवार समेत रहेका डा. सरदसिंह यादवलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्कृय पारेका थिए । 
   यस्तै नेपाल जनता पार्टीका समानुपातिकतर्फका उम्मेदवार बनेका बिजय गुप्ता पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अदालतको आदेशपछि पनि  लक्ष्मीले पाईनन् न्याय
अदालतको आदेशपछि पनि  लक्ष्मीले पाईनन् न्याय
सर्पदंशबाट बालिकाको मृत्यु
सर्पदंशबाट बालिकाको मृत्यु
प्रअ र व्यवस्थापन समिति अध्यक्षले विद्यार्थी कुटे, विरोधमा सम्पूर्ण विद्यार्थी सडकमा
प्रअ र व्यवस्थापन समिति अध्यक्षले विद्यार्थी कुटे, विरोधमा सम्पूर्ण विद्यार्थी सडकमा
तिलाठीको सकरपुरामा आगलागि हुँदा चार घरसहित ७ तोला सुन र २ किलो चाँदी जलेर नष्ट हुँदा ३३ लाख ७० हजार मुल्य बराबरको क्षति 
तिलाठीको सकरपुरामा आगलागि हुँदा चार घरसहित ७ तोला सुन र २ किलो चाँदी जलेर नष्ट हुँदा ३३ लाख ७० हजार मुल्य बराबरको क्षति 
आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
सप्तरी प्रिमियर लिगमा बजाज खडक  वारियर्स र रुपनी राइडर्स विजयी
सप्तरी प्रिमियर लिगमा बजाज खडक  वारियर्स र रुपनी राइडर्स विजयी
विपद् व्यवस्थापन सामाग्रि भण्डारगृह निर्माण हुने
विपद् व्यवस्थापन सामाग्रि भण्डारगृह निर्माण हुने
‘छोरालाई कुटीकुटी मारिदिएको चार महिनाबढी  भइसक्यो तर हत्यारा अझैं पक्राउ परेन’
‘छोरालाई कुटीकुटी मारिदिएको चार महिनाबढी  भइसक्यो तर हत्यारा अझैं पक्राउ परेन’
रुपनी–राजविराज सडक निर्माण कार्य सुरु
रुपनी–राजविराज सडक निर्माण कार्य सुरु
२२ बर्ष पछि बल्ल बन्ने भो स्व. सिंहको संग्रहालय भवन 
२२ बर्ष पछि बल्ल बन्ने भो स्व. सिंहको संग्रहालय भवन