संचारकर्मी बनवारी मोटरसाईकल दुर्घटनामा घाईते, महासंघका सदस्य श्रेष्ठ पनि अस्वस्थ

राजविराज राजविराज
|
मंगलबार, माघ २०, २०७७
|
|
४८ पटक हेरिएको
Shares
संचारकर्मी बनवारी मोटरसाईकल दुर्घटनामा घाईते, महासंघका सदस्य श्रेष्ठ पनि अस्वस्थ

सारांश

  •     गत आईतवार जमुनीमधेपुराबाट राजबिराज आउने क्रममा मोटरसाईकलबाट लडेर उनी घाइते भएका हुन् ।
  • सो दुर्घटनामा परी उनको टाउको, खुट्टा र हातमा गम्भीर चोट लागेको छ ।
  •     अहिले उनको छिन्मस्ता अस्पतालमा उपचार भईरहेको छ ।

दैनिक समाचारदाता
राजविराज, २० माघ ।
    नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सदस्य महेन्द्र मण्डल बनवारी मोटरसाईकल दुर्घटनामा परि घाईते भएका छन ।
    गत आईतवार जमुनीमधेपुराबाट राजबिराज आउने क्रममा मोटरसाईकलबाट लडेर उनी घाइते भएका हुन् । सो दुर्घटनामा परी उनको टाउको, खुट्टा र हातमा गम्भीर चोट लागेको छ ।
    अहिले उनको छिन्मस्ता अस्पतालमा उपचार भईरहेको छ । उपचारमा संलग्न चिकित्सकले टाउको सिटिस्क्यान गर्दा टाउकोमा रगत जमेको जानकारी दिएका छन् ।
    टाउको जमेको रगत दुई चार दिनमा ठिक हुने चिकित्सकलाई उद्धृत गर्दै बनवारीका भतिज रूपेश मण्डलले जानकारी दिए ।
    सोमबार अस्पतालमा भर्ना भएका बनवारीको स्वास्थ अबस्था हाल समान्य रहेको छ । उनी अहिले बोलचाल समेत गरिरहेको नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिव चन्दनकुमार यादबले बताए । 
    बनवारीको स्वास्थ्य अवस्था बुझ्न मंगलबार पत्रकार महासंघ सप्तरीका सहसचिव यादबसहित जिल्ला सदस्य भूषण सिँह, भुपेन्द्र मण्डल लगायत अस्पताल पुगेका थिए । 

    यता सोही अस्पतालमा उपचार भईरहेका नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सदस्य प्रेम श्रेष्ठको अबस्था गम्भीर रहेको छ ।
    श्रेष्ठको छिन्मस्ता अस्पतालमा प्रोस्टेडको अपरेशन भएपनि स्वास्थ अबस्था सुधार नभएपछि उनलाई थप उपचारका लागि बिराटनगर लगिएको परिवारजनले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय व्यापारी निराश, सप्तरीका व्यापारी खुशी
भारतीय व्यापारी निराश, सप्तरीका व्यापारी खुशी
सप्तरीकी गिता चौधरी स्थानीय तहका महिला जनप्रतिनिधि प्रेरणादायी सूचीमा पर्न सफल
सप्तरीकी गिता चौधरी स्थानीय तहका महिला जनप्रतिनिधि प्रेरणादायी सूचीमा पर्न सफल
स्वास्थ्य शाखा संयोजक ठाकुरलाई लागु औषध मुद्दामा फसाउन खोजिएको नगरपालिकाको दाबी
स्वास्थ्य शाखा संयोजक ठाकुरलाई लागु औषध मुद्दामा फसाउन खोजिएको नगरपालिकाको दाबी
जिल्ला बार एकाईको नेतृत्वका लागि दुई समूहको उम्मेदवारी 
जिल्ला बार एकाईको नेतृत्वका लागि दुई समूहको उम्मेदवारी 
तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुन्छ ः अध्यक्ष रिजाल 
तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुन्छ ः अध्यक्ष रिजाल 
गत निर्वाचनमा पराजित उम्मेदवारहरु जित्दै, निर्वाचितहरु हार्दै 
गत निर्वाचनमा पराजित उम्मेदवारहरु जित्दै, निर्वाचितहरु हार्दै 
ट्रक दुर्घटनामा दुईको मृत्यु
ट्रक दुर्घटनामा दुईको मृत्यु
दुर्घटनामा परेका युवक  घरमा मृत फेला 
दुर्घटनामा परेका युवक  घरमा मृत फेला 
ट्राफिक नियम सम्बन्धी तालिम सम्पन्न 
ट्राफिक नियम सम्बन्धी तालिम सम्पन्न 
राजविराज जेसीजमा काबराको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति
राजविराज जेसीजमा काबराको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति