दैनिक समाचारदाता
राजविराज, २८ असार ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले सप्तरीका जनता अहिले पनि निशुल्क स्वास्थ्य उपचार कहाँ पाउने बारे अनभिज्ञ रहेको बताएका छन् ।
निशुल्क स्वास्थ्य उपचारका लागि जनतालाई सरकारी अस्पतालसम्मको बाटो थाहा नभएकोले यसका लागि जनचेतना आवश्यक रहेको उनको भनाई थियो ।
महुली सामुदायिक विकास केन्द्रले आइतबार जिल्लाको डाक्नेश्वरी नगरपालिकास्थित पत्थरगाढा स्वास्थ्य चौकी र पातोस्थित आइसोलेशन केन्द्रलाई कोभिड १९ को रोकथाम तथा उपचारका लागि स्वास्थ्य तथा व्यक्तिगत स्वच्छता सामाग्रिहरु बितरण कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
प्रजिअ आचार्यले भने, “जनतालाई स्वास्थ्य उपचार बारेमा अहिले पनि राम्ररी थाहा छैन्, यसका लागि गैरसरकारी संस्थाहरुले पनि जनतालाई अस्पतालसम्म पुग्ने बाटो देखाइदिनुस् ।”
बिएमजेड÷भिसिए÷डब्लुएचएचको आर्थिक सहयोग तथा संस्थाद्वारा संचालित सप्तरी जिल्लाको सामाजिक परिवर्तनका लागि खानेपानी सरसफाई तथा स्वच्छता सुशासन सवलिकरण परियोजना अन्तरगत कोभिड १९ को रोकथाम तथा उपकारका लागि नगरपालिकाद्वारा संचालित आइसोलेश सेन्टर तथा कोभिड १९ प्रभावितहरुका लागि ती स्वास्थ्य सामाग्रिहरु प्रदान गरिएको संस्थाका निर्देशक प्रभुनारायण चौधरीले जानकारी दिएका छन् ।
आयोजित कार्यक्रममा संस्थाका निर्देशक चौधरीले नगरपालिका प्रमुख शिवनारायण साहलाई कोभिड १९ प्रभावित व्यक्तिहरु, बाढी प्रभावित परिवार तथा पूर्ण सरसफाई उन्मुख नमूना बस्तिहरुमा उपयोग गर्नका लागि सर्जिकल मास्क, फेस सिल्ड, ग्लोब्स, सेनिटाइजर, अक्सिमिटर, थर्मल गण, डस्टबिन, फिनेल, प्लास्टिक ब्याग, ट्वाइलेट ब्रस, साबुन, हेन्डवास, टुट ब्रस, पेस्ट, नेल कटर, हाइजेनिक किट्स लगायत ३ लाख ८५ हजार ९५ मुल्य बराबरको १८ वटा स्वास्थ्य सामाग्रिहरु हस्तान्तरण गरे ।
आयोजित सामाग्रि हस्तान्तरण कार्यक्रममा राष्ट्रिय अनुसन्धानका उपनिर्देशक नरेश बहादुर साहलगायत स्वास्थ्य चौकीका कर्मचारी तथा आयोजित संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
जनतालाई अस्पतालसम्म पुग्ने बाटो देखाइदिनुस् ः प्रजिअ आचार्य
सारांश
- निशुल्क स्वास्थ्य उपचारका लागि जनतालाई सरकारी अस्पतालसम्मको बाटो थाहा नभएकोले यसका लागि जनचेतना आवश्यक रहेको उनको भनाई थियो ।
- महुली सामुदायिक विकास केन्द्रले आइतबार जिल्लाको डाक्नेश्वरी नगरपालिकास्थित पत्थरगाढा स्वास्थ्य चौकी र पातोस्थित आइसोलेशन केन्द्रलाई कोभिड १९ को रोकथाम तथा उपचारका लागि स्वास्थ्य तथा व्यक्तिगत स्वच्छता सामाग्रिहरु बितरण कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
- प्रजिअ आचार्यले भने, “जनतालाई स्वास्थ्य उपचार बारेमा अहिले पनि राम्ररी थाहा छैन्, यसका लागि गैरसरकारी संस्थाहरुले पनि जनतालाई अस्पतालसम्म पुग्ने बाटो देखाइदिनुस् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया