दैनिक समाचारदाता
राजविराज, २० बैशाख ।
मुलुक भरि कोरोनाको त्रास बढिरहेको बेला सप्तरीमा सोमबार ४१ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या जिल्लामा १ सय ३२ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले ६५ जनाको पिसिआर परिक्षण गर्दा ४१ जना संक्रमित पाइएको जानकारी दिए ।
संक्रमित भएकाहरुमा राजविराज नगरपालिकाका ११ जना रहेका छन् । जसमा वडा नं. ८ र ६ का ४/४ जना तथा वडा नं. १, ७ र ९ का १/१ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी रुपनी गाउँपालिका वडा नं. १ का ३ र २ का १ जना, राजगढ गाउँपालिका वडा नं. ३ का १ जना, तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ का ३ र ८ का १ जना, कञ्चनरुप नगरपालिका वडा नं. २ का ४ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै जिल्लाकै सप्तकोशी नगरपालिका वडा नं. १ का २ जना, डाक्नेश्वरी नगरपालिका वडा नं. ९, ७ र १० का १/१ जना, बोदेबरसाइन नगरपालिका वडा नं. ४ र ६ का १/१ जना, महादेवा गाउँपालिका वडा नं. ३ का २ जना तथा वडा नं. ४ का ३ र खडक नगरपालिका वडा नं. ४ का १ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थय कार्यालयले जनाएको छ ।
६५ जनाको पिसिआर परिक्षण गर्दा ४१ जना संक्रमित
सारांश
- जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले ६५ जनाको पिसिआर परिक्षण गर्दा ४१ जना संक्रमित पाइएको जानकारी दिए ।
- संक्रमित भएकाहरुमा राजविराज नगरपालिकाका ११ जना रहेका छन् ।
- जसमा वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया