दैनिक समाचारदाता
राजविराज, २० बैशाख ।
मुलुक भरि कोरोनाको त्रास बढिरहेको बेला सप्तरीमा सोमबार ४१ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या जिल्लामा १ सय ३२ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले ६५ जनाको पिसिआर परिक्षण गर्दा ४१ जना संक्रमित पाइएको जानकारी दिए ।
संक्रमित भएकाहरुमा राजविराज नगरपालिकाका ११ जना रहेका छन् । जसमा वडा नं. ८ र ६ का ४/४ जना तथा वडा नं. १, ७ र ९ का १/१ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी रुपनी गाउँपालिका वडा नं. १ का ३ र २ का १ जना, राजगढ गाउँपालिका वडा नं. ३ का १ जना, तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ का ३ र ८ का १ जना, कञ्चनरुप नगरपालिका वडा नं. २ का ४ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै जिल्लाकै सप्तकोशी नगरपालिका वडा नं. १ का २ जना, डाक्नेश्वरी नगरपालिका वडा नं. ९, ७ र १० का १/१ जना, बोदेबरसाइन नगरपालिका वडा नं. ४ र ६ का १/१ जना, महादेवा गाउँपालिका वडा नं. ३ का २ जना तथा वडा नं. ४ का ३ र खडक नगरपालिका वडा नं. ४ का १ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थय कार्यालयले जनाएको छ ।
६५ जनाको पिसिआर परिक्षण गर्दा ४१ जना संक्रमित
सारांश
- जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले ६५ जनाको पिसिआर परिक्षण गर्दा ४१ जना संक्रमित पाइएको जानकारी दिए ।
- संक्रमित भएकाहरुमा राजविराज नगरपालिकाका ११ जना रहेका छन् ।
- जसमा वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया