दैनिक समाचारदाता
राजविराज, ९ साउन ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीबाट कोरोना विरुद्धको खोप अभियानमा खटिएका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।
संक्रमणको लक्षणदेखिएपछि उनले एन्टिजेन परिक्षण गरेका थिए । सो परिक्षणबाट संक्रमण पुष्टी भएपछि ४५ वर्षीय उनी होम आईशोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । रुपनी गाउँपालिका वडा नं. ३ घर भएका उनी जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन हुन ।
तीन महिना यता कोरोना संक्रमणदर शुन्यमा झरेको जिल्लामा नयाँ संक्रमित देखिएपछी स्थानीय तथा अधिकारीहरु झस्किन थालेका छन । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले कोरोना कहर फेरी पनि फैलिन सक्ने भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन् ।
कोरोना संक्रमण पैmलिन नदिन उच्च सर्तकता अपनाउन र स्वास्थ्य मन्त्रालयले तोकेकोे स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न जिल्ला स्वास्थ्य कार्यालयले सबैसँग अपिल गरेको छ ।
खोप अभियानमा खटिएका एक स्वास्थ्यकर्मी संक्रमित
सारांश
- संक्रमणको लक्षणदेखिएपछि उनले एन्टिजेन परिक्षण गरेका थिए ।
- सो परिक्षणबाट संक्रमण पुष्टी भएपछि ४५ वर्षीय उनी होम आईशोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
- रुपनी गाउँपालिका वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया