सप्तरी जिल्ला वार इकाईको कार्य समिति विघट्न, पूर्वअध्यक्ष यादवको नेतृत्वमा पाँच सदस्यीय तदर्थ समिति गठन

दैनिक समाचारदाता दैनिक समाचारदाता
|
शुक्रबार, मंसिर १२, २०८३
|
|
७६ पटक हेरिएको
Shares
सप्तरी जिल्ला वार इकाईको कार्य समिति विघट्न, पूर्वअध्यक्ष यादवको नेतृत्वमा पाँच सदस्यीय तदर्थ समिति गठन

सारांश

  • शुक्रबारको विशेष साधारणसभाले कामेश्वर यादव नेतृत्वमा रहेको वार इकाईको कार्य समिति विघट्न गर्दै पुर्व अध्यक्ष कृपानारायण यादवको संयोजकत्वमा ५ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
  • तदर्थ समितको सचिवमा मनु खनाल, कोषाध्यक्ष विकास कुमार मण्डल, सदस्यहरुमा बिन्देश्वर प्रसाद चौधरी र ज्ञानेन्द्र यादव रहेको बताए ।
  • विशेष साधारण सभाले आवश्यकता परे थप दुई जना सदस्य राखिने अधिकार तदर्थ समितिलाई दिदै ६ महिना भित्र नयाँ निर्वाचन सम्पन्न गराउने जिम्मा दिएको जिल्ला वारले जनाएको छ ।
दैनिक समाचारदाता
राजविराज, ११ मंसिर । 
सप्तरी जिल्ला वार इकाईको कार्य समिति विघट्न भएको छ । वर्तमान कार्य समितिप्रति असन्तुष्टि बढ्दै गएपछि अविश्वासको प्रस्ताव दर्ता गराउँदै विशेष साधारणसभाको माग गरिएको थियो ।
शुक्रबारको विशेष साधारणसभाले कामेश्वर यादव नेतृत्वमा रहेको वार इकाईको कार्य समिति विघट्न गर्दै पुर्व अध्यक्ष कृपानारायण यादवको संयोजकत्वमा ५ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
तदर्थ समितको सचिवमा मनु खनाल, कोषाध्यक्ष विकास कुमार मण्डल, सदस्यहरुमा बिन्देश्वर प्रसाद चौधरी र ज्ञानेन्द्र यादव रहेको बताए । विशेष साधारण सभाले आवश्यकता परे थप दुई जना सदस्य राखिने अधिकार तदर्थ समितिलाई दिदै ६ महिना भित्र नयाँ निर्वाचन सम्पन्न गराउने जिम्मा दिएको जिल्ला वारले जनाएको छ ।
सप्तरी जिल्ला अदालतबाट लेखापढी व्यवसायीको लाइसेन्स परीक्षा लिने जिम्मा पाएका वारले परीक्षा लिएर लाइसेन्स वितरण गरेकै बेलादेखि आर्थिक अनियमितताको विवादमा तानिएको थियो ।
वारकै पूर्व अध्यक्ष रामप्रासाद चौधरी सहितका सदस्यहरुले लाइसेन्स परीक्षामा वर्तमान कार्य समितिले अनियमिता गरेको आरोप लगाउँदै आएको थियो ।
आफ्नो दुई वर्षे कार्यकाल गत कात्तिक ९ पुरा गरेको वर्तमान कार्य समितिले चुनाव गराएर नेतृत्व हस्तान्तरण गर्नुपर्ने बेलमा अविश्वासको प्रस्तावको सामना गर्नुपरेको हो ।
विशेष साधारणसभामा कुल बारका सदस्य १ सय ६ मध्ये ६४ जनाको उपस्थिति रहेको पूर्व अध्यक्ष एवं संयोजक कृपानारायण यादवले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्ववियु निर्वाचनका लागि ४० जनाद्वारा मनोनयन दर्ता
स्ववियु निर्वाचनका लागि ४० जनाद्वारा मनोनयन दर्ता
दुई सय ५० लिटर डिजलसहित तीन पक्राउ, स्थानियद्वारा बिरोध प्रदर्शन
दुई सय ५० लिटर डिजलसहित तीन पक्राउ, स्थानियद्वारा बिरोध प्रदर्शन
छोरीको हत्या र छोरा वेपत्ता  पार्नेहरुमाथी कारवाहीको माग गर्दा  चन्द्रदेवीलाई ज्यान मार्ने धम्की 
छोरीको हत्या र छोरा वेपत्ता  पार्नेहरुमाथी कारवाहीको माग गर्दा  चन्द्रदेवीलाई ज्यान मार्ने धम्की 
राजविराज–रुपनी सडकमा खाल्डाखुल्डी: चालकलाई सास्ती, यात्रुलाई त्रास 
राजविराज–रुपनी सडकमा खाल्डाखुल्डी: चालकलाई सास्ती, यात्रुलाई त्रास 
बौद्धिक अपाङता भएका व्यक्तिको संरक्षणमा जोड
बौद्धिक अपाङता भएका व्यक्तिको संरक्षणमा जोड
काँग्रेस सप्तरीको सभापति पदका लागि १३ जना आकांक्षी
काँग्रेस सप्तरीको सभापति पदका लागि १३ जना आकांक्षी
ससुराको हत्या आरोपमा ज्वाई कारागार चलान
ससुराको हत्या आरोपमा ज्वाई कारागार चलान
राष्ट्रिय जुडो प्रतियोगिता सुरु
राष्ट्रिय जुडो प्रतियोगिता सुरु
हिन्दु धर्मको आस्थाप्रति चोट पु¥याएको भन्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईको पुतला दहन
हिन्दु धर्मको आस्थाप्रति चोट पु¥याएको भन्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईको पुतला दहन
संविधान दिवसको अवसरमा प्रभातफेरी 
संविधान दिवसको अवसरमा प्रभातफेरी