लैंगिक हिंसा विरूद्ध प्रभातफेरी र कोणसभा 

दैनिक समाचारदाता दैनिक समाचारदाता
|
बुधबार, मंसिर १०, २०८३
|
|
३ पटक हेरिएको
Shares
लैंगिक हिंसा विरूद्ध प्रभातफेरी र कोणसभा 

सारांश

  • जिल्लाका सरकारी कार्यालय, संघसंस्था, शैक्षिक संस्थाहरू लगायतको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिको प्रांगणबाट निस्किएको प्रभातफेरि नगरको विभिन्न भागको परिक्रमा गरि पुनः जिल्ला समन्वय समिति कै प्रांगणमा कोण सभामा परिणत भएको थियो ।
  • कोण सभामा बोल्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले मधेस प्रदेशमै सबैभन्दा बढी सप्तरी जिल्लामा लैंगिक हिंसा भइरहेको तथ्यांक रहेकोले लैंगिक हिंसा न्यूनीकरणका लागि प्रत्येक व्यक्तिले आफ्नै घरबाट सुरू गर्नुपर्ने आवश्यक रहेको बताए ।
  • लैंगिक हिंसा विरूद्धको अभियानमा मात्र यो अभियान नभएर यो अभियान ३ सय ६५ दिनसम्म प्रत्येक व्यक्तिले आफैबाट लागु गर्नुपर्ने उनको भनाई छ ।
दैनिक समाचारदाता
राजविराज, ९ मंसिर । 
लैंगिक हिंसा विरूद्ध १६ दिने अभियान अन्तरगत पहिलो दिन बुधबार राजविराज नगरपालिकामा प्रभातफेरी र कोण सभा गरिएको छ ।
जिल्लाका सरकारी कार्यालय, संघसंस्था, शैक्षिक संस्थाहरू लगायतको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिको प्रांगणबाट निस्किएको प्रभातफेरि नगरको विभिन्न भागको परिक्रमा गरि पुनः जिल्ला समन्वय समिति कै प्रांगणमा कोण सभामा परिणत भएको थियो ।
कोण सभामा बोल्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले मधेस प्रदेशमै सबैभन्दा बढी सप्तरी जिल्लामा लैंगिक हिंसा भइरहेको तथ्यांक रहेकोले लैंगिक हिंसा न्यूनीकरणका लागि प्रत्येक व्यक्तिले आफ्नै घरबाट सुरू गर्नुपर्ने आवश्यक रहेको बताए ।
लैंगिक हिंसा विरूद्धको अभियानमा मात्र यो अभियान नभएर यो अभियान ३ सय ६५ दिनसम्म प्रत्येक व्यक्तिले आफैबाट लागु गर्नुपर्ने उनको भनाई छ । कसैले हिंसा गर्न हुदैन, हिंसा गर्न दिनुहुन्न र हिंसा भइरहेको हेरेपछि र सुनेपछि चुप लागेर नबसेर न्यायका लागि अगाडि बढ्नुपर्ने उनले बताए ।
कार्यक्रममा राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविनले बालबालिकाहरूमाथि हिंसाका घटनाहरू बढ्दै गएको घर, विद्यालयमा र समाजबाटै बालबालिका हिंसाको सिकार हुँदै आएकोले हिंसाको सिकार हुन नदिन र हिंसा नसहन र हिंसा बिरूद्ध आवाज उठाउन बिद्यार्थी भाइबहिनीलाई आग्रह गरिन ।
कार्यक्रममा पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष सुधा देवले जिल्लामा भइरहेको हिंसा न्यूनीकरणका लागि प्रत्येक बालबालिकालाई गुणस्तरीय शिक्षा दिएर हरेक पक्षमा सक्षम बनाउन सके हिंसाका घटना न्यूनीकरण हुने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति शिवनारायण साह, जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख रूपक खड्का लगायतले आ–आफ्ना आफ्नो धारणा राखेका थिए । मुलुकभर महिला हिंसा बिरूद्धको अभियान २५ नोभेम्बर देखि १० डिसेम्बर सम्म मनाईदै छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच वर्षदेखी हराइरहेकी बालिकाको भारतबाट उद्धार
पाँच वर्षदेखी हराइरहेकी बालिकाको भारतबाट उद्धार
रुपनी गाउँपालिकाले सिंचाईका लागि प्रयोग हुने विद्युत महसुल तिरिदिने 
रुपनी गाउँपालिकाले सिंचाईका लागि प्रयोग हुने विद्युत महसुल तिरिदिने 
वडा नं. ६ को कार्यालय भवन शिलान्यास
वडा नं. ६ को कार्यालय भवन शिलान्यास
नवनिर्वाचित पदाधिकारीहरु घरदैलोमा
नवनिर्वाचित पदाधिकारीहरु घरदैलोमा
सप्तरीका ११ स्थानमा नागरिक यात्रु सहायता कक्ष
सप्तरीका ११ स्थानमा नागरिक यात्रु सहायता कक्ष
जिल्लास्तरिय बिधालय क्रिकेट  लालीगुराँस र रायपुर बिजयी
जिल्लास्तरिय बिधालय क्रिकेट  लालीगुराँस र रायपुर बिजयी
रुपनी गाँउपालिका वडा नं. १ का निलम्बित अध्यक्षको पद पुर्नबहाली
रुपनी गाँउपालिका वडा नं. १ का निलम्बित अध्यक्षको पद पुर्नबहाली
प्रेस स्वतन्त्रताको विषयमा कुनै सम्झौता गर्नु हुँदैन् : अध्यक्ष आचार्य
प्रेस स्वतन्त्रताको विषयमा कुनै सम्झौता गर्नु हुँदैन् : अध्यक्ष आचार्य
सेनाले सप्तरीका १ सय ८० स्कुले विद्यार्थीलाई सक्षम नागरिक बनाउन कुशलता सिकाउँदै 
सेनाले सप्तरीका १ सय ८० स्कुले विद्यार्थीलाई सक्षम नागरिक बनाउन कुशलता सिकाउँदै 
स्वेच्छाधारी रुपले संसद विघटन गरेर प्रधानमन्त्री तानाशाही बन्न  खोजे ः उपेन्द्र यादव
स्वेच्छाधारी रुपले संसद विघटन गरेर प्रधानमन्त्री तानाशाही बन्न  खोजे ः उपेन्द्र यादव