दैनिक समाचारदाता
राजविराज, १० मंसिर ।
सरकारले आन्दोलनलाई अझै नजरअन्दाज गरिरहेको भन्दै नेपाल पत्रकार महासंघले दोश्रो चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा बिहीबार जारि विज्ञप्तिमा सकारलाई थप दबाब दिन र संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई महासंघको मागमा सहमत गराउन राजनीतिक दलका कार्यालयमा धर्ना दिने लगायतका दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरिएको जनाइएको छ ।
आन्दोलनका कार्यक्रम अनुसार २०८३ मंसिर १३ गते ’संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताः ’रास्वपाको सरकारले सुनेन, सत्ताधारी दलले सुनिदेउ’ भन्ने नारासहित रास्वपाको कार्यालयमा १ घण्टा धर्ना, २०८३ मंसिर १४ गते ’संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताः प्रमुख विपक्षी दल किन मौन ?’ भन्ने नारासहित प्रमुख विपक्षी दल नेपाली कांग्रेसको कार्यालयमा १ घण्टा धर्ना, २०८३ मंसिर १५ गते नारासहित भन्ने नारासहित ’संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताः विपक्षी दल किन मौन ?’ भन्ने एमाले पार्टी कार्यालयमा १ घण्टा धर्ना दिने, २०८३ मंसिर १६ गते नारासहित भन्ने नारासहित ’संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताः विपक्षी दल किन मौन ?’ भन्ने नेकपा पार्टी कार्यालयमा १ घण्टा धर्ना, २०८३ मंसिर १७ गते ’संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताः विपक्षी दल किन मौन ?’ भन्ने नारासहित भन्ने नारासहित श्रम संस्कृति पार्टी कार्यालयमा १ घण्टा धर्ना, २०८३ मंसिर १८ गते नारासहित भन्ने नारासहित ’संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताः प्रमुख दल किन मौन ?’ भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टी कार्यालयमा १ घण्टा धर्ना तथा २०८३ मंसिर २० गते कालो लुगा, कालो पट्टी र कालै माक्स लगाएर काठमाडौंको माइतीघर र काठमाडौं बाहिरको जिल्लाका सदरमुकामहरूमा प्रदर्शन गर्ने रहेका छन् ।
समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड, प्रेस स्वतन्त्रता नियन्त्रणको मनसाय राखी प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास, सञ्चारमाध्यममा अनाधिकृत गाडी तेस्र्याउनेलाई हालसम्म कारबाही नगरिएको, गोरखापत्रलगायत सरकारी सञ्चारमाध्यम तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासनलगायत, श्रम अधिकारको उल्लंघन, लोककल्याणकारी विज्ञापन बापत पत्रपत्रिकाले प्राप्त गरिरहेको रकम प्रेस काउन्सिल नेपालको सिफारिसबमोजिम नगरेको तथा वर्तमान अवस्थामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति सरकारले अनुदार व्यवहार देखाएको विरोधमा नेपाल पत्रकार महासंघ आन्दोलनरत रहेको विज्ञप्तिमा उल्लेख छ ।
साथै विज्ञप्तिमा कुनै पनि दलले महासंघको मागप्रति लिखित रुपमा ऐक्यवद्धता जनाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्धता जनाए सो दलको कार्यालयमा धर्ना नदिने उल्लेख गर्दै विज्ञप्तिमा महासंघका माग सम्बोधन नगरिए तेस्रो चरणको आन्दोनलका कार्यक्रम गरिने जनाइएको छ ।
प्रतिक्रिया
० प्रतिक्रिया