दैनिक समाचारदाता
राजविराज, ९ मंसिर ।
राजविराज उच्च अदालत बार एशोसिएशनका नवनिर्वाचित पदाधिकारीहरुले बुधवार एक कार्यक्रमबीच पद तथा गोपनियताको सपथ लिदै पदभार ग्रहण गरेका छन ।
निर्वाचित भएको झण्डै सवा दुई महिना पछि नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका हुन । गत भदौ २७ गते निर्वाचन सम्पन्न भएको थियो ।
चाडपर्व तथा विविध कारणले ढिला गरी पदस्थापन कार्यक्रमको आयोजना गरिएको एशोसिएशनले जनाएको छ ।
एशोसिएशनका अध्यक्ष हरेराम यादवको अध्यक्षतामा आयोजित सपथ ग्रहण समारोहमा निर्वाचन समितीका संयोजक धमेन्द्र यादवले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरे संगै प्रमुख अतिथी बरिष्टतम न्यायाधिश सुभाष पौडेलले नवनिर्वाचित अध्यक्ष सहितका पादाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउँदै पदभार ग्रहण गराएका छन ।
उक्त अवसरमा उच्च तथा जिल्ला अदालतका न्यायधिशहरुका साथै राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीन, हनुमाननगर कंकालिनी नगरपाकिाका नगर प्रमुख विरेन्द्र माझी, तिरहुत गाउँपालिकाका अध्यक्ष विजय यादव, एशोसिएशनका पूर्व अध्यक्ष हेम नारायण चौधरी, श्याम नारायण साह, विजय यादव, रमानन्द साह, बरिष्ट अधिवक्ताद्वय सुजित पोखरेल, भानुभक्त निरौला लगायतले शुभकामना दिएका थिए ।
एशोसिएशनको गत भदौ २७ गते सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा बलराम प्रसाद सिह, उपाध्यक्षमा विनोद कुमार पाण्डे, सचिव पार्वति कुमारी जोशी, सहसचिव अस्मिता थापा र कोषाध्यक्षमा भोगिलाल यादव निर्वाचित भएका थिए ।
सदस्यहरुमा सतिष कुमार दत्त, दिलिप यादव, दिनेश कुमार सिह, बालकृष्ण कार्की, सुरेन्द्र प्रसाद यादव, संतोष चौधरी, डा.शिवनारायण यादव र राम नारायण चौधरी निर्वाचित भएका थिए ।
केन्द्रिय पार्षदहरुमा सुधा देव, नारायण साह, मनोज देव, बालाकृष्ण ढुंगाना, डा.देवनारायण यादव, श्याम पोखरेल, सत्यनारायण साह र अजय कुमार चौधरी निर्वाचित भएका थिए ।
प्रतिक्रिया
० प्रतिक्रिया