२१ वर्षअघि नेपाली क्रिकेटले  गुमाएको एसिया कप यसपाली खेल्ने 

राजविराज राजविराज
|
मंगलबार, जेठ २, २०८०
|
|
२७ पटक हेरिएको
Shares
२१ वर्षअघि नेपाली क्रिकेटले  गुमाएको एसिया कप यसपाली खेल्ने 

सारांश

  •     एशिया कपमा नेपाली टोलीले भारत र पाकिस्तानजस्ता शक्तिशाली टोलीसँग खेल्ने अवसर पाउने भएको छ ।
  • सन् २००२ मा मलेशियालाई २५ रनले पराजित गर्दै नेपालले फाइनलमा प्रवेश पाएसँगै पहिलो पटक एशिया कपको लागि छनोट भएको थियो ।
  •       तर, त्यतिबेला प्राविधिक कारणले सो प्रतियोगिता स्थगित हुन पुगेको थियो ।

चन्दन यादव
राजविराज, २ जेठ । 

    नेपाली क्रिकेट टोलीले २१ बर्षअघि गुमाएको एसिया कप यसपाली खेल्ने भएको छ । एसिसी प्रिमियर कपमा युएईलाई पराजित गर्दै उपाधी माथि कब्जा गरेपछि नेपाल सिधै एसिया कप खेल्ने सपना पूरा भएको हो । 
    एशिया कपमा नेपाली टोलीले भारत र पाकिस्तानजस्ता शक्तिशाली टोलीसँग खेल्ने अवसर पाउने भएको छ । सन् २००२ मा मलेशियालाई २५ रनले पराजित गर्दै नेपालले फाइनलमा प्रवेश पाएसँगै पहिलो पटक एशिया कपको लागि छनोट भएको थियो । 
    तर, त्यतिबेला प्राविधिक कारणले सो प्रतियोगिता स्थगित हुन पुगेको थियो ।  त्यति बेला एसीसी ट्रफीका शीर्ष दुई टोली एशिया कपमा छनोट हुने प्रावधान थियो । 
    फाइनलमा यूएईसँग ६ विकेटले हारे पनि नेपालले त्यसअघि नै विजयोत्सव मनाइसकेको थियो । सिंगापुरमा आयोजित एसिसी ट्रफी क्रिकेट प्रतियोगिता २०५९ मा उपबिजेता नेपाली टोलीलाई नेपाल सरकारले बधाई ज्ञापन कार्यक्रमको आयोजना गरेको थियो । 
    तत्कालिन टोलीका सहायक प्रशिक्षक राजकुमार दासले भने, “त्यतीवेला सप्तरीबाट म सँगै टोलीका सदस्यमा दिपेन्द्र चौधरी र महबुव आलम पूर्वाञ्चलबाट ९ जनाले प्रतिनिधित्व गरेका थिए ।” 
    अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको ६ वर्षमै नेपालले अत्यन्तै ठूलो उपलब्धि हात पारेको थियो । यो सफलतापछि नेपाली क्रिकेटप्रेमीहरू निकै हर्षित भएका थिए । नेपाल क्रिकेट संघका तत्कालीन उपाध्यक्ष श्रीहर्ष कोइराला नेपाली टोलीका प्रबन्धक थिए । वास्तवमा त्यति बेलासम्म अहिलेको जस्तो नेपाली क्रिकेट टोलीको त्यति ठूलो चर्चा थिएन । तर सिङ्गापुरबाट फर्किएपछि खेलाडीहरूले नसोचेको सम्मान पाए । 
    सुन्धाराको एउटा पसलले बोलाएर खेलाडीहरूलाई शर्ट र पाइन्ट उपहार दिएको उनले सुनाए । त्यसपछि आ–आफ्ना जिल्लामा खेलाडीहरूले सम्मान र स्वागत पनि पाए । बीअर उत्पादन गर्ने काठमाण्डुस्थित एउटा पाँचतारे होटलमा कार्यक्रम आयोजना गर्दै प्रत्येक खेलाडीलाई १०÷१० हजार नगद रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको तत्कालिन सहायक प्रशिक्षक दासले सुनाए । 
    क्रिकेट टोलीका सदस्य सञ्जम रेग्मी भन्छन्, “त्यति बेला खेलाडीहरूले पाएको त्यो रकम निकै ठूलो थियो । मैले पाएको रकम होटलमा खसाएको भेटेपछि सम्मानमा आएका नायक राजेश हमालले मलाई फर्काए ।” 
    श्रीलङ्काली प्रशिक्षक रोय डायस नेपाली टोली सम्हाल्न आएका थिए । कीर्तिपुर मैदानमा पनि सुविधा थपिने क्रममै थियो । यस्तो टोलीले एकै पटक भारत, पाकिस्तान र श्रीलङ्काजस्ता टेस्ट राष्ट्रसँग खेल्न लागेको थियो । खेलाडीहरू अचम्मको अनुभूति गरिरहेका थिए । राजु खड्काको नेतृत्वमा रहेको नेपाली टोलीमा त्यति बेला परेश लोहनी उपकप्तान थिए । महबुब आलम र विनोद दास प्रमुख बलर थिए भने स्पिनको जिम्मा सञ्जम रेग्मी, शक्ति गौचन र राजकुमार प्रधानको काँधमा थियो । 
    अन्य खेलाडीहरूमा वरदान चालिसे, दीपेन्द्र चौधरी, मञ्जित श्रेष्ठ, मनोज कटुवाल, गणेश शाही, लाक्पा लामा थिए । टोलीको व्यवस्थापक श्रीहर्ष कोइराला थिए भने सहायक व्यवस्थापक रणबहादुर बम थिए । त्यस्तै मुख्य प्रशिक्षक रोय डायस थिए भने सहायक प्रशिक्षक राजकुमार दास थिए । 
    यसपालिको एशिया कप पाकिस्तानमा हुन लागेको छ । भारत र पाकिस्तानबीच विद्यमान द्वन्द्वका कारण एशिया कप फेरि पनि प्रभावित हुने हो कि र कतै नेपालले फेरि एशिया कप खेल्ने अवसरबाट वञ्चित हुने हो कि भन्ने डर बढेको छ । 
    आयोजक पाकिस्तानमा गएर नखेल्ने भारतको घोषणा र त्यसपछि न्यूट्रल भेन्यूु अर्थात् तटस्थ मैदानमा भारतको खेल खेलाउने विकल्पबारे पनि अहिलेसम्म सहमति जुट्न नसकेको खबरहरू सार्वजनिक भएका छन् । प्रतियोगिता नै रद्द हुनेसम्मको चर्चा पनि चलिरहेको छ । 
    नेपालको हकमा एशिया कपको ठूलो महत्व छ । अहिलेको नेपाली राष्ट्रिय टोली सन् २००२ जस्तो कमजोर छैन । यो सशक्त छ र विश्व क्रिकेटमा नयाँ सफलतातिर अग्रसर देखिन्छ । नेपाल क्रिकेटका कतिपय पदाधिकारीहरूका अनुसार ‘एशिया कप होस् वा अर्को नयाँ प्रतियोगिता, नेपालको सहभागिता भने पक्कै हुने छ ।’
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्वकर्ता स्व. सिंहको सम्झनामा “स्मृती भवन तथा संग्रहालय” निर्माण हुदै
मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्वकर्ता स्व. सिंहको सम्झनामा “स्मृती भवन तथा संग्रहालय” निर्माण हुदै
पाँच सय गाँजाका बोटहरु फडानीपछि नष्ट
कोशीमा बस खसे लगत्तै सबैको सकुशल उद्दार
कोशीमा बस खसे लगत्तै सबैको सकुशल उद्दार
बकरईदको अवसरमा आज  प्रदेश २ मा सार्वजनिक विदा
मोटरसाइकलले स्कारपियोलाई ठक्कर दिदा दुई घाइते
मोटरसाइकलले स्कारपियोलाई ठक्कर दिदा दुई घाइते
आईडियलको कुल बचत संकलन एक सय ६ करोड भन्दा बढी
आईडियलको कुल बचत संकलन एक सय ६ करोड भन्दा बढी
संबैधानिक राजतन्त्रसहितको व्यवस्थाबाट  नै मुलुकको हीत हुने ः किशोरी महतो
संबैधानिक राजतन्त्रसहितको व्यवस्थाबाट  नै मुलुकको हीत हुने ः किशोरी महतो
बाढीले पचास घर डुवानमा, बाढीमा  बगेर आएको एक व्यक्तिको शव फेला 
बाढीले पचास घर डुवानमा, बाढीमा  बगेर आएको एक व्यक्तिको शव फेला 
ससुराको हत्या आरोपमा ज्वाई कारागार चलान
ससुराको हत्या आरोपमा ज्वाई कारागार चलान
कलवार जातिका वरिष्ठ दानबिर भगतसहित नवनिर्वाचित प्रमुख गुप्ता र अध्यक्ष चौधरी सम्मानित
कलवार जातिका वरिष्ठ दानबिर भगतसहित नवनिर्वाचित प्रमुख गुप्ता र अध्यक्ष चौधरी सम्मानित