नेकपा छिन्नमस्ताद्वारा १३ सूत्रिय माँग राख्दै गापालाई ज्ञापन  

राजविराज राजविराज
|
आइतबार, जेठ २६, २०७६
|
|
१७ पटक हेरिएको
Shares
नेकपा छिन्नमस्ताद्वारा १३ सूत्रिय माँग राख्दै गापालाई ज्ञापन  

सारांश

  •     सो ज्ञापन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरवार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाण्डौ, जिल्ला प्रशासन कार्यालय राजविराज, जिल्ला सम्न्बय समितिको कार्यालय राजविराज र पत्रकार महासंघको कार्यालय राजविराज, सप्तरीलाई वोदार्थ समेत गरिएको छ ।
  •       बुझाइएको ज्ञापनमा गाउँपालिकामा संचालित विभिन्न योजनाहरुको जानकारी, आ.
  • व.

दैनिक समाचारदाता
राजविराज, २६ जेठ । 
    नेपाल कम्युनिष्ट पार्टी छिन्नमस्ता गाउँपालिकाले १३ बुँदे माँग राख्दै आइतबार गाउँपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । 
    सो ज्ञापन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरवार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाण्डौ, जिल्ला प्रशासन कार्यालय राजविराज, जिल्ला सम्न्बय समितिको कार्यालय राजविराज र पत्रकार महासंघको कार्यालय राजविराज, सप्तरीलाई वोदार्थ समेत गरिएको छ ।  
    बुझाइएको ज्ञापनमा गाउँपालिकामा संचालित विभिन्न योजनाहरुको जानकारी, आ.व. २०७४÷०७५ को प्रथम गाँउसभावाट स्वीकृत भएको योजनाहरु मध्ये कार्य सम्पन्न भैसकेको योजना तथा कार्यक्रमहरुको लागत स्टीमेट तथा कार्य सम्पन्न मुल्याङकन प्रतिवेदन सहित उक्त आ.व. को योजना को वार्षिक प्रतिवेदन लगायत जनसरोकारका विषयहरुको सूचना पटकपटक माँग गर्दा समेत विभिन्न वहाना वनाई आलटाल गरिरहेको जनाइएको छ । 
    त्यस्तै छिन्नमस्ता गाउँपालिका अन्तर्गतका निजी तथा सामुदायिक विद्यालयहरुको नँया विद्यालय अनुमति पत्र तथा कक्षा अपग्रेडको शिक्षा समितिबाट गरिएको निर्णय तथा कुन कारणले सञ्चालन अनुमती नदिएको लगायतका माँग गरिएको छ । 
    हालसम्म गाउँपालिकाका कार्यालय तथा वडा कार्यालयमा नागरिक वडा पत्रको व्यवस्था किन हुन नसकेको ? सो को अविलम्ब व्यवस्था गर्न माँग, गाउँपालिका कार्यालय तथा प्रत्येक वडा कार्यालयहरु को सम्पूर्ण चल अचल सम्पतीको अभिलेख, तथा खरीदको वील भरपाई उपलब्ध गराउन माँग गरिएको छ ।
    सोही ज्ञापनमा गाउँपालिकाको आ.व. २०७४÷०७५ को प्रथम गाउँसभाबाट स्वकृत भएको योजना तथा कार्यक्रमहरु मध्ये लगभग ५०५ योजना तथा कार्यक्रमहरु सम्पन्न हुन नसकी बजेट फ्रिज भएको जनाइएको छ भने चालु आ.व. मा समेत पहिलाकै जस्तै कार्यशैली रहेको उल्लेख छ । 
    ती माँगहरु सात दिन भित्र पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी समेत सोही ज्ञापनमार्फत दिइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी केन्द्रले भ्रष्टाचार बिरुद्ध तथा संगठन सुदृढिकरणका लागि दुई महिने अभियान चलाउने
माओवादी केन्द्रले भ्रष्टाचार बिरुद्ध तथा संगठन सुदृढिकरणका लागि दुई महिने अभियान चलाउने
न्यूनतम ज्याला सम्बन्धि सम्वाद सम्पन्न
न्यूनतम ज्याला सम्बन्धि सम्वाद सम्पन्न
६ महिनाअघि करेन्ट लागेर युवकको मृत्यु भएको घटना हत्या भएको खुलासा ः प्रहरी, हत्यामा मृतककी श्रीमतीसहित तीन महिलाको संलग्नता
६ महिनाअघि करेन्ट लागेर युवकको मृत्यु भएको घटना हत्या भएको खुलासा ः प्रहरी, हत्यामा मृतककी श्रीमतीसहित तीन महिलाको संलग्नता
दुई स्वतन्त्र मधेश प्रदेशसभा सदस्य जसपामा प्रवेश
दुई स्वतन्त्र मधेश प्रदेशसभा सदस्य जसपामा प्रवेश
अख्तियार र चिया पसलको गफ
अख्तियार र चिया पसलको गफ
वैदेशिक रोजगार पीडितका लागि आकस्मिक कोष स्थापना गर्ने निर्णय 
वैदेशिक रोजगार पीडितका लागि आकस्मिक कोष स्थापना गर्ने निर्णय 
सप्तरीमा आत्महत्या घटना बढ्दै, फागुन महिनामा दश जनाले गरे आत्महत्या
सप्तरीमा आत्महत्या घटना बढ्दै, फागुन महिनामा दश जनाले गरे आत्महत्या
एमाले–काँग्रेस गठबन्धनको सरकार पूर्ण असफल भइसक्यो ः उपेन्द्र यादव
एमाले–काँग्रेस गठबन्धनको सरकार पूर्ण असफल भइसक्यो ः उपेन्द्र यादव
काजमा रहेका पाँच चिकित्सक गजेन्द्र  नारायण सिंह अस्पतालमा फिर्ता
काजमा रहेका पाँच चिकित्सक गजेन्द्र  नारायण सिंह अस्पतालमा फिर्ता
घरमा भण्डारण गरेको अवस्थामा १६ किलो भन्दा बढी गाजासहित एक पक्राउ 
घरमा भण्डारण गरेको अवस्थामा १६ किलो भन्दा बढी गाजासहित एक पक्राउ