मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी 

राजविराज राजविराज
|
सोमबार, माघ ५, २०८२
|
|
२१ पटक हेरिएको
Shares
मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी 

सारांश

  •     प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न खेलमा भारतको युवा शास्त्री युवा बिरपुरलाई २–४ गोल अन्तरले पराजित गर्दै शम्भुनाथ सप्तरीले विजयी सुरुवात गरेको हो ।
  •       शम्भुनाथ नगरपालिकाको सहयोगमा सन्यासी युवा क्लब पोखरिया सप्तरीको संयोजन तथा सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिता सञ्चालन समितिद्वारा सञ्चालित प्रतियोगिता अन्तर्गत भोली सोमवार मालिथम फुटबल क्लब उदयपुर र लहान एफसी सिरहाबीच प्रतिष्पर्धा हुने सन्यासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिए ।
  •       प्रतियोगितामा सप्तरीसहित सिरहा, महोत्तरी, उदयपुर, सिन्धुली, मोरङ्ग र छिमेकी देश भारतका गरि बिभिन्न १२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ४ माघ । 

    सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित सातौ मेयरकप २०८२ फुटबल प्रतियोगितामा शम्भुनाथ सप्तरीले विजयी सुरुवात गरेको छ । 
    प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न खेलमा भारतको युवा शास्त्री युवा बिरपुरलाई २–४ गोल अन्तरले पराजित गर्दै शम्भुनाथ सप्तरीले विजयी सुरुवात गरेको हो । 
    शम्भुनाथ नगरपालिकाको सहयोगमा सन्यासी युवा क्लब पोखरिया सप्तरीको संयोजन तथा सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिता सञ्चालन समितिद्वारा सञ्चालित प्रतियोगिता अन्तर्गत भोली सोमवार मालिथम फुटबल क्लब उदयपुर र लहान एफसी सिरहाबीच प्रतिष्पर्धा हुने सन्यासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिए । 
    प्रतियोगितामा सप्तरीसहित सिरहा, महोत्तरी, उदयपुर, सिन्धुली, मोरङ्ग र छिमेकी देश भारतका गरि बिभिन्न १२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । सो प्रतियोगिताका बिजेता टिमले नगद ५७ हजार तथा ट्रफि र उपविजेता टिमले नगद ४७ हजार तथा कप प्राप्त गर्ने आयोजकले जनाएको छ । 
    सन्यासी युवा क्लवले गत २०४३ सालदेखि फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालबालिकालाई विपद् सम्बन्धी अभिमुखीकरण
बालबालिकालाई विपद् सम्बन्धी अभिमुखीकरण
एक लाख ५० हजार लिटर क्षमताको खानेपानी आयोजना हस्तान्तरण
एक लाख ५० हजार लिटर क्षमताको खानेपानी आयोजना हस्तान्तरण
मलेठ घटनाको सम्झनामा मैनवत्ती प्रज्वलन 
मलेठ घटनाको सम्झनामा मैनवत्ती प्रज्वलन 
एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु 
एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु 
समाजवादी र प्रेस स्वतन्त्रता विषयक अन्तरक्रिया सम्पन्न
समाजवादी र प्रेस स्वतन्त्रता विषयक अन्तरक्रिया सम्पन्न
खटाईएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुन्छ ः मन्त्री पंडित, राजतन्त्र समाप्त भइसकेकोले सपना नदेख्न सुझाव
दुई पत्रकार सम्मानित
दुई पत्रकार सम्मानित
लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
आँखाको सामान्य उपचारदेखी जटिल प्रकृतीका रोगको शल्यक्रिया सुरु
आँखाको सामान्य उपचारदेखी जटिल प्रकृतीका रोगको शल्यक्रिया सुरु
संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत