छोरामाथि कुटपिट भइरहदा जोगाउन गएकी आमाकोे कुटपिटबाट मृत्यु 2079/03/31  सप्तरीको डाक्नेश्वरी नगरपालिकामा शुक्रबार केटपिटबाट एक महिलाको मृत्यु भएको छ । छोरामाथि कुटपिट भइरहदा जोगाउन गएकी डाक्नेश्वरी नगरपालिका ८ प्रवाहा पट्टी टोलकी ६० वर्षीया जिरादेवी मण्डलको कुटपिटबाट मृत्यु भएको हो ।  प्राप्त घटना विवरण अनुसार विहिवार साँझ बजारबाट मल खरिद गरी आउदै गर्दा उनका छोरा मनोज चढेको साइकलबाट बाटोमा खेल्दै गरेका एक बालकलाई समान्य चोट लागेको थियो । सोही निहुँमा स्थानीय केही व्यक्ति मनोजमाथि कुटपिट गरिरहेको खबर पाएपछि बचाउन गएकी आमा जिरामाथि समेत कुटपिट गरिएको प्रहरीको भनाइ छ । .... विस्तृत

 

ताजा अपडेट