सप्तरी जिल्ला मधेश केन्द्रित दलका अध्यक्षको रोजाईमा, क्षेत्र नं. २ बाट उपेन्द्र, डा. सिके र महन्थको नाम सिफारिस 2079/05/22  आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सप्तरी जिल्ला मधेश केन्द्रित दलका केन्द्रिय अध्यक्षहरुको रोजाईमा परेको छ ।  जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको रोजाई सप्तरी जिल्ला परेको हो । तीनै दलका अध्यक्षहरुको नाम उम्मेदवारीका लागि सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा सिफारिस भएको छ । ..... विस्तृत
जनताको घर दौलोमा पुग्दै उम्मेदवारका आकांक्षी यादव 2079/05/19  मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारका आकांक्षीहरुले जनताको घर दौलोमा पुगेर भेटघाट गर्ने क्रमलाई तिब्रता दिदैछन् । सप्तरी क्षेत्र नं. २ को ख बाट प्रदेशसभा सदस्यका लागि आकांक्षी रहेका नेकपा (माओवादी केन्द्र) का युवा नेता महेश प्रसाद यादवले गाउँ, टोलमा पुगेर जनतासमक्ष मत माग्न लागिपरेका छन् ।  यसैक्रममा आइतबार उनी राजविराज ६ खरसाल टोलमा स्थानियबासीसँग भेटघाट गर्दै वर्तमान जनप्रतिनिधिले यस क्षेत्रमा उल्लेख्य काम गर्न नसेकेको प्रति असन्तुष्टि व्यक्त गर्दै जनताले विकासको कयापलट हुने गरी परिर्वतन चाहेकोले सो खाडललाई पुरा गर्ने उनले प्रतिबद्घता ब्यक्त गरे । .... विस्तृत
कलवार जातिका वरिष्ठ दानबिर भगतसहित नवनिर्वाचित प्रमुख गुप्ता र अध्यक्ष चौधरी सम्मानित 2079/05/18 राजविराज÷बलराम सेवा समिति केन्द्रिय कार्यालय राजविराजले हालै सम्पन्न स्थानिय तह निर्वाचनमा निर्वाचित प्रतिनिधि तथा वरिष्ठ समाजसेवी जोगेन्द्र भगतलाई एक कार्यक्रमबीच सम्मान गरेको छ ।  समितिद्वारा शुक्रबार राजविराजमा आयोजित कलवार जातिको कुल देवताको रुपमा रहेका बलराम भगवानको पुजाको अवसरमा सो सम्मान गरिएको हो । यो पूजा प्रत्येक वर्षको भदौ शुक्ल षष्ठीको दिन मनाइने गरिन्छ ।  आयोजित सम्मान कार्यक्रममा समितिका महासचिव अनिलकुमार अनलले विगत लामो समयदेखी जिल्लामा समाजसेवामार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउन सफल वरिष्ठ समाजसेवी एवं दानबिर तथा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष जोगेन्द्र भगतलाई सम्मानपत्र तथा दोसल्ला ओढाई सम्मान गरे । ..... विस्तृत

 

ताजा अपडेट