बालिकालाई आत्महत्या गर्न दुरुत्साहन  गर्ने दुईजनालाई कैद र जरिवाना 2079/09/19  सप्तरी जिल्ला अदालतले एक सत्र वर्षीया बालिकालाई आत्महत्या गर्न दुरुत्साहन गर्ने दुईजनालाई कैद र जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले जिल्लामै पहिलोपटक गम्भीर अपराधको घटना मिलाउन दबाब दिने जिल्लाकै डाक्नेश्वरी नगरपालिका ७ ब्रहमपुर ललितपुरका ५० वर्षीय शत्रुघन मण्डल र ४५ वर्षीय उचितलाल मण्डललाई एक वर्ष कैद सजायको फैसला सुनाएको हो । आरोपितहरूको नजिकका नातेदार रहेका उनीहरूबाट २५ हजार पीडित परिवारलाई क्षतिपूर्तिवापतको रकम भराउनुपर्ने फैसला पनि भएको छ ।..... विस्तृत

 

ताजा अपडेट