आत्महत्याका घटना सप्तरीमा भयावह बन्दै,  एकै दिन दुई महिलासहित तीन जनाले गरे आत्महत्या, आत्महत्याको प्रयास गरेकी अर्की महिलाको अवस्था गम्भिर 2080/01/24 सप्तरी जिल्लामा आत्महत्याका घटना भयावह बन्दै गएको छ । आईतवार एकै दिन दुई महिलासहित तीन जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने आत्महत्याको प्रयास गरेकी अर्की एक महिलाको अवस्था गम्भिर छ । प्रहरीका अनुसार जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ की २१ वर्षिया सोनी कुमारी साह, राजविराज नगरपालिका १ की १८ वर्षिया बेबी भन्ने देवी कुमारी यादव र राजगढ गाउँपालिका ५ का २५ वर्षिय विवेक साहले छुट्टछुट्टै स्थानमा झुण्डिएर आत्महत्या गरेका छन् ।..... विस्तृत
बालमन्दिरलाई पुरानै अवस्थामा फर्काउन मधेश प्रदेशका मन्त्री यादवको तयारी 2080/01/19    बि.स. २०२६ सालमा तत्कालीन बडा महारानी रत्नराज्य लक्ष्मीदेवी शाहद्वारा उद्घाटन गरि पठनपाठन सुरु भएको राजविराज ७ स्थित बाल मन्दिरको अवस्था अहिले बेहाल भएको छ । त्यति बेला एघार जना शिक्षक तथा चार सय विद्यार्थी अध्ययनरत रहेको उक्त बालमन्दिरमा बजेट तथा साधन स्रोतको कमी भएसँगै अहिले विद्यार्थी संख्या पनि घट्दै गएको छ । मंगलबार बालमन्दिरको निरीक्षणका लागि पुगेका मधेश प्रदेशका शिक्षा विज्ञान प्रबिधि मन्त्री महेशप्रसाद यादवले अवस्था हेरेर आश्चर्यमा परे । आफू यसै बाल मन्दिरमा वाल्यकालमा अध्ययन गरेको भन्दै उनी संस्थाको जीर्ण भवन, घटेको विद्यार्थी संख्या देखेर दुःखित भए । ..... विस्तृत

 

ताजा अपडेट