ऋण दिएर चौब्बर असुल गर्ने मिटर ब्याजी साहुले प्रहरीसम्मलाई चक्मा दिँदै 2079/02/25  सप्तरीको खडक नगरपालिकास्थित कल्याणपुर घर भई हाल धरान उप महानगरपालिका वडा नम्वर १९ धनकुटे चोकमा बस्दै आएका ६७ वर्षीय रामदेव साहु तेलीले करिब १० वर्षयता सर्वसाधारणबाट मिटर ब्याजबाट करोडौँ रुपैयाँ असुल गरिरहेको खुलासा भएको छ । मिटर ब्याजी साहुको असुल धन्दाप्रति पटक पटक जनगुनासो तथा संचारमाध्यममा समाचार प्रकाशित तथा प्रसारित हुँदा समेत प्रहरीले हालसम्म उनलाई पक्राउ गर्न सकेको छैन् । जसकारण उनी सो कार्य नडराई कन अझ सशक्त रुपमा लागिपरेको बाहिरिएको विभिन्न घटनाबाट देखिन्छ । आफ्नो जिल्ला छोडेर अन्य जिल्लामा बसोवास गर्दै गृह जिल्लामा मिटर ब्याजीको कामलाई झनै तिब्रता दिएको देखिन्छ । ..... विस्तृत
राविनपाको सदस्य मनोनयन प्रक्रियामा अदालतबाट १५ दिन भित्र जवाफ पेश गर्न आदेश 2079/02/20  राजविराज नगरपालिकाको सदस्य पदका लागी अल्पसंख्यक समुदायबाट उम्मेदवारी दिएका राजविराज ९ निवासी धिरेन्द्र बर्माले अल्पसंख्यक नरहेका व्यक्तीबाट समेत मनोनयन पत्र दर्ता गराईएको दाबीसहित अदालतमा निवेदन दर्ता गराएका छन् ।  उनले अन्तरिम आदेशसहित निषेधाज्ञा जारि गरि पाउँ भन्दै बिहीबार उच्च अदालत जनकपुर राजविराजमा रिट निवेदन दर्ता गराएका थिए । सो उपर शुक्रबार सुनुवाई गर्दै न्यायाधिश जगत बहादुर थापाको एकल इजलाशले १५ दिनभित्र विपक्षिलाई लिखित जवाफ पेश गर्न आदेश जारि गरेको हो । ..... विस्तृत
ट्युवेल र धाराको पानी पिउने बानी बिर्सदा  ... जार र बोतलको पानीमा मुल्य बृद्धि 2079/02/18 हाम्रो मुलुक नेपालमा अहिले सबै थोकमा मुल्य बृद्धि भइरहेको छ । खाद्यान्नदेखी पिउने पानीसम्मको मुल्यमा बृद्धि भएको छ । पहिला पहिला पेट्रोलियम पदार्थ मध्ये मट्तिेलमा मुल्य बृद्धि हुने गरेको सुनिन्थ्यो भने अहिले डिजल, पेट्रोल, खाना पकाउने ग्यासमा मुल्यमा बृद्धि भइरहेको छ । हुन पनि हो, पहिला मानिसहरुले स्टोभमा खाना पकाउने गर्थे । जसमा मट्तिेलको प्रयोग हुन्थ्यो । तर, अहिले मानिसहरु आधुनिकीकरणतर्फ उन्मुख हुँदै जाँदा अब खाना ग्यासमा पकाउन थालेपछि त्यसको आपूर्ती समेत बढ्दो छ । जसकारण ग्यास सिलिण्डरको मुल्यमा बृद्धि हुँदै गएको छ । यता मट्तिेलको मुल्य बृद्धि हुनुका साटो मट्तिेल नै बिस्थापित हुने अवस्थामा पुगेको छ । बजारमा मट्तिेल सहजै रुपमा पाउने अवस्थामा छैन् । मट्तिेलको अहिले अधिकांश मेशिनरी सामानहरु धुने काममा प्रयोग गरिएको देखिन्छ । ..... विस्तृत
भारतीय नागरिक चार किलो चाँदीका गरगहनासहित पक्राउ 2079/02/18  सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई चार किलो चाँदीको गरगहनासहित पक्राउ गरेको छ । प्रहरीले भारतीय सिमासँग जोडिएको सप्तरीको बोदेवर्साइन नगरपालिका ९ इट्टाभटा क्षेत्रबाट बिहार राज्यको खुटौना ग्राम पंचायत ११ का २२ वर्षिय बशिस्ट चौधरीलाई पक्राउ गरेको हो ।      कम्मरमा बेरेर लुगाले छोपी भारतबाट गहना बोकेर पैदल आउदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल स्वर्णपट्टीको गस्ती टोलीले चौधरीलाई पक्राउ गरेको हो । उनको साथबाट चाँदीको २८ जोर पाउजु (पायल) बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर ६ गण हेडक्वाटर सप्तरीले जनाएको छ । .... विस्तृत

 

ताजा अपडेट