जिल्ला प्रशासनमा उजुरी परेपछि एजेन्टद्वारा रकम फिर्ता 2079/12/08 झण्डै एक वर्षदेखी बैदेशिक रोजगारीमा पठाइदिने भन्दै तीन जनासँग झण्डै ६ लाख रकम लिएका बैदेशिक रोजगार कम्पनीका एक एजेन्टले बुधबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा सो रकम फिर्ता गरेको छ ।  सप्तरीको विष्णुपुर गाउँपालिका १ निवासी जवरुल मियाँले बैदेशिक रोजगारका लागि कतार पठाइदिने भन्दै जिल्लाकै तिरहुत गाउँपालिका २ का ऐयुब मंसुरीसँग २ लाख १५ हजार, रहमान मियाँसँग १ लाख ८० हजार र विष्णुपुर गाउँपालिका १ का मो. इरफान मंसुरीसँग १ लाख ८० हजार गरि ५ लाख ७५ हजार रकम लिएका थिए । ६ महिनासम्म पनि एजेन्ट मियाँले बैदेशिक रोजगारका लागि नपठाएपछि पीडित तिनै जनाले जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी दिएका थिए । ..... विस्तृत

 

ताजा अपडेट