लागु औषध कारोबारीको नयाँ प्रविधिको खुलासा, ग्यास सिलिन्डरमा लागुऔषध ओसारपोसार गर्ने एक पक्राउ 2076/05/17 अहिलकोे युगमा नयाँ नयाँ प्रविधीको विकास हुँदै गएको छ । सो प्रविधीको विकास राष्ट्र हीतका लागि हुने गर्दछ । तर, सप्तरीमा तस्करहरुले एउटा यस्तो नयाँ प्रविधीको विकास गरेका छन् जसले उनीहरुलाई लागु औषध ओसार पोसार गर्न सहयोग पुग्ने गरेको छ । सप्तरीमा लागु औषध ओसार पोसारका लागि तस्करहरुले खाली ग्यास सिलिन्डको पिदमा प्वाल बनाई लकर सिस्टमको विकास गरेका हुन् ।  जिल्ला प्रहरी कार्यालय सप्तरीमा मंगलबार पत्रकार सम्मेलन मार्फत लागु औषध ओसार गर्ने सो प्रविधिको खुलासा गर्दै ती कार्यमा संलग्न एक व्यक्तिलाई सार्वजनिक समेत गरेको छ ।.... विस्तृत