६ इन्च बाँसको ठुटो रोपिएर आन्द्रा भुँडी  बाहिर निस्केको बालकको सफल शल्यक्रिया 2076/04/24  कुनै बेला बिरामीहरुको रेफर सेन्टरको रुपमा परिचित राजविराजनस्थित गजेन्द्र नारायण सिंह अस्पताल अहिले विग्रेको आफ्नो छविलाई सुधार गर्दै स्वास्थ्य उपचार सेवामा उत्कृष्ट पहिचान बनाउन लागिपरेको छ ।  ६ इन्च बाँसको ठुटो पेटमा रोपिएर आन्द्रा भुँडी बाहिर निस्केको एक ८ वर्षिय बालकको यस अस्पतालमा सफल शल्यक्रिया भएपछि अहिले धन्यवादको पात्र बनेको छ ।      राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा बिहीबार दिउँसो ४ बजेतिर आन्द्रा भुँडी निस्केको एक बालक उपचारका लागि आएका थिए । सो बालकको इमरजेन्सीमा प्राथमिक उपचार पश्चात् अपरेशन थिएटरमा लगेर डा. राजिव मिश्र र डा. पारशमणी साहलगायतको टोलीको झण्डै चार घण्टाको अथक प्रयासपछि सफल शल्यक्रिया गर्न सफल भए । फलस्वरुप ती ८ वर्षिय बालकको ज्यान जोगियो ।  .... विस्तृत