बाढी प्रभावित क्षेत्रको पूर्वप्रधानमन्त्री, गृह मन्त्रीसहित  आधा दर्जन मन्त्री तथा नेता र सांसदद्वारा अवलोकन 2076/04/01 बाढीग्रस्त क्षेत्रको निरिक्षणका लागि पूर्वप्रधानमन्त्री, राजीनितक दलका उच्चस्तरिय नेता तथा विभिन्न मन्त्री एवं सांसदहरु एकै साथ बुधबार सप्तरी आइपुगेका छन् ।  बाढीले पु¥याएको क्षति र राहत तथा उद्धारको अवस्थाबारे बझ्न पूर्वप्रधानमन्त्री माधव नेपाल, उपप्रधान, जनसंख्या तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा (बादल), भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ, ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमानपुन, कृषि राज्यमन्त्री रामकुमारी चौधरी, राजपा अध्यक्ष मंडलका संयोजक अनिलकुमार झा लगायत लगायतका सांसद तथा नेताहरुले जिल्लामा बाढीबाट सबैभन्दा बढी प्रभावित तिलाठी कोइलाडी गाउँपालिकाको स्थिति अवलोकन गरेका छन् । .... विस्तृत
सप्तरीमा तीन हजार घर डुवानमा, ३ सय भन्दा बढी बिस्थापित, सेना र प्रहरी प्रभावित क्षेत्रमा  2076/03/29  अविरल वर्षापछि पसेको बाढीले विभिन्न स्थानमा बाँध भत्काउँदा सप्तरीमा तीन हजार घर डुवानमा परेका छन् भने ३ सय भन्दा बढी बिस्थापित भएका छन् ।  जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सप्तकोशी, त्रियुगा, खाँडो, बलान, भलुवाही, सुन्दरी, जिता, खडकलगायतका नदी र खोलामा आएको बाढी सहरी र ग्रामिण क्षेत्रमा पस्दा आइतबारसम्ममा जिल्लामा ३ हजार ५ सय २ घर डुवानमा परेका छन् ३ सय भन्दा बढी घर परिवार बिस्थापित भएका छन् । बिस्थापित परिवार नजिकैको उच्च स्थलमा रहेका विद्यालय, सरकारी कार्यालय र बाँधमा पाल टाँगेर आश्रय लिएर बसेका छन् । .... विस्तृत

 

ताजा अपडेट